×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने

७ आश्विन २०८१

७ असोज, काठमाण्डौ।
सहकारी ठगी प्रकरणमा वचतकर्ताको अपचलन भएको अर्बाै रकम निकाशा गर्नेबारे भन्दा पनि ब्यक्ति केन्द्रित वहस र अनुशन्धान जारी रहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ र जेलमा रहेका सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले भने पैसा फिर्ता गर्ने बाचा गरेका छन् ।

राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन् । उनले पुलचोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था सकारेका छन् । उनै सिंहले बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सकिने बयान दिएका छन् ।

Advertisement
Advertisement

सहकारी छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदनमा सिंहले संस्थाका तत्कालीन अध्यक्ष भरत महर्जन फरार भएपछि सिंहले संस्था सकारेका हुन् । समितिले महर्जन समितिमा उपस्थित नभएको भन्दै उनलाई ठगको सूचीमा राखेको छ भने नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ ।

महर्जन बेलायतमा लुकेको जनाइएको छ । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

समितिसँगको बयानमा सिंहले सहकारीमा आवद्ध विरेन्द्र महर्जनले आफूलाई सहकारीको बारेमा जानकारी दिएको र त्यसपछि यस सहकारीको वित्तीय विवरण हेरेपछि बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सक्ने लागेपछि सहकारी लिएको उनको भनाइ छ ।

‘विरेन्द्र महर्जनले मलाई साधारण सेयरबाट सुरुवात गर्न भन्नु भयो र मैले सोही अनुसार गरेँ । यस सहकारीको सम्पत्तिको बारे भन्नु पर्दा सहकारीको व्यालेन्स सिटमा सम्पत्ति र दायित्व नमिलेकोले सहकारीले यसअघि कायम गरेका सञ्चालक समितिलाई जानकारी गरी विस्तृत कुरा नबुझेसम्म म सेयर होल्डरमै बस्ने निर्णय गरेको हुँ ।’

पछिल्लो साधारणसभा पछि सहकारी संस्थालाई कालोसूचीमा राखि खाता रोक्का भएको उनले बताए । खाता सञ्चालन गर्न दिइएको खण्डमा भरत महर्जनले सहकारी बचत रकमबाट आर्जन गरेको सम्पत्ति फिर्ता दिए सहकारीको समस्या चाडो समाधान गर्न सकिने उनले बताए ।

सिंहले २०८१ जेठ १७ गते सुमेरु बचत तथा ऋण सहकारी संस्था सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए । उनले हाल सञ्चालनमा समस्या परेको सुमेरु सञ्चालनका लागि सहकारीको देखाइएको सम्पत्तिको मूल्यांकनले बचतकर्ताको रकम फिर्ता दिन सकिने बताए ।

उनले आफ्नो सम्पत्ति बचेर भए पनि बचतकर्ताको बचत सेटल गर्ने बयानमा जनाएका छन् । ‘सहकारीको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता दिनेभन्दा पनि हालका लागि आवश्यक परे मेरो निजी सम्पत्तिद्वारा बचतकर्ताको आंशिक रकम सेटल गर्ने र बचतकर्ताको विश्वास जिति क्रमिक रुपमा सहकारीलाई नियमित सञ्चाल गर्ने योजना छ ।’

भरत महर्जनविरुद्ध रेडकर्नर नोटिस जारी भएको र उनको सम्पत्तिलाई सहकारी ल्याउने बारे विरेन्द्र महर्जनले कुरा गरेको आफूलाई भनेको उनको बयानमा उल्लेख छ । उनले सहकारीलाई सरकारले कालोसूचीबाट हटाउने र समस्या समाधानका लागि कानुनी कारबाही केही समय स्थगित गरी समय व्यवस्थापन गरिदिए सहकारीको समस्या समाधानमा सहज हुने भन्दै उनले पहिला आफ्नै निजी सम्पत्ति राखि सुरुवात गर्ने सोचेको जनाएका छन् ।

