हिजबुल्लाहलाई सिध्याउने लक्ष्यमा इजरेल, २१ देशको युद्धविराम प्रस्ताव

१० असोज ,एजेन्सी ।
गाजापट्टीलाई धुलोपिठो पारेपछि अब इजरायली सेना लेबनान कुच गर्न अघि बढेको छ । उसले लेबनानमै प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । इजरायली सेना प्रमुखले नै त्यस्तो संकेत गरेका छन् ।

उनले आफ्ना सैनिकहरूलाई भनेका छन– हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ । लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले अगाडि भनेका छन– दिनभर हमला गरिरह्यौँ।

यसको उद्देश्य लेबनानमा प्रवेशको लागि सम्भावित बाटो खोल्नु र हिजबुल्लाहलाई लक्ष्य गर्नु हो । लेबनानका स्वास्थ्यमन्त्रीले हिजो सेप्टेम्बर २५ मा भएको हवाई हमलामा ५० जनाको मृत्यु भएको बताएका छन् ।

Advertisement

इजरायलका अनुसार यी आक्रमणमा हिजबुल्लाहको गुप्तचर निकाय, लन्चर र हतियार भण्डारण स्थललाई निशाना बनाइएको थियो । यो बढ्दो द्वन्द्व रोक्न कूटनीतिक तहमा पहल भइरहेको छ ।

फ्रान्स र अमेरिकाले २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । अमेरिका, युरोपेली संघ र बेलायतजस्ता सहयोगी राष्ट्रहरूले लेबनान र हिजबुल्लाहबीच अस्थायी युद्धविराम कार्यान्वयन गर्न माग गरेका छन् ।

Advertisement

यो संयुक्त विज्ञप्तिअनुसार युद्ध सहन नसकिने र यसले स्थिति बिग्रने छ, जसबाट इजरायल वा लेबनान दुवैलाई कुनै फाइदा हुने छैन । जुन संयुक्त विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन् ।

यसबीच लेबनानका विभिन्न स्थानमा इजरायलको आक्रमणमा थप ७२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै इजरायलको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा ६२० पुगेको छ ।

इजरायलको ठूलो बमबारी अभियानबाट करिब पाँच लाख मानिस विस्थापित भएको हुन सक्ने अनुमान गरिएको लेबनानका विदेशमन्त्रीलाई उद्धृृत गर्दै अलजजिराले जनाएको छ । इजरायलले यसअघि गत सोमबार हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाइ आक्रमण गरेको थियो ।

आक्रमणमा ५०० भन्दा बढीले ज्यान गुमाएका थिए भने १ हजार ६०० भन्दा बढी घाइते भएका थिए । यसबीच मंगलबारमात्रै इरानका राष्ट्रपति मसूद पेजेस्कियनले हिजबुल्लाह इजरायल आक्रमणविरुद्ध एक्लै खडा हुन नसक्ने बताएका थिए ।

“पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन,” पेजेस्कियनले सीएनएनसँगको अन्तर्वार्तामा भनेका छन् ।

उनले ’लेबनानलाई अर्को गाजा बन्न नदिन’ अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायलविरुद्ध ’तत्काल कारबाही गर्न’ आह्वान गरेको छ ।

“इरान उदासीन रहनेछैन,” विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भने, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ ।” संयुक्त राष्ट्र संघको वार्षिक महासभाका लागि न्युयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाएका छन् ।

“यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पु¥याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ,” पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भने, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।”

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उनले बताए । तर, कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पु¥याउने अनुमति नभएकोमा उनले जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top