×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मौसम प्रतिकुