NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

शान्त नहुने भयो हसिनाका देश, पसल र घरमा आगजनी

आइतवार अशोज ६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
बंगलादेशमा फेरि सुरु भयो आरक्षणको आन्दोलन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ असोज, एजेन्सी ।

जनआन्दोलनपछिको ठूलो राजनीतिक उथलपुथलपछि पनि बंगलादेशमा फेरि हिंसाको घटना भएको छ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेर हिँडेपछि पनि त्याहा अझै शान्ति बहाल हुन् सकेको छैन् । बंगलादेशको पहाडी क्षेत्रमा भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले उक्त क्षेत्रमा व्यापक तोडफोड र आगजनी गरेका छन् । बंगलादेशको युनुस सरकारले पहाडी क्षेत्रका तीन जिल्लामा धारा १४४ जारी गरेको छ । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हिंसामा संलग्नलाई कडा कारबाही गरिने बताएका छन् ।

Advertisement

बुख्गराचरीमा एक व्यक्तिलाई कुटपिट गरेको विरोधमा दिघीनाला उपजिल्लामा दुई समूहबीच दिनभर भीषण झडप भएको छ । शुक्रबार हिंसा छिमेकी जिल्ला रंगामाटीमा फैलिएको थियो । अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । सयौं घाइते भए ।

झडपका क्रममा पसल र घरमा तोडफोड र आगजनी गरिएको थियो । प्रशासनका अनुसार एकाएक दुई पक्षबीच झडपको हल्ला फैलिएपछि खगराचरीको दिघीनाला सदरको थाना बजार र बोल्खाली बजारका बासिन्दामा त्रास र तनाव फैलिएको थियो ।

पछि साँझ ४ बजेतिर एक पक्षले जुलुस निकालेपछि अर्को पक्षले रोकेको थियो । त्यसपछि दुई पक्षबीच झडप भयो र पसलमा आगजनी भयो । घटनामा गोली समेत चलेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

साँझदेखि नै दिघिनाला, पञ्चारीलगायत खागराचरीका विभिन्न स्थानमा तनाव फैलिएको थियो । प्रहरीमाथि समेत आक्रमण भएको थियो । भाइरल भिडियोमा गोली चलेको आवाज सुन्न सकिन्छ । यस घटनामा गोली लागेर घाइते भएका कैयौंलाई राति नै अस्पताल भर्ना गरिएको छ ।

जसमध्ये २ जनाको मृत्यु भएको थियो । शुक्रबार जुलुसका क्रममा एक दलले इँटा प्रहार गर्दा रंगमाटी शहरका केही पसलमा आक्रमण भएको थियो । यसै क्रममा बस, ट्रक र ट्याक्सीमा पनि आक्रमण भएको थियो । जुन घटनामा एक जनाको मृत्यु भएको छ ।

यस बाहेक झडपमा कम्तीमा ५० जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । झडपमा कम्तीमा ५० जना घाइते भएको रंगमाटी जनरल अस्पतालका डा सादिया अख्तरलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

जसमध्ये ६ देखि ७ जनाको अवस्था चिन्ताजनक छ । यसबाहेक एक जनाको मृत्यु भएको छ । पछिल्लो समय भने रंगामाटीमा तनाव भएपनि अवस्था शान्त रहेको प्रहरीले जनाएको छ । प्रहरी, सेनाले सहरको अवस्था सामान्य बनाउन काम थालेका छन् ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हिंसामा संलग्नलाई कारबाही र सजाय दिने आश्वासन दिएका छन् । उनले बंगलादेशका ३ पहाडी जिल्लाका सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् ।

युनुसले खगराचरी र रङ्गामाटीको समस्या समाधानका लागि सरकारले इमान्दारीपूर्वक काम गरिरहेको बताएका छन् ।हिंसा सम्बन्धी सबै घटनाको उचित छानबिन गरी दोषीलाई कारबाही गरिने उनले बताएका छन् । यसअघि बंगलादेशमा आदिवासी समुदायका मानिसहरूले ठूलो विरोध ¥याली निकालेका थिए।

भेदभाव विरुद्धको पहारी विद्यार्थी आन्दोलनले आदिवासी विद्यार्थीका तर्फबाट अन्तरिम सरकारलाई आठ बुँदे मागको वडापत्र पेश गरेको छ । युनुस सरकारसमक्ष राखिएका मागमध्ये प्रथम र द्वितीय श्रेणीको सरकारी जागिरलगायत सबै तहमा आदिवासीका लागि ५ प्रतिशत आदिवासी कोटाको माग महत्वपूर्ण छ ।

आदिवासीहरूको लागि संवैधानिक स्वायत्तता र पाठ्यपुस्तकहरूमा आदिवासी इतिहास र संस्कृतिका अध्यायहरू समावेश गरिनु पर्ने । चटगाउँ पहाडी क्षेत्र शान्ति सम्झौता सिएचटीको व्यवस्थाअनुसार मतदाता नामावली स्तरोन्नति गरी पहाडी जिल्ला परिषद्को निर्वाचन गर्नुपर्नेछ ।

साथै जिल्ला परिषद्का अध्यक्ष तथा सदस्यहरुको भ्रष्टाचारको छानबिन गरी उचित कानुनी कारबाही गरिनुपर्ने माग राखिएको छ । साथै, आदिवासी जनजातिको जग्गाको स्वामित्व सम्झौता बमोजिम समाधान गरिनुपर्छ र १९०० ऐन नियमावली कायम गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ ।

जिल्लामा दिगो शान्ति स्थापना गर्न तीन पहाडी जिल्लामा लोकतान्त्रिक वातावरण सिर्जना गर्न विधिको शासन कायम हुनुपर्ने र परराष्ट्र मन्त्रालयका खेलकुद निकायमा आदिवासी जनजातिबाटै भर्ना हुनुपर्ने आदिवासी जनजातिको माग छ ।

आदिवासी जनजातिको आफ्नै मातृभाषामा शिक्षा प्रणाली सुनिश्चित गरी सिएचटीका शैक्षिक संस्थाहरूमा शिक्षक नियुक्ति गरि सरकारी तथा निजी अधिकारीहरूका लागि सीएचटीलाई दण्डित क्षेत्रका रूपमा प्रयोग गर्ने कार्य बन्द गरिनुपर्ने माग समेत उनीहरुले उठाएका छन् ।

यसअघि बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हिंसा भड्किएपछि हसिनाले स्थिति सम्हाल्न असफल भएपछि राजीनामा दिएर भारत भाग्नुपरेको थियो । उनले देश छाड्नु पर्ने कारण पनि आरक्षणकै आन्दोलन रहेको थियो ।

Tags: #बंगलादेश#बंगलादेशमा फेरि हिंसा

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.