×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

ममता प्रकरणमा प्रहरीले अदालतमा देखायो यस्ता प्रमाण

६ आश्विन २०८१

६ असोज, एजेन्सी ।
अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो ।

अभियोजन पक्षका वकिलहरुले अहिलेसम्मकै बलियो प्रमाण नरेशविरुद्ध पेश गरेपछि अदालतले नरेश पक्षले धरौटीका लागि गरेको अपिल खारेज गरिदिएको हो । शुक्रबारको लामो सुनुवाइमा भट्टलाई धरौटीमा रिहा गर्न नहुने तर्क गर्दै अभियोजकहरूले विभिन्न प्रमाणहरू पेश गरेका थिए ।

Advertisement
Advertisement

नरेश भट्टले भर्जिनियाको वरपरका विभिन्न स्थानमा फोहोरका कन्टेनरमा फोहोरका झोलाहरू डिस्पोज गरेको भिडियो अदालत समक्ष पेश गरेका छन् । आफ्नी छोरीलाई अपार्टमेन्ट कम्प्लेक्समा बेबीसिटरकोमा लैजाने क्रममा र फल्स चर्चमा रहेको फोहोर फ्याक्ने ठाउँमा फोहोरका अस्वभाविक गरुङ्गा झोलाहरू डिस्पोज गरेको देखिएको अभियोजकहरुले बताएका थिए।

श्रीमती बेपत्ता भएपछि भट्टले रबराइज्ड पन्जा, चक्कु, अतिरिक्त ठूला भण्डारण झोला र सरसफाईका सामानहरू किनेको भिडियो पनि उनीहरूसँग रहेको अभियोजकहरुको भनाई छ । भट्टको मास्टर बेडरूम र मास्टर बाथरुममा शव सुघ्ने कुकुरहरू पुगेको र त्यसले घरमा शव रहेको संकेत गरेको अभियोजकहरूले बताएका छन् ।

नरेश भट्टले मस्तिष्कको रेखाचित्र र नजिकैको कुखुरा फार्मको लागी पनि इन्टरनेटमा सर्च गरेको पत्ता लागेको अभियोजकहरूले बताएका छन् । ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले खोजी कार्य र अनुसन्धान जारी राखेको छ ।

प्रहरीले संघीय पार्टनरहरु एफबीआई र सेक्रेट सर्भिसका साथमा लाउडन काउन्टी र फेयरफ्याक्स काउन्टी प्रहरीसँग पनि सहकार्य गरिरहेको बताएका छन् । ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत अभियोजकको भनाई छ ।

नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले यस अगाडि नै बताएका थिए । नरेशले जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो ।

सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । ममताकोबारेमा नरेशले हरेक ब्यक्ति पिच्छे धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।

अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ ।

त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ ।

भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । अब डम्पिङ साइटमा नै फोहोर व्यवस्थाप गरेको भिडियो पत्ता लगाएको प्रहरीले अझ त्यसको गहिराईसम्म पुग्ने र नरेश विरुद्ध हत्याको अभियोग समेत लगाउन सक्ने ममताको न्यायका लागि दबाब दिइरहेका नेपालीहरुले अनुमान गरेका छन् ।

शुक्रबारको अदालती बहसमा उपस्थित भएका नेपालीहरुले नरेशले फोहोरका रुपमा ठूला झोलाहरु फालेको देखेपछि भावुक बनेका थिए । अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ ।

Advertisement

मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top