रविविरुद्ध मुकुलको बक्तब्य, रास्वपा कार्यकर्तालाई उचाले

६ असोज ८१, सोमबार

७ असोज, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बनमा परेका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर प्रहरीमा बुझाउन रास्वपा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

“…हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्, ताकि कानुनभन्दा माथि कोही हुनु हुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्,” उनले फेसबुकमा लेखेका छन् ।

विधिको शासन स्थापनाका निम्ति आफूहरूले पार्टी बनाएको उनले उल्लेख गरेका छन् । उनले रास्वपा कार्यकर्ताको ऊर्जा सहकारी ठगको बचाउका निम्ति खर्च हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

Advertisement

“हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन, बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो,” उनले लेखेका छन्, “तपाईंहरूको ऊर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।”

उनको फेसबुक पोस्ट रास्वपा सभापति रवि लामिछानेलक्षित हो । उनले लामिछानेको नाम भने उल्लेख गरेका छैनन् । “विधिको शासन स्थापना गर्ने बेला हो । ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो,” उनले लेखेका छन्, “कुनै व्यक्तिविशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनु हुँदैन, गर्नु हुँदैन ।”

Advertisement

पूर्वमहामन्त्रीले पक्राउ गरेर प्रहरीलाई बुझाउन सुझाव दिइरहेको अवस्थामा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने क्रान्ति गर्ने उद्घोष गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘घोर निरङ्कुश षड्यन्त्रविरुद्ध निलो क्रान्ति।

’सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछाने पनि सम्भावित गिरफ्तारीको खबरले पार्टीभित्र हलचल मच्चिएको छ। पक्राउको आशंकासँगै रास्वपाले आन्तरिक छलफल तीव्र बनाउँदै गएराति कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको थियो ।

आकस्मिक भेलापछि रविले कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध राज्यले षडयन्त्र गरेको भन्दै आफ्ना लागि नभई न्यायका पक्षमा उभिन अपिल गरेका छन् । उनले आफू प्रहरीको अनुशन्धानमा जुनसुकै सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र रवि लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेको थियो। उक्त ठहरपछि समितिले कानूनी कारबाहीको सिफारिस गरेको थियो।

सरकारको निर्देशन आएलगत्तै प्रहरीले छविलाललाई पक्राउ परिसकेका छन् । सहकारी ठगी प्रकरणमा संसदीय समितिको सिफारिसअनुसार कारबाही हुन सक्ने आशंका गर्दै पार्टीले आन्तरिक रणनीति बनाउन थालिसकेको छ।

रास्वपाले लामिछानेको गिरफ्तारीको हल्लापछि आफ्ना कार्यकर्तालाई प्रतिकारका लागि आह्वान गरिसकेको छ । रविको अपिलसँगै पोखराका सडकमा रास्वपा कार्यकर्ता उत्रिएका छन् । उनीहरुले शसक्त आन्दोलनको चेतावनी समेत दिएका छन् ।

सभापति लामिछानेलाई पक्राउ गर्ने आशंकापछि रास्वपाले चीन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको छ ।

गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । तर कास्की प्रहरीले भने अहिलेसम्म अरु कसैका लाथि पक्राउ पुर्जी जारी नगरेको बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top