×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाइडेनको भोजमा ओली सहभागि भए तर पाएनन् भेट

१० आश्विन २०८१

१० वैशाख , विराटनगर।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागि भएका कयौं देशका प्रमुख तथा प्रतिनिधिहरु अहिले पनि न्युयोर्कमा छन् । नेपालबाट पनि २२ जनाको प्रतिनिधिमण्डल लिएर गएका प्रधानमन्त्री ओलीले न्युयोर्कमा रहँदै विदेशी समकक्षी, उच्चपदस्थहरु तथा कुटनीतिज्ञहरुसंगको भेटवार्ता जारी राखेका छन् ।

Advertisement
Advertisement

साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रमहरुमा पनि सहभागिता जनाउँदै नेपालका एजेण्डाहरु प्रस्तुत गरिरहेका छन् । यसक्रममा ओलीले भारतीय प्रधानमन्त्री, फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री, बंगलादेशका प्रमुख सल्लाहकार लगायतलाई भेटिसकेका छन् ।

यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट लगायतसंग पनि भेट गरेका छन् । प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा पनि सहभागी भएका छन् । तर उनले बाइडेनलाई भेट्न पाएको भन्ने कुनै खबर छैन ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी भएका थिए ।

यसअघि भने २०७८ सालमा स्कटल्यान्डको ग्लास्गो गएका बेला यस्तै कार्यक्रममा भने तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र जो बाइडेनबीच छोटो भेटघाट भएको थियो । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागि हुन त्यहाँ पुगेका देउवा बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्री भोजमा सहभागि हुँदा त्यहाँ उनलाई बाइडेनले आफै चिनेर बोलाएका थिए ।

उक्त भेटवार्ताका बारेमा देउवाले नेपाल आएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘बाइडेनसँग भेट्दा टोपी लगाएर गएको थिएँ, उनले चिनिहाले ।’ उनका अनुसार यसअघि नेपाल आइसकेका बाइडेनले आफूलाई नेपाल खुब मन पर्ने समते सुनाएका थिए । तर अहिलेका प्रधानमन्त्रीले भने बाइडेनसंग प्रत्यक्ष भेटको अवसर पाएनन् ।

यसबीच अमेरिका भ्रमणका क्रममा छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भने निकै चर्चा रह्यो । यद्यपि, उनी अमेरिका भ्रमणबाट फर्किसकेका छन् । तर त्यहाँ रहँदा मोदीले नेपालका प्रधानमन्त्री ओलीदेखि अमेरिकी राष्ट्रपतिसम्मलाई भेटे ।

मोदी र बाइडेनबीच दुईपक्षिय भेटवार्ता भएको छ । यस्तै मोदीले क्वाड सम्मेलनमा भाग लिए । संयुक्त राष्ट्र संघलाई सम्बोधन गरे । धेरै देशका राष्ट्र प्रमुखसँग भेट गरे । प्रधानमन्त्री मोदीले फिलाडेल्फिया र न्युयोर्कमा भारतीय समुदायलाई पनि भेटे ।

यस भ्रमणका क्रममा अमेरिकाले भारतका धेरैवटा पुरातन वस्तु भारतलाई फिर्ता पनि ग¥यो । यति मात्र होइन, मोदीले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेट गरे ।

तर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने भेटेनन् । जबकि ट्रम्पले मोदी अमेरिका प्रस्थान गर्नुअघि नै यस भ्रमणका क्रममा उनी र आफूबीच पनि भेटवार्ता हुने बताएका थिए । यस विषयमा अहिले भारतीय कुटनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार रोविन्दर सचदेव भारत वा विश्वका कुनै पनि देशले कुनै पनि मुलुकको आन्तरिक राजनीतिमा कुनै एक पक्षलाई साथ दिन नसक्ने बताउँछन् । मोदीले ट्रम्पसँग भेट गर्ने भए कमला ह्यारिसलाई पनि भेट्नुपर्ने हुन्थ्यो ।

तर दुवै नेतासँग भेटघाट तय हुन नसक्दा मोदीले ट्रम्पलाई पनि नभेटेको हुनसक्ने उनको अनुमान छ । रोविन्दर सचदेव भन्छन्, ‘भारतीय कूटनीतिज्ञहरूले ट्रम्प र कमला ह्यारिस दुवैसँग भेटघाट गराउने प्रयास गरेका हुनसक्छन्, सायद ट्रम्पले मोदीलाई भेट्ने कुरा सार्वजनिक रूपमा भनेका थिए, तर यो भेट हुन सकेन।’

मुख्तार खानलाई लाग्छ– डोनाल्ड ट्रम्पले मोदीलाई भेट्ने कुरा एकपटक मात्र भनेका थिए, तर यो भेट तय भइसकेको थिएन । मोदीले ट्रम्पलाई बेवास्ता गरे वा उनीसँग दूरी राखे भन्नु सही नहुने विज्ञहरू बताउँछन् ।

