क्यानडासँग दोस्रो खेलमा पनि नेपालको हार

६ असोज ८१, सोमबार

७ असोज, एजेन्सी ।
आईसीसी विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत क्यानडासँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । गए राति भएको खेलमा क्यानडाले नेपालविरुद्ध ५ विकेटको जित निकालेको हो । सुरुवाती ब्याटिङ गरेको नेपाल १८१ रनमा अलआउट भएको थियो ।

१८२ रनको विजय लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएर लक्ष्य पूरा गरेको हो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए । त्यस्तै गुल्सन झा ३२, करण केसी २४, सोमपाल कामी २१, अर्जुन साउद १० र आरिफ शेखले १० रन जोडे ।

अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ क्यानडाका लागि कलिम सनाले ३ विकेट लिए । त्यस्तै डिलन हेलिङ्गर, हर्स ठाकेरले २÷२ विकेट लिए । प्रविण कुमार र साद बिन जाफरले १÷१ विकेट लिए ।

ब्याटिङतर्फ नवनीत धालीवालले ८७ र परगत सिंहले ६४ रनको अर्धशतकीय पारी खेले त्यस्तै हर्स ठाकेरले १३ तथा निकोलस किर्तोनले ११ रन जोडे । बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै करण केसी, ललित राजवंशी र गुल्सन झाले १÷१ विकेट लिए ।

क्यानडा, नेपाल र ओमानबीच क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरको पराजय व्यहोरेको थियो । त्यस्तै आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो ।

क्यानडामा जारी सिरिजमा नेपालले खेलेका तीनै खेलमा पराजय व्यहोरेको हो । त्रिकोणात्मक सिरिजमा सोमवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top