×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज ५ प्रदेशमा अति भारी वर्षा, मुम्बई डुब्यो

१० आश्विन २०८१

१० असोज ,काठमाण्डौ।

देशका विभिन्न ठाउँ फेरि मनसुनले भिजेको छ । हिजो रातिदेखि नै पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम पुनः सक्रिय हुने बताएको थियो । सोहीअनुसार आज दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

महाशाखाका अनुसार आज कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । तराईका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आजदेखि आउँदो आइतवारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ ।

महाशाखाले तत्काल धान नकाट्न र ट्रेकिङमा नजान आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक÷दुई ठाउँमा भने अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना देखिएको हो ।

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको महाशाखाले जनाएको छ । यस्तै उपल्लो वायुमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो ।तर यस वर्ष अक्टोबर ७ अर्थात् असोज २१ गतेसम्म मनसुन कायम रहने मौसमविद्को अनुमान छ । मनसुन पुनः सक्रिय भएसंगै ठाउँ ठाउँमा पहिरो खस्दा सडकहरु अवरुद्ध भएका छन् ।

यसैबीच वर्षासँगै खसेको पहिरोका कारण कान्तिलोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ । उता छिमेकी मुलुक भारतको मुम्बई भारी वर्षाका कारण जलमग्न भएको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो।

जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । धेरै उपनगरीय क्षेत्र पनि डुबानमा परेका छन् । जसका कारण स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने कम्तीमा १४ उडान डाइभर्ट गरिएको छ ।

Advertisement

भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले आज (बिहीबार) सबै विद्यालय र कलेजमा बिदा दिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top