NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए आइतवार बैशाख २८ , २०८२
पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे आइतवार बैशाख २८ , २०८२
भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार आइतवार बैशाख २८ , २०८२
दौडमै नरहेका विश्व पौडेल नयाँ गभर्नर ? आइतवार बैशाख २८ , २०८२
Next
Prev

समाचार

पुराना साथी बोलाउँदै प्रचण्ड, के छ नयाँ प्लान ?

शनिबार अशोज ५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ असोज , काठमाण्डौ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि आफ्ना पुराना साथीहरुलाई एक ठाउँमा आउन आह्वान गरेका छन् । जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै उनले ढिलो नगरी छिट्टै एकताबद्ध हुन आह्वान गरेका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन् ।

सबै माओवादी एक ठाउँमा आउँदा त्यो ठूलो शक्ति हुने पनि दाबी गरेका छन् । ‘हामीसँग हजारौं महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘ माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ ।

अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय संभव छ।’ संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि नेपाली राजनीतिको क्रान्तिकारी र ऐतिहासिक विरासत, बलिदानको गाथा र राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको बताए ।

अहिले पनि संसदमा बिपक्षीहरुलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको र पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अथ्र्याएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिंदासम्म संसदबाट प्रतिरोध जारी राख्ने बताए ।

जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गरे। पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी दिए ।

यसबाट जनयुद्धका सदिहरु अब राष्ट्रिय सहिदको रुपमा अजर अमर बनेको उले स्पष्ट गरे । त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताए ।

लामो प्रयासपछि शान्ति प्रक्रियासम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेला अन्तिम समयमा सर्वदलीय बैठकमार्फत टिआरसी टुंग्याउन कार्यदल बनाएको र कार्यदलले जुटाएको सहमतिका आधारमा टिआरसी कानुन बनिसकेकाले अब आफूहरुको ध्यान आयोगहरु बनाउनेतर्फ केन्द्रित रहेको बताए।

माओवादी अध्यक्षले छिन्नभिन्न भएका आफ्ना सबै पुराना माओवादी साथीहरुलाई एकजुट भएर ठूलो शक्ति बन्न आह्वान गरिरहँदा यता कुनै समय नेकपा ताका संगै रहेका हाल नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने माओवादी हरेक दिन कमजोर बन्दै गएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने दाबीसमेत गरे । उनले भने, ‘माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ ।

हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ ।’ उनले कांग्रेसलाई पनि आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए । महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे ।

उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् ।

नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए।

Tags: # पुराना साथी बोलाउँदै प्रचण्ड

लोकप्रीय

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

विचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२

थप समाचार

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ
ताजा समाचार

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
अन्तर्राष्ट्रिय

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे
ताजा समाचार

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

आइतवार बैशाख २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

World News: Trumpलाई लग्जरी बोइङ जेट गिफ्ट, बेलायतमा आप्रवासन नियम कडा || Nepal Times

00:14:02

World News: युक्रेनलाई वार्ताका लागि पुटिनले बोलाए, भारत–पाकसंग ट्रम्प खुसी|| Nepal Times

00:13:09

World News: पाकिस्तानमा फतेह तैनाथ, हान्यो हाई स्पिड मिसाइल, भारतले जवाफ दिने || Nepal Times

00:19:13

World News: मि*सा*इलको डरले पाकिस्तानी आकाश बन्द, पाकिस्तानको पक्षमा कति देश ? || Nepal Times

00:17:15

World News:Pakistanका विभिन्न ठाउँमा वि*स्फोट, अमेरिकासंग डेनमार्कले माग्यो स्पष्टीकरण

00:11:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
शून्य दशमलब ९ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम

अव्यवस्थित शहरीकरणलाई कसरी ब्यवस्थित गर्ने ?

आइतवार चैत्र २२ , २०७७
कोशीमा सरकार गठनको दाबी गर्ने अन्तिम दिन

के कांग्रेसले छोड्दैछ कोशी सरकार?

मङ्लबार बैशाख २३ , २०८२

हालका पोस्टहरू

राजावादी आन्दोलनमा ओलीविरुद्ध नारा, गणतन्त्रवादीसँग भिड्ने दाउ

चैत १५को मातापिता को ? ओलीले झपारे, ज्ञानेन्द्र शाहीले थर्काए

आइतवार बैशाख २८ , २०८२
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.