शान्त नहुने भयो हसिनाका देश, पसल र घरमा आगजनी

६ असोज, एजेन्सी ।

जनआन्दोलनपछिको ठूलो राजनीतिक उथलपुथलपछि पनि बंगलादेशमा फेरि हिंसाको घटना भएको छ । प्रधानमन्त्री शेख हसिनाले देश छाडेर हिँडेपछि पनि त्याहा अझै शान्ति बहाल हुन् सकेको छैन् । बंगलादेशको पहाडी क्षेत्रमा भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले उक्त क्षेत्रमा व्यापक तोडफोड र आगजनी गरेका छन् । बंगलादेशको युनुस सरकारले पहाडी क्षेत्रका तीन जिल्लामा धारा १४४ जारी गरेको छ । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले हिंसामा संलग्नलाई कडा कारबाही गरिने बताएका छन् ।

Advertisement

बुख्गराचरीमा एक व्यक्तिलाई कुटपिट गरेको विरोधमा दिघीनाला उपजिल्लामा दुई समूहबीच दिनभर भीषण झडप भएको छ । शुक्रबार हिंसा छिमेकी जिल्ला रंगामाटीमा फैलिएको थियो । अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ । सयौं घाइते भए ।

झडपका क्रममा पसल र घरमा तोडफोड र आगजनी गरिएको थियो । प्रशासनका अनुसार एकाएक दुई पक्षबीच झडपको हल्ला फैलिएपछि खगराचरीको दिघीनाला सदरको थाना बजार र बोल्खाली बजारका बासिन्दामा त्रास र तनाव फैलिएको थियो ।

Advertisement

पछि साँझ ४ बजेतिर एक पक्षले जुलुस निकालेपछि अर्को पक्षले रोकेको थियो । त्यसपछि दुई पक्षबीच झडप भयो र पसलमा आगजनी भयो । घटनामा गोली समेत चलेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

साँझदेखि नै दिघिनाला, पञ्चारीलगायत खागराचरीका विभिन्न स्थानमा तनाव फैलिएको थियो । प्रहरीमाथि समेत आक्रमण भएको थियो । भाइरल भिडियोमा गोली चलेको आवाज सुन्न सकिन्छ । यस घटनामा गोली लागेर घाइते भएका कैयौंलाई राति नै अस्पताल भर्ना गरिएको छ ।

जसमध्ये २ जनाको मृत्यु भएको थियो । शुक्रबार जुलुसका क्रममा एक दलले इँटा प्रहार गर्दा रंगमाटी शहरका केही पसलमा आक्रमण भएको थियो । यसै क्रममा बस, ट्रक र ट्याक्सीमा पनि आक्रमण भएको थियो । जुन घटनामा एक जनाको मृत्यु भएको छ ।

यस बाहेक झडपमा कम्तीमा ५० जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । झडपमा कम्तीमा ५० जना घाइते भएको रंगमाटी जनरल अस्पतालका डा सादिया अख्तरलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

जसमध्ये ६ देखि ७ जनाको अवस्था चिन्ताजनक छ । यसबाहेक एक जनाको मृत्यु भएको छ । पछिल्लो समय भने रंगामाटीमा तनाव भएपनि अवस्था शान्त रहेको प्रहरीले जनाएको छ । प्रहरी, सेनाले सहरको अवस्था सामान्य बनाउन काम थालेका छन् ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हिंसामा संलग्नलाई कारबाही र सजाय दिने आश्वासन दिएका छन् । उनले बंगलादेशका ३ पहाडी जिल्लाका सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् ।

युनुसले खगराचरी र रङ्गामाटीको समस्या समाधानका लागि सरकारले इमान्दारीपूर्वक काम गरिरहेको बताएका छन् ।हिंसा सम्बन्धी सबै घटनाको उचित छानबिन गरी दोषीलाई कारबाही गरिने उनले बताएका छन् । यसअघि बंगलादेशमा आदिवासी समुदायका मानिसहरूले ठूलो विरोध ¥याली निकालेका थिए।

भेदभाव विरुद्धको पहारी विद्यार्थी आन्दोलनले आदिवासी विद्यार्थीका तर्फबाट अन्तरिम सरकारलाई आठ बुँदे मागको वडापत्र पेश गरेको छ । युनुस सरकारसमक्ष राखिएका मागमध्ये प्रथम र द्वितीय श्रेणीको सरकारी जागिरलगायत सबै तहमा आदिवासीका लागि ५ प्रतिशत आदिवासी कोटाको माग महत्वपूर्ण छ ।

आदिवासीहरूको लागि संवैधानिक स्वायत्तता र पाठ्यपुस्तकहरूमा आदिवासी इतिहास र संस्कृतिका अध्यायहरू समावेश गरिनु पर्ने । चटगाउँ पहाडी क्षेत्र शान्ति सम्झौता सिएचटीको व्यवस्थाअनुसार मतदाता नामावली स्तरोन्नति गरी पहाडी जिल्ला परिषद्को निर्वाचन गर्नुपर्नेछ ।

साथै जिल्ला परिषद्का अध्यक्ष तथा सदस्यहरुको भ्रष्टाचारको छानबिन गरी उचित कानुनी कारबाही गरिनुपर्ने माग राखिएको छ । साथै, आदिवासी जनजातिको जग्गाको स्वामित्व सम्झौता बमोजिम समाधान गरिनुपर्छ र १९०० ऐन नियमावली कायम गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरिएको छ ।

जिल्लामा दिगो शान्ति स्थापना गर्न तीन पहाडी जिल्लामा लोकतान्त्रिक वातावरण सिर्जना गर्न विधिको शासन कायम हुनुपर्ने र परराष्ट्र मन्त्रालयका खेलकुद निकायमा आदिवासी जनजातिबाटै भर्ना हुनुपर्ने आदिवासी जनजातिको माग छ ।

आदिवासी जनजातिको आफ्नै मातृभाषामा शिक्षा प्रणाली सुनिश्चित गरी सिएचटीका शैक्षिक संस्थाहरूमा शिक्षक नियुक्ति गरि सरकारी तथा निजी अधिकारीहरूका लागि सीएचटीलाई दण्डित क्षेत्रका रूपमा प्रयोग गर्ने कार्य बन्द गरिनुपर्ने माग समेत उनीहरुले उठाएका छन् ।

यसअघि बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हिंसा भड्किएपछि हसिनाले स्थिति सम्हाल्न असफल भएपछि राजीनामा दिएर भारत भाग्नुपरेको थियो । उनले देश छाड्नु पर्ने कारण पनि आरक्षणकै आन्दोलन रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top