×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्युयोर्कमा जब प्रधानमन्त्री ओलीको अंग्रेजीले फेल खायो !

१० आश्विन २०८१

१० असोज , काठमाण्डौ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भागलिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा विभिन्न कार्यक्रमहरुमा सहभागि भइरहेका छन् । उनले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा आज सम्बोधन गर्दै छन् ।

Advertisement
Advertisement

यसबीचमा उनले निक्कै महत्वपूर्ण भेटवार्ता गरिसकेका छन् । अमेरिका बसाईमा प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन पुगेका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका हुन् ।

ओलीले अमेरिकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस, राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेस, अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट, फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्रीले अमेरिकामा विभिन्न ब्यक्तिहरुसँग विशेष भेटवार्ता गरिरहदा प्रमुख दुई घटना क्रमका कारण भने यो भ्रमण आलोचनाको केन्द्र बनेको छ । प्रधानमन्त्रीको स्वागतका लागि नेपाली प्रवासी र महावाणिज्यदूतावासले आयोजना गरेको एक कार्यक्रम भने असुरक्षा र व्यस्तताको कारण देखाउँदै स्थगित भएको छ ।

अमेरिकामा समेत प्रधानमन्त्री ओली असुरक्षित रहेको सन्देश जाने गरी उनको स्वागतका लागि आयोजित कार्यक्रम रोकिनुलाई देशकै प्रतिष्ठामाथिको आँचका रुपमा टिप्पणी भईरहेको छ ।

सँगैअमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हजारौंको उपस्थितीमा घण्टौ लामो सम्बोधन गरिरहदा नेपालका प्रधानमन्त्रीको कार्यक्रम भने असुरक्षाकै कारण स्थगित गर्नुपरेको आशयको सुचना वाणिज्यदुतावासबाट जारी हुनुलाई भने प्रधानमन्त्रीको घट्दो लोकप्रियताका रुपमा समेत विश्लेषण गरिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय पुगेर अन्तरक्रियामा सहभागी भएको विषय र त्याहा ब्यक्त अभिब्यक्ति पनि आलोचनाको विषय बनेको छ। कोलम्बियादेखि हावर्ड विश्वविद्यालयमा पुगेका प्रधानमन्त्री ओली केही दिनअघि मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह उनको ब्यस्तताका कारण स्थगित गर्नु परेको थियो।

दीक्षान्त समारोह स्थगित भएकोमा सम्पूर्ण क्षतिको भागिदार प्रधानमन्त्री हुनुपर्ने भन्दै संसदमा रास्वपा सांसद सुमना श्रेष्ठले ध्यानाकर्षण गराएकी थिइन । आफ्ना नागरिकलाई बेवास्ता गर्ने प्रधानमन्त्री ओलीको कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्न लागेको भन्दै पूर्व शिक्षमन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमनाले कटाक्ष गरेकी छन् ।

‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातल देखि फर्क भन्ने हो ?’ भनी ओलीलाई प्रश्न गर्न सुमनाले त्यहाँका नेपालीलाई सुझाएकी थिइन् ।

प्रधानमन्त्रीले कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै नेपालले कुनै पनि मुलुक, क्षेत्र र संसारभर नै शान्ति चाहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सुरुआतमा नेपालको इतिहासदेखि हालसम्मको बाटोको राजनीतिक इतिहासलाई प्रस्तुति दिएका थिए । सुरुआतमा करिब १२ मिनेट प्रस्तुति दिएका ओलीले त्यसपछि ४५ मिनेट अन्तरक्रिया गरेका थिए ।

त्यसपछि कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीहरूले सोधेको प्रश्नको उत्तर दिएका थिए । ओलीले नेपाल हतियार निशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताए ।उनले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वबारेको प्रश्नमाथि बोल्दै नेपाल कसैको पनि पक्षमा नरहेको प्रस्ट पारे ।

उनले सुरुआतमा इजरायलमा हमासले आक्रमण गर्नु गलत भएको भन्दै त्यसपछि इजरायलले विद्यालय र अस्पतालमा गरेको कारबाहीको पनि विरोध गरे । सोही क्रममा कार्यक्रममा सोधिएको प्रश्न र ओलीले दिएको जवाफले मेल नखाएपछि प्रश्नै नबुझेर अर्कै जवाफ दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भईरहेको छ ।

एक विद्यार्थीले सोधेको प्रश्न भित्र ठट्टा हिसाबमा कतिवटा प्रश्न छन् भन्दै सहजकर्तालाई नै उनले प्रश्न सोधेका थिए । जसको जवाफ समेत प्रधानमन्त्रीले गोलमटोल दिएका थिए । प्रश्न सकिएको केही समय प्रधानमन्त्री मौन रहनु अनि धन्यवाद दिँदै सहजकर्तालाई कति वटा प्रश्न छन् भन्दै राखेको जिज्ञाशा नै अहिले ट्रोल बनिरहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top