×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

नेपालका प्रधानमन्त्री र मन्त्री अमेरिकामा अहिलेसम्मकै ब्यस्त

११ आश्विन २०८१

११ असोज, एजेन्सी ।

अमेरिकाको न्युर्योकमा मुख्यालय रहेको संयुक्त राष्ट्र संघको ७९ औं महासभा जारी छ । महासभामा विश्वका यसका सदस्यराष्ट्रका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा प्रतिनिधि महासभामा भाग लिन अमेरिका पुगेका छन् ।

Advertisement
Advertisement

महासभाले जुराईदिएको यो अवसरको विश्वका नेताहरुले भरपूर सदुपयोग गर्ने गरेका छन् । यसरी महासभाको दौरान आफ्ना साइडलाइन भेटवार्ता गरेर देश अनुकुल वातावरण बनाउने कामलाई नेपालको नेतृत्व गर्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिरहेका छन् ।

अमेरिका पुगेदेखि भेटवार्ता र अन्तराष्ट्रिय फोरमहरुमा सहभागिता जाइरहेका ओली र देउवा निक्कै ब्यस्त देखिएका छन् । अहिलेसम्म प्रधानमन्त्रीले एक दर्जन विभिन्न मैत्रीपूर्ण सम्बन्ध भएका देश र विभिन्न अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिहरुसँग भेटवार्ता गरिसकेका छन् ।

त्यही हाराहारीको भेटवार्तामा परराष्ट्र मन्त्री आरजु पनि ब्यस्त देखिएकी छन् । उनी प्रधानमन्त्रीका हरेक जसो भेटवार्तामा सरिक छिन् भने आफूले समेत एकल रुपमा छुट्टै भेटवार्ता समेत गर्दै आएकी छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा संघसंस्थाहरुका प्रतिनिधिहरुसंग भेटवार्ता जारी राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली,प्रथम महिला राधिका समेत सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच पनि भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । यस्तै प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबाज शरिफबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशको सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल भएको छ । यस्तै दुई पक्षीय व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवर्धन गर्ने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै ओलीले चीनका विदेशमन्त्री वाङ यीसँग पनि शिष्टाचार भेट वार्ता गरेका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरेको सचिवालयले जनाएको छ ।

चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताएका छन् । यसैगरी प्रधानमन्त्री ओलीसँग कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनले पनि भेटवार्ता गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीसँग न्युयोर्कमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआईडी) का प्रमुख प्रशासक सामन्था पावरले भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले र विश्व बैंक समूहका अध्यक्ष बंगाले नेपाल र विश्व बैंकबीच सहकार्यको बारेमा कुराकानी भएको थियो । यस्तै प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच पनि आज भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच पनि भेटवार्ता भएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए । उनीहरूबीच द्विपक्षीय चासो र आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।

यस्तै प्रधानमन्त्री ओलीसँग संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उपकार्यकारी प्रमुख निशा विस्वालले भेट गरेकी छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ ।

यसअघि ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससंग भेटवार्ता गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीसँग संयुुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरेका थिए ।

भेटमा मानव अधिकार उच्चायुक्त टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका थिए ।

असोज ५ गते अमेरिका पुगेका ओलीले ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता समेत गरेका थिए । यस्तै परराष्ट्रमन्त्रीले पनि भेटवार्तालाई घनिभूत बनाएकी छन् । उनले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग साइडलाइनमा द्विपक्षीय वार्ता गरेकी छन् ।

यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् । यस्तै आरजुले अमेरिकी राज्य विभागका राजनीतिक मामिलाका लागि कार्यवाहक उपसचिव जोन बाससँग समेत भेटवार्ता गरेकी छन् ।

उनले राष्ट्रसंघीय उपमहासचिव तथा ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुससँग समेत भेटवार्ता गरेकी छन् । राणाले महासभा बैठककै दौरान विश्वका मन्त्रीस्तीय बैठकमा समेत सहभागिता जनाएकी छन् ।

कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई आग्रह गरेकी छन् । महासभाका दौरान भएको विश्वका शक्तिशाली २० मुलुकहरुको विदेशमन्त्रीस्तरीय बैठकमा एलडीसीको अध्यक्षको हैसियतले बोल्दै परराष्ट्रमन्त्री राणाले एलडीसी मुलुकहरूलाई सहयोग बढाउनको लागि जी–२० मुलुकहरूलाई आग्रह गरेकी हुन् ।

आरजुले समाजवादी अन्तर्राष्ट्रिय वार्षिक अध्यक्ष मण्डलको बैठकलाई समेत सम्बोधन गरेकी छन् । यस्तै परराष्ट्रमन्त्री डा. देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन्।

त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् ।

आरजु र सर्बियाका विदेश मन्त्री मार्को जुरिकबीच पनि भेटवार्ता भएको छ । जुन भेटवार्तामा नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर गरेको छ ।

यसबीचमा आरजुले जमर्नी, इन्डोेनेसिया र ब्रुनाइका विदेशमन्त्रीहरुसँग समेत भेटवार्ता गरेकी छन् ।प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वागतमा आयोजित कार्यक्रम सुरक्षा र ब्यस्ततताका कारण भन्दै स्थगित हुनु बाहेक प्रधानमन्त्री र परराष्ट्र मन्त्री यसअघिका नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्री भन्दा भेटवार्ताका देष्टिकोणबाट निक्कै ब्यस्त देखिएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली भने आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top