२४ घण्टामा कहाँ कति पानी पार्याे ?

१० असोज ८१, शुक्रबार

११ असोज, विराटनगर ।

विगत २४ घण्टादेखि देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ ।

Advertisement

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ । यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Advertisement

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

देशका तराई भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ । मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । देशका धेरै स्थानमा वर्षासँगै सानाठूला अधिकांश नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

महाशाखाले यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान गरेको छ । आज र भोलि देशभरका नदीमा बहाव उल्लेख्य बढ्नेछ । नारायणी, वाग्मती, तिनाउ, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह खतरा तह आसपास पुग्ने महाशाखाको पूर्वानुमान छ ।

पछिल्लो चौबीस घन्टामा पाँच जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम, सप्तरी, मोरङ, झापा र कैलालीमा चौबिस घन्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको हो।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०–५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी प¥यो भने अति भारी वर्षा भनिन्छ।

सप्तरीमा चौबीस घन्टामा १५१.८ मिलिमिटर वर्षा भएको छ। मोरङको विराटनगरमा १४१.१ मिलिमिटर, इलामको कन्याममा १०७.२ मिलिमिटर, कन्काइ मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ मिलिमिटर, सप्तरीको रूपनी बजारमा ११५ मिलिमिटर वर्षा मापन भएको, कैलालीको धनगढीमा १०१ मिलमिटर वर्षा भएको छ।

धेरै जिल्लाहरूमा पछिल्लो चौबीस घन्टायता ५० मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घन्टामा झापाको केचनामा १६ मिलिमिटर वर्षा मापन भएको छ। मोरङ, सप्तरी, सर्लाही, काठमाडौं लगायत विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।

लगातारको वर्षाले धेरै स्थान डुबानमा परेका छन् । आज बाढी पूर्वानुमान बुलेटिन जारी गरी महाशाखाले आज तराईका सबै जिल्लासहित देशका २० जिल्लामा अति उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

बाढी महाशाखाले भनेको छ– आज मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान रहेकाले अति उच्च सतर्कता अपनाइराखौँ।

साथै आज पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बाग्लुङ, प्युठान, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई वहने केही ससाना नदीमा पनि बहाव बढ्ने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top