NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

चिनियाँ र रुसी विदेशमन्त्रीबीच अमेरिकामा युक्रेनबारे छलफल

बिहिबार अशोज १० , २०८१
Reading Time: 1 min read
A A
चिनियाँ र रुसी विदेशमन्त्रीबीच अमेरिकामा युक्रेनबारे छलफल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० वैशाख , एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पटक फेरि परमाणु आक्रमणको चेतावनी दिएका बेला र चीनले पनि लामो समयपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको दाबी गरेका बेला न्युर्योकमा जारी संयुक्त राष्ट्रसंघको महासभामा भने स्वयं रुस र उसको मित्र रहेको चीनका विदेशमन्त्रीहरुले युक्रेन युद्धबारे छलफल गरेका छन् ।

चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रूसको सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ ।

पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन् । आरोपलाई चीनले अस्वीकार गर्दै द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ ।

यसबीच युक्रेनको प्रमुख ढाडस रहेको अमेरिकामै चीन र रुसका विदेशमन्त्रीहरुले युद्धकै बारेमा छलफल गरेका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीले बिहीबार विदेशमन्त्री वाङ्ग यीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्ना रूसी समकक्षी सर्गेई लाभरोभलाई भेटवार्ता गरेको जनाएको छ ।

छलफलमा दुवै पक्षले युक्रेन सङ्कटलगायत विषयमा विचार आदानप्रदान गरेको सिसिटिभीले उल्लेख गरेको छ । विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रुपमा चीन–रूस सम्बन्धलाई अगाडि बढाउने उल्लेख गरेका छन् ।

चीन र रूसले ‘नो–लिमिट्स’ साझेदारीअनुरुप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन् । बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँ वार्षिकोत्सव मनाउँदै छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ । यसअघि बुधबार भारतीय विदेशमन्त्री एस.जयशंकरले रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका थिए ।

भेटबारे सामाजिक सञ्जालमा जानकारी दिदै जयशंकरले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ सत्रको बैठकमा रुसी विदेशमन्त्रीसँग छुट्टै भेट भयो । ‘भेटमा मैले भारत–रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूबारे कुरा गरे’ पोस्टमा जयशंकरले लेखेका छन् ।

यसअघि रुसको विदेश मन्त्रालयले ट्वीट गर्दै यी दुईबिच भएको भेटको जानकारी दिएको थियो । लाभरोभसँगको भेटमा जयशंकरसँग के–के कुरा गरे भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन । तर, युक्रेन द्वन्द्व अन्त्य गर्न भारतको भूमिकाबारे दुवैबिच छलफल भएको बुझिएको छ ।

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन सङ्कट समाधान गर्न चीन, भारत र ब्राजिलले सहयोग गर्न सक्ने बताएका थिए । रुस भ्रमणका क्रममा पुटिनसँगको भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्कट समाधानका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि भारतले यस संकटको शान्तिपूर्ण समाधान चाहेको मोदीले बताएका थिए । यस्तै प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई दोस्रो पटक न्युयोर्कमा भेटेका थिए ।

अमेरिकामा यो भेटघाट चलिरहेका बेला रुसी राष्ट्रपतिले एक पटक फेरि पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका हुन् । देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने पुटिनले बताएका छन् ।

यसमा रुस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरू विरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रुसी क्षेत्रमा ठुलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने यसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ ।

त्यस्तोमा रुसले पनि आणविक हतियारहरू प्रयोग गर्न सक्ने भनिएको छ ।

Tags: #चिनियाँ र रुस#चिनियाँ र रुसी विदेशमन्त्री

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.