×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

हिजबुल्लाहमाथि १५ सय करोडको बारूदको वर्षा,नेतान्याहु आगो

११ आश्विन २०८१

११ असोज, एजेन्सी ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहमाथि ‘पूर्ण शक्ति’का साथ आक्रमण गर्न इजरायली सेनालाई निर्देशन दिएका छन् । अमेरिकालगायत इजरायलनजिकका अरू देशहरूले भने युद्धविरामका निम्ति आग्रह गरेका छन् ।

Advertisement
Advertisement

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी भागस्थित एउटा भवनमा गरिएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको हिजबुल्लाहले जनाएको छ ।

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका निम्ति युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजरायलले यो प्रस्ताव अस्वीकार गरेको थियो । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहूले सबै लक्ष्य हासिल नगरेसम्म आफूहरू नरोकिने बताएका थिए ।

जसरी इजरायली सेनाले लेबनानमा विनाश मच्चाइरहेको छ, यसले हिजबुल्लाहको अन्त्य धेरै नजिक छ भन्ने सन्देश दिन्छ। हिजबुल्लाहको हालत गाजामा हमासको जस्तै छ। चार दिनको कारबाहीमा इजरायलले हिजबुल्लाहको ९० प्रतिशत नेतृत्वलाई मात्र नष्ट गरेन यसले उसको आधा सैन्य शक्तिपनि नष्ट भएको छ ।

इजरायलले यति ठूलो सफलता पाएको छ किनभने आइडिएफले हिजबुल्लाहमा एक दिनमा १५ सय करोडको क्षेप्यास्त्र वर्षा गरेको छ । इजरायलको अकल्पनीय आक्रमणमा हिजबुल्लाहको शीर्ष नेतृत्व मात्र नभई उसको सैन्य शक्ति पनि आधा भएको छ ।

इजरायल र अमेरिकाले अपरेशन नर्दन एरोका कारण हिजबुल्लाहको आधा सैन्य संरचना ध्वस्त भएको बताएको छ । इजरायली सेनाका अनुसार लेबनानमा १ दिनभित्र १५ सय करोड रुपैयाँको क्षेप्यास्त्र प्रहार गरेको छ ।

आइडीएफले आफ्नो प्रतिवेदनमा हिजबुल्लाहको शीर्ष नेतृत्वमा अब तीन जना मात्र बाँकी रहेको बताएको छ, ती हुन् प्रमुख हसन नसरल्लाह, हिजबुल्लाहका दक्षिणी मोर्चा कमाण्डर अली कराकी र बद्र युनिट प्रमुख अबु अली ।

अब हिजबुल्लाहको नेतृत्वमा यी तीन जना मात्र बाँकी छन्, बाँकी १८ जनालाई सधैका लागि बिदा गरिएको छ । इजरायलले हिजबुल्लाहको आधा सैन्य शक्तिलाई ध्वस्त पारेको छ।

आइडीएफका अनुसार तीन दिन अघिसम्म हिजबुल्लाहसँग १ लाख ४० हजार रकेट र मिसाइलको भण्डार थियो तर इजरायलले भीषण हमलामा हिजबुल्लाहका आधा रकेट र मिसाइल नष्ट गरिसकेको छ ।

अर्थात् करिब ७० हजार रकेट र मिसाइल जलेको छ । अहिले हिजबुल्लाहसँग करिब ७० हजार रकेट र मिसाइलहरू बाँकी छन्। आइडीएफले हिज्बुल्लाहका ५० प्रतिशत हतियार, ५० प्रतिशत रकेट प्रक्षेपण प्याड र ६० प्रतिशत आधारहरू भग्नावशेषमा परिणत गरेको दाबी गरेको छ।

इजरायलको आक्रमणको अर्को चरण लेबनानमा सुरु हुने विश्वास गरिन्छ। यही कारणले गर्दा इजरायली सेनाले दक्षिणी लेबनान खाली गर्दैछ, आएडीएफलेले मानिसहरूलाई जतिसक्दो चाँडो दक्षिणी लेबनान छोड्न आग्रह गरेको पर्चाहरू फेरि बाँडेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानका जनतालाई अन्तिम चेतावनी दिँदै भनेका छन् कि यदि मानिसहरूले हिजबुल्लाहलाई आफ्नो घरमा मिसाइल र बारूद राख्न अनुमति दिए भने उनीहरूको घर अवश्य ध्वस्त हुनेछ।

अर्कोतर्फ,बाडिएको पर्चाका कारण लेबनानमा हलचल मच्चिएको छ। यी स्लिपहरूमा क्युआर कोड छ, आइडिएफलेले भनेको छ कि मानिसहरूले आफ्नो फोनबाट यो क्युआर कोड स्क्यान गर्नुपर्छ, स्क्यान गरेपछि मानिसहरूले कुन क्षेत्र खाली गर्ने र कहाँ जाने भनेर थाहा पाउनेछन्।

तर हिजबुल्लाहले मानिसहरूलाई क्युआरकोड स्क्यान नगर्न अपील गरेको छ। हिजबुल्लाहले यो पेजर आक्रमण जस्तै मोसादको खतरनाक षड्यन्त्र भएको बताएको छ । यदि बारकोडहरू स्क्यान गरियो भने, मानिसहरूको फोन ह्याक हुनेछ।

तिनीहरूको जानकारी इजरायली सेनासम्म पुग्नेछ। जुन उसले आक्रमणको लागि प्रयोग गर्नेछ। मानिसहरू आतंकको बीचमा दक्षिणी लेबनान छोड्दै छन्। अब आइडिफ लेबनानमा प्रवेश गर्ने र हिजबुल्लाह विरुद्ध जमीनी कारबाही सुरु गर्ने अन्तिम तयारीमा छ ।

Advertisement

स्पष्ट रूपमा लेबनान युद्ध विस्तार हुँदैछ। यसलाई अरबमा ठूलो युद्ध सुरु भएको प्रमाणका रुपमा लिइएको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top