बरु दुई नेताबीच भेटका लागि परिस्थिति र प्रसंग उपयुक्त नभएको भन्नु बढी सही हुने उनीहरूको तर्क छ । यस्तै भारतीय प्रधानमन्त्रीले आफैसंग सिमाना जोडिएको बंगलादेशका अन्तरिम सरकारका प्रधानमन्त्रीलाई समेत भेट दिएनन् ।

बंगलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता महोमद युनुसलाई बरु नेपालका प्रधानमन्त्रीले भेटे । युनुसलाई चिनियाँ विदेशमन्त्री वाङ यिले भेटे । अमेरिकी राष्ट्रपतिले पनि अंगालो नै हाले तर मोदीले युनुसलाई भेट्दै नभेटी फर्किए ।

वाङ यिसँगको भेटबारेमा युनुसको सामाजिक सञ्जालमा भनिएको छ, ‘चिनियाँ विदेशमन्त्री वाङ यिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक महोमद युनुससँग संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधवार भेटमा दुई पक्षीय कुरा गर्नु भएको छ ।

भेटमा सम्बन्धलाई बलियो बनाउने, सोलार प्यानलमा लगानी बढाउने र व्यापारिक साझेदारी बढाउनेमा छलफल भयो ।’ चिनियाँ विदेशमन्त्रीसँग मात्रै होइन युनुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका छन् ।

भेटको तस्बिर सार्वजनिक गरेर युनुसको आधिकारिक सामाजिक सञ्जालमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको साइडलाइनमा भएको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रमुख सल्लाहकार युनुस र उहाँको सरकारलाई पूर्ण सहयोग गर्ने बताउनु भएको छ ।’

भेटको तस्बिरमा बाइडेनले मुस्कुराएर युनुसलाई धाम मारेको देखिइएको छ । जुन तस्विरलाई लिएर बंगलादेश भित्रै आलोचना भइरहेको छ। बंगलादेशको अहिलेको प्रमुख कारक अमेरिकालाई मान्ने गरिएको छ ।बंगलादेशकी निर्वासित पूर्वाप्रधानमन्त्री शेख हसिनालाई भगाएर बनेको नयाँ सत्तासँग भारतको राम्रो सम्बन्ध छैन् ।

नयाँ सरकारले भारतको आलोचना गरेको, हिन्दू अल्पसंख्यकलाई हिंसा गरेको तथा भारतकी प्रिय प्रधानमन्त्री शेख हसिनालाई निर्वासित हुन बाध्य बनाइएको घटनामा भारतको असन्तुष्टि देखिएको भारतीय मिडियाहरूबाट देखिन्छ ।

त्यसको झल्को न्यू योर्कमा पनि देखियो । मोदीले युनुसलाई भेट नगरे पनि भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना बंगलादेशी समकक्षी मोहोमद ताउहिद हुसेनसँग भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

तर, भेटको तस्बिर जयशंकरले सार्वजनिक गरेका छैनन् । बरु जयशंकरले रुसी विदेशमन्त्रीसंग भेट गरेको तस्बिर सामाजिक संजालमा सेयर गरेका छन् । जयशंकरले बुधवार न्यूयोर्कमा यूएनको महासभाको ७९ औँ सत्र आसपास रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका हुन् ।

जयशंकरले सामाजिक सञ्जालमा सो भेटको तस्बिर सेयर गरेका थिए । ‘संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ सत्रको बैठकमा रुसी विदेशमन्त्रीसँग छुट्टै भेट भयो । ‘भेटमा मैले भारत–रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूबारे कुरा गरे’ पोस्टमा जयशंकरले लेखेका छन् ।

यसअघि रुसको विदेश मन्त्रालयले ट्वीट गर्दै यी दुईबिच भएको भेटको जानकारी दिएको थियो । लाभरोभसँगको भेटमा जयशंकरसँग के–के कुरा गरे भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन ।

तर, युक्रेन द्वन्द्व अन्त्य गर्न भारतको भूमिकाबारे दुवैबिच छलफल भएको बुझिएको छ । हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन सङ्कट समाधान गर्न चीन, भारत र ब्राजिलले सहयोग गर्न सक्ने बताएका थिए ।

रुस भ्रमणका क्रममा पुटिनसँगको भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्कट समाधानका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि भारतले यस संकटको शान्तिपूर्ण समाधान चाहेको मोदीले बताएका थिए ।

जेलेन्स्कीसंग मोदीले किभमा र अहिले न्युयोर्कमा पनि भेट गरेका हुन् । यूएनको महासभामा देखिएको देशका नेताहरुबीचको यो भेटघाट, खासगरी मोदीले जेलेन्स्कीलाई भेट दिदा युनुसलाई वेवास्था गरेको र ट्रम्पलाई समेत नभेटेको संदर्भ अनि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिको भोजमा सरिक भएर पनि भेट नपाएको बारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top