NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान

मङ्लबार अशोज ८ , २०८१
Reading Time: 1 min read
A A
भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ असोज , विराटनगर।

बंगलादेशमा युनुस सरकार आएपछि ठूलो हिंसा त रोकिएको छ, तर तनाव अहिले पनि उत्तिकै छ । त्यहाँ अल्पसंख्यकहरु र उनीहरुको धार्मिक स्थलहरुलाई निशाना बनाउने क्रम जारी नै छ । यसैबीच अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुस न्यूयोर्क पुगेका छन् ।

त्यहाँ उनले विरोधको सामना गर्नु परेको छ । जुन होटलमा यूनुस बसेका छन्, त्यस बाहिर बंगलादेशी नागरिक जम्मा भएर अल्पसंख्यकहरुमाथि भइरहेको हमलालाई लिएर उनीविरुद्ध नाराबाजी गरेका छन् ।

मोहम्मद यूनुस संयुक्त राष्ट्र महासभाको ७९ औं सत्रमा भाग लिनका लागि अमेरिका गएका हुन् । प्रधानमन्त्री युनुसले अमेरिकामा विरोधको सामना गरिरहँदा यता भारतका गृहमन्त्रीले बंगलादेशलाई थप चिढ्याएका छन् ।

उनले झारखंडमा भाषण गर्ने क्रममा बंगलादेशीहरुमाथि गरेको एक टिप्पणीले बंगलादेश रुष्ट बनेको छ । अमित शाहको सो टिप्पणीलाई लिएर बंगलादेशको विदेश मंत्रालयले कडा आपत्ति जनाएको छ ।

यो वर्षको अन्त्यतिर झारखंडमा विधानसभा चुनाव हुँदैछ । त्यसैको तयारीस्वरुप २० सेप्टेम्बरमा आयोजित एक चुनावी र्यालीका क्रममा अमित शाहले भनेका थिए, ’’एक पटक झारखंड सरकार परिवर्तन गरिदिनुस् । म तपाइँसंग बाचा गर्छु कि रोहिंग्या र बंगलादेशी घुसपैठहरुलाई छानीछानी झारखंडबाट बाहिर निकाल्ने काम भारतीय जनता पार्टीले गर्नेछ ।

उनले अगाडि भने, यसले हाम्रो सभ्यता नष्ट गरिरहेको छ । हाम्रो संपत्तीे हडपीरहेको छ । हाम्रा छोरीहरुसंग अलग–अलग प्रकारले नक्कली विवाह गरिरहेका छन् । हाम्रो रोजगारीलाई पनि लुट्ने काम गरिरहेका छन् । झारखंडभित्र कुनै घुसपैठियालाई स्थान छैन, यो बीजेपीको सरकारले मात्रै गर्न सक्छ ।

उनले दाबी गरे, ’’हाम्रो झारखंडमा जुन प्रकारले घुसपैठ भइरहेको छ, यदी यो जारी रह्यो भने आउँदो २५, ३० वर्षमा घुसपैठियाहरुको यहाँ बहुमत हुनेछ।’’ उनको यही टिप्पणीलाई लिएर बंगलादेश आगो भएको हो ।

अमित शाहको यो बयानपछि बंलादेशको विदेश मंत्रालयले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ, ’’झारखंडमा भारतका गृह मंत्री अमित शाहले बंगलादेशका नागरिकहरुलाई लिएर जुन दुर्भाग्यपूर्ण टिप्प्णी गरेका छन्, त्यसको हामी कडा विरोध गर्दछौं’’ ।

बंगलादेशको विदेश मंत्रालयले ढाकामा भारतीय उच्चायुक्तलाई बोलाएरै यसबारेमा विरोध पत्र पनि थमाइदिएको छ । बंगलादेशको विदेश मंत्रालयले भनेको छ, भारत सरकार आफ्ना नेताहरुका यस्ता ’आपत्तिजनक र अस्वीकार्य’ बयान दिनबाट बच्नका लागि भन्नुस’’ ।

उसले अगाडि भनेको छ, जिम्मेवार पदमा बसेकाहरुका तर्फबाट छिमेकी मुलुकका नागरिकहरुमाथि गरिएको यस्ता टिप्पणीहरुले आपसी सम्मान र समझदारीको भावना कमजोर पर्न सक्छ’’ । यता बांग्लादेशको विदेश मंत्रालयको यसै टिप्पणीलाई भारतका पूर्व विदेश सचिव कंवल सिब्बलले भने अविवेकपूर्ण भनेका छन् ।

