×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

बार्सिलोनाको शतप्रतिशत जित , लेवान्डोवस्की नायक

१० आश्विन २०८१

१० असोज , एजेन्सी ।

स्पेनिस ला लिगामा क्याटालन जायन्ट बार्सिलोनाले आफ्नो शतप्रतिशत जित यात्रालाई कायम राखेको छ । बार्सिलोनाले बुधबार राति घरेलु मैदानमा गेटाफेविरुद्ध १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा फरवार्ड रोवर्ट लेवान्डोवस्की नायक बने ।

Advertisement
Advertisement

उनले १९औँ मिनेटमा गरेको गोल नै क्याटालन क्लबलाई तीन अंक जोड्न पर्याप्त बन्यो । ला लिगामा बार्सिलोनाको यो सातौँ जित हो । तालिकाको शीर्ष स्थानमा आसीन बार्सिलोनाको २१ अंक छ ।

त्यो दोस्रो स्थानको रियाल मड्रिडको भन्दा चार अंक धेरै हो । रियालले सात खेलबाट १७ अंक जोडेको छ । समान खेलबाट चार अंकको गेटाफे १९औँ स्थानमा छ । यता इङ्ग्लिस लिग क्लबमा आर्सनल र लिभरपुल विजयी भएका छन् ।

हिजो भएको खेलमा आर्सनलले तेस्रो श्रेणीको क्लब बोल्टन वान्डर्सलाई ५–१ ले पराजित गरेको हो । आर्सनलका लागि इथान नवानेरीले दुई तथा डेक्लान राइस, रहिम स्टर्लिङ र काभ हाभार्टले एक–एक गोल गरे ।

बोल्टनका आरोन जोन कोलिन्सले एक गोल फर्काए । यस्तै अर्को खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ५–१ ले नै हरायो । लिभरपुलका लागि डिएगो जोटा र कोडी गाक्पोले २–२ गोल गर्दा मोहमद सालाहले एक गोल गरे ।

प्रिमियर लिगका आर्सनल र लिभरपुल फराकिलो अन्तरको जीत निकाल्दै इङ्ग्लिस क्लबको चौथो चरणमा प्रवेश गरेका छन् । चौथो चरणमा अब लिभरपुलले ब्राइटनको भ्रमण गर्नेछ ।

यस्तै आर्सनलले प्रेस्टनसँग खेल्नेछ भने प्रिमियर लिगका दुई क्लब म्यानचेष्टर सिटी र टोटनहम खेल्नेछन् । म्यानचेष्टर युनाइटेडले लेस्टरसँग तथा चेल्सीले विम्बलडन र न्युकासलबीचको विजेतासँग खेल्नेछ ।

इपिएलमा खराब प्रदर्शन गरिरहेको म्यानचेष्टर युनाइटेडले युरोपा लिगको यात्रा बराबरीबाट सुरुवात गरेको छ । युरोपा लिगमा बुधवार आफ्नो पहिलो खेलमा युनाइटेड नेदरल्यान्ड्सको एफसी ट्वेन्टीसँग १–१ को बराबरीमा रोकियो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिष्टियन एरिक्सेनको गोलमार्फत ३५औं मिनेटमा युनाइटेडले अग्रता बनायो । भ्रमणकारी टोलीका साम लामर्सले ६८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।

बराबरीबाट सुरुवात गरेको युनाईटेड १ अंकका साथ दशौं स्थानमा छ । ईपिएलमा ५ खेलमा २ मात्र जितका साथ युनाईटेड ७ अंकसहित ११औं स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top