भरत महर्जन परिवारका सबै सदस्य, नागागोता, आफन्त मिलेर चलाएको सहकारीको बचत विद्यालय, अस्पताल, होटल, घर जग्गा, रेष्टुरेन्ट लगायत अन्य कम्पनीमा लगानी रहेको छ । यस्तै सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले पनि आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिने हो भने तीन वर्षभित्र सबै बचतकर्ताको बचत फिर्ता गर्ने दाबी गरेका छन् ।

छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएको बयानमा उनले सहकारीको समस्या समाधानको उपाय उल्लेख गरेका छन् । ‘आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिने हो भने तीनवर्ष भित्रमा सहकारीको नामामा रहेको सम्पत्ति बिक्री गरी र ऋणी सदस्यहरूबाट कर्जा रकम असुल उपर गरी सम्पूर्ण बचतकर्ता सदस्यहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ,’ उनले भनेका छन् ।

सहकारीले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ७५ करोड ४३ लाख ६९ हजार रुपैयाँ ठगेको भन्दै दुई पटक सरकारले अभियोगपत्र दायर गरिसकेको छ । उक्त सहकारीको नाउँमा रहेको चल अचल सम्पत्ति बेचविखन गरी र सिभिल मलको सेयर र सहकारीका सदस्यहरूमा गरिएको कर्जा लगानी विषेश गरी ठूला ऋणीहरू लालकाजी गुरुङ र मिना गुरुङ समेतबाट कर्जा असूल उपर गरी समस्या समाधान गर्न सकिने उनको तर्क छ ।

‘सिभिल सहकारीको नाउमा रहेको घर जग्गा र सिभिल मल लगायतका चल अचल सम्पत्तिको बजार मूल्य करीब १९ अर्ब रुपैयाँ रहेको छ’ उनले समितिमा बयानमा भनेका छन्, ‘सिभिल सहकारीको बचतकर्ताहरूको निक्षेप दायित्व ६ अर्ब रुपैयाँ रहेको छ त्यसैले उक्त चल अचल सम्पत्ति बिक्री गरी सजिलै बचतकर्ताहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ ।’

यसका लागि सरकारले आफू र आफ्नो परिवारमाथि दायर गरेको, ठगी तथा संगठित अपराध मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिइ आफूलाई कारागार मुक्त गर्न आग्रह गरेका छन् ।

सरकारले यति गरेमा तीन वर्षभित्र सहकारीमा आएको समस्या समाधान गर्न सकिने उनको दाबी छ । ‘सहकारीको सञ्चालकहरुलाई थुन्नु समाधान होइन’ उनले समितिमा बयानका क्रममा भनेका छन् ‘यसरी सबै सहकारीका सञ्चालकहरुलाई थुन्दै जाने हो भने तीन लाख व्यक्ति थुन्नु पर्ने हुन्छ जबकी नेपालको कारागारको क्षमता ४५ हजार मात्र छ ।

तसर्थ सहकारीको समस्या समाधानको उपयुक्त उपाय निकाल्न राज्यले उचित कदम चालोस् ।’ बागमती प्रदेश सहकारी मन्त्रालयबाट २०८० भदौ २१ गते उक्त सहकारी समस्याग्रस्त घोषित भएको छ । तामाङ तीन वर्षयता जेलमा छन् ।

सहकारी प्रकरणमा सूर्य थापा नेतृत्वको प्रतिवेदन कार्यान्वयन सुरु गरेको सरकारले गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने कारबाहीको सिफारिस भएका रास्वपा सभापति तथा गोर्खा मिडियाका पूर्व संचालक रवि लामिछाने माथि पनि अनुशन्धान सुरु गरेको छ ।

यही प्रकरणमा सरकारले पक्राउ गर्न मिडिया ट्रायल गरिरहेकाले अलर्ट रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका रवि लामिछानेले यदि आफू पक्राउ परे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

Advertisement

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top