दुई देशबीच यस्ता टिप्पणीहरुका विषयमा तनाव बढिरहेका बेला उता मोदी र युनुस अमेरिकामै छन् । तर उनीहरुबीच भेट भएको छैन । यसले पनि भारत र बंगलादेशबीच तनाव बढेको संकेत गरेको छ । शेख हसीना सत्ताबाट हटेसंगै बंगलादेशसंग भारतको सम्बन्ध विग्रिन थालेको हो ।

मोहम्मद यूनुसको अंतरिम सरकारलाई भारतले खासै रुचाएको छैन । खालिदा जियाको नेतृत्वमा रहेको बंगलादेश नेशनलिस्ट पार्टीको असर पनि तुलनात्मक रुपले बढ्न थालेको छ । शेख हसिनाको छवि भारत समर्थकको थियो तर बीएनपीलाई भारत विरोधी मानिन्छ ।

यस्तोमा अमित शाहको बयानले सम्बन्धलाई थप तनावपूर्ण बनाइदिएको छ । खासगरी यस्तो बेला जब हालै बंगलादेशमा आएको बाढीलाई लिएर केही संगठनहरुले भारतको बाँधबाट छोडिएको पानीले बाढी आएको भन्दै आरोपसमेत लगाइरहेका थिए । तर भारत सरकार यस्ता आरोप अस्वीकार गरेको छ ।

यद्यपि, यो अहिले मात्रै होइन अमित शाहको बयानले बंगलादेश चिढिएको । यसअघि २०१९ मा नागरिकता संशोधन कानूनको तर्कमा अमित शाहले बांग्लादेशमा हिन्दुहरुको उत्पीडनको कुरा उठाएका थिए, त्यसलाई लिएर पनि बांग्लादेशले कडा आपत्ति जनाएको थियो ।

यस्तै मार्च २०२१ मा पनि जब मोदी बांग्लादेश भ्रमण जाने भएका थिए, त्यतिबेला त्यहाँ मुस्लिम र विद्यार्थी संगठनहरुका केही सदस्यहरुले सो भ्रमणको विरोध गरेका थिए । यस्तै सन २०१६ मै मोदी सरकारले संसदमै भनेको थियो कि बांग्लादेशबाट अवैध रूपले आएका आप्रवासीहरुको संख्या करिब २ करोड छ ।

भारत र बंगलादेशबीच आप्रवासीहरुलाई लिएर वर्षौदेखि चल्दै आएको यो मुद्याले अहिले फेरि तनाव बढाएको हो । यद्यपी यसबीच भारतीय विदेश मंत्री एस जयशंकरले भने बांग्लादेशका विदेश मंत्रालयका सलाहकार तौहिद हुसैनसंग छलफल गरेका छन् ।

गृहमन्त्रीका कारण बंगलादेशसंगको सम्बन्धमा दरार आइरहँदा भारतीय विदेश मंत्री एस जयशंकरले न्यूयोर्कमा बंगलादेशका विदेश मामिलाका सल्लाहकार मोहम्मद तौहीद हुसैनसंग भेटवार्ता गरेका छन् ।

सो क्रममा दुवैले बंगलादेश र भारतबीच परस्पर हितका मुद्दाहरुमाथि चर्चा गरे र सम्बन्धलाई अगाडि बढाउनेमा सहमति पनि जनाएका छन । यो जानकारी बंगलादेशको विदेश मंत्रालयले नै दिएको हो । यो बैठक स्थानीय समय अनुसार सोमवार साँझ संयुक्त राष्ट्र महासभा सत्रको दौरान भएको हो ।

बंगलादेशको विदेश मंत्रालयले मंगलवार विहान एक्समा बैठकको तस्वीर पोस्ट गरेको छ । मंत्रालयले भनेको छ कि तौहीदले संयुक्त राष्ट्र महासभा सत्र इतर भारतका विदेशमंत्री जयशंकरसंग कुराकानी गरे र आपसी हितहरुका बारेमा चर्चा गरे ।

बंगलादेश र भारतबीचको सम्बन्धमा देखिएको यो उतारचढाव र गृहमन्त्री अमित शाहले गरेको टिप्पणी बारे आफ्ना भनाइ अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#भारत–बंगलादेशबीच कटुता#भारतका गृहमन्त्री

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.