×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

बाघ गणना : पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि , ३७ बाघ थपिए

७ आश्विन २०७५

काठमाडौँ, असोज ७
वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिएको बताए ।

Advertisement
Advertisement

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको उपमहानिर्देशक भट्टराईले बताए ।

विभागले गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दुरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको पछिल्लो सङ्ख्या सार्वजनिक गरिएको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा अपेक्षाभन्दा बाघको सङ्ख्या कम देखिएको सम्बन्धमा विभागका महानिर्देशक मनबहादुर खड्काले गत वर्षको बाढीले बाघ बगाएर भारत पु¥याएको, सो क्षेत्रमा प्रकृतिले धान्ने क्षमता सीमित भएको र पर्सा निकुञ्जमा बाघ सरेको हुनसक्ने अनुमान गरे ।

सो क्षेत्रमा गत चार वर्षमा प्राकृतिक रुपले, आपसमा लडेर र विभिन्न रोग लागेर १८ बाघ मरेको उनले जानकारी गराए । चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२० देखिएको थियो ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको सङ्ख्या वृद्धि भएको विभागले जनाएको छ ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।

नेपालको तराई–भूपरिधिक्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमी क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमी ९६८ प्रतिशत० मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।

जैविक विविधता संरक्षण अनिवार्य : मन्त्री बस्नेत

समारोहमा वनमन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधता संरक्षणका कार्यक्रममा जनताको सक्रिय सहभागिता हुनसके मात्र संरक्षणका कार्यक्रम प्रभावकारी र दिगो हुने बताए ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पु¥या्उने मुलुकको प्रतिबद्धता पूरा हुने दिशामा नजिक रहेको भन्दै खुशी व्यक्त गरे ।

वातावरण संरक्षण र विकासका कार्यलाई एकअर्काका पूरकका रुपमा अघि बढाउने विषयमा मन्त्रालय स्पष्ट रहेको धारणा व्यक्त गर्दै मन्त्री बस्नेतले न्यून वातावरणीय क्षतिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारे ।

विसं २०६३ असोज ७ गते वातावरण सम्बन्धी एक कार्यक्रममा गएको तत्कालीन वनमन्त्री गोपाल राईलगायत २४ जना वातावरण संरक्षणकर्मी टोलीका सबै सदस्यको ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

सोही दिनलाई मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ । समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले सरकार र सरोकारवाला निकाय तथा व्यक्तिको प्रयासमा वन क्षेत्र बढेर झण्डै ४५ प्रतिशत पुगेको उल्लेख गर्दै आगामी दिनमा माटो र पानी संरक्षणमा लाग्न सबैलाई आह्वान गरे ।

मुलुकको विकासका लागि ठूलो लगानी र योजना आवश्यक रहेकोमा जोड दिँदै उनले विकासका पूर्वाधार र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नु अहिलेको मुख्य चुनौती हो भने । वन सचिव डा विश्वनाथ ओलीले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पु¥याउन नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता लक्ष्य नजिक पुगेको बताउँदै आगामी दिनमा पनि सबैको सहयोगको अपेक्षा गरे ।

Advertisement

कार्यक्रममा मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाल, प्रा डा रामप्रसाद चौधरीलगायतले मुलुकको जैविक विविधताका क्षेत्रमा भएका प्रयास र देखिएका चुनौतीका बारेमा धारणा व्यक्त गरेका थिए । कार्यक्रममा यस वर्षको राष्ट्रिय संरक्षण पुरस्कार तनहुका डा कमल गैरेलाई प्रदान गरिएको छ । रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार मन्त्री बस्नेतले उनलाई प्रदान गरे । कार्यक्रममा हाब्रे संरक्षण कार्ययोजना र कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासमा पाइने गुराँस सम्बन्धी पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
रासस

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top