पुराना साथी बोलाउँदै प्रचण्ड, के छ नयाँ प्लान ?

४ असोज ८१, शनिबार

५ असोज , काठमाण्डौ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि आफ्ना पुराना साथीहरुलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले ढिलो नगरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन् ।

सबै माओवादी एक ठाउँमा आउँदा त्यो ठूलो शक्ति हुने पनि दाबी गरेका छन् । ‘हामीसँग हजारौं महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘ माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ ।

अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय संभव छ।’ संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताए ।

अहिले पनि संसदमा बिपक्षीहरुलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अथ्र्याएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिंदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताए ।

जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे। पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी दिए ।

यसबाट जनयुद्धका सदिहरु अब राष्ट्रिय सहिदको रुपमा अजर अमर बनेको उले स्पष्ट गरे । त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।

लामो प्रयासपछि शान्ति प्रक्रियासम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेला अन्तिम समयमा सर्वदलीय बैठकमार्फत टिआरसी टुंग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टिआरसी कानुन बनिसकेकाले अब आफूहरुको ध्यान आयोगहरु बनाउनेतर्फ केन्द्रित रहेको बताए।

माओवादी अध्यक्षले छिन्नभिन्न भएका आफ्ना सबै पुराना माओवादी साथीहरुलाई एकजुट भएर ठूलो शक्ति बन्न आह्वान गरिरहँदा यता कुनै समय नेकपा ताका संगै रहेका हाल नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने माओवादी हरेक दिन कमजोर बन्दै गएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने दाबीसमेत गरे । उनले भने, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ ।

हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ ।’ उनले कांग्रेसलाई पनि आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए । महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे ।

उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् ।

नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top