×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

लंकामा कम्युनिस्ट राष्ट्रपति बन्दा प्रचण्ड गद्गगद्

७ आश्विन २०८१

७ असोज,एजेन्सी ।
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन् । ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन् । जितपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको काम नभई हजारौं जनताको मेहनतको परिणाम भएको बताएका छन् ।

दोस्रो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा दिशानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे ।

Advertisement
Advertisement

यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिशानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो ।

जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो । दिशानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् ।चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिशानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन्। पहिलो चरणको मतगणनामा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि दोस्रो चरणको मतगणनामा उनी विजयी भएका हुन् ।

विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भए । यसपछि दोस्रो राउण्डमा अनुरा दिसानायके र सजित प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो । सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो।

त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो । श्रीलंकाका नयाँ राष्ट्रपतिले दुई प्रकारका चुनौतीहरूको सामना गर्नुपर्नेछ । यसमा देशको अर्थतन्त्रलाई पुनरुत्थान गर्नु र लाखौं मानिसहरूलाई गरिबीबाट बाहिर ल्याउनु समावेश छ ।

देशको यो आर्थिक मन्दीले राजापाक्षेलाई सन् २०२२ मा राष्ट्रपति पदबाट हटाएको थियो त्यतिबेला श्रीलंकाको विदेशी मुद्रा सञ्चिति सकिएको थियो, जसले गर्दा देशले इन्धनजस्ता अत्यावश्यक वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

श्रीलंकाको सार्वजनिक ऋण ८३ अर्ब अमेरिकी डलर पुगेको थियो । त्यस्तै मुद्रास्फीति ७० प्रतिशतमा पुगेको थियो । जसका कारण खाद्यान्न र औषधि जस्ता आधारभूत कुराहरू देशका सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन पुगेका थिए ।

ठूला नीतिगत त्रुटिहरू, कमजोर निर्यात र वर्षौंदेखि न्यून करको दरलाई देशको यो आर्थिक संकटका लागि जिम्मेवार मानिएको छ । श्रीलंकाको अर्थतन्त्रको अत्यावश्यक हिस्सा रहेको पर्यटनलाई प्रभावित गर्ने कोरोना महामारीले यसलाई अझ नराम्रो बनाएको थियो।

तर धेरैले यसका लागि भ्रष्टाचार र कुप्रबन्धलाई पनि दोष लगाएका छन्, जसले राजापाक्षे र उनको परिवारप्रति आक्रोश बढाएको छ । जसले सामूहिक रूपमा श्रीलंकामा १० वर्षभन्दा बढी शासन गरेका छन् ।

विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट लगभग ३ अर्बबराबरको बेलआउट प्राप्त गरे, जसले महत्त्वपूर्ण अतिरिक्त कोष प्रदान गर्यो तर आर्थिक र प्रशासनिक नीतिमा कठोर सुधारहरू पनि आवश्यक थियो ।

आईएमएफको निर्देशन अनुसार श्रीलंकाले विदेशी र स्वदेशी ऋणदाताहरूसँग आफ्नो ऋण चुक्ता सर्तहरू पुनः तयार गरिरहेको छ । देशको मुख्य लक्ष्य ३६ अर्ब डलर विदेशी ऋणमा छ । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन् ।

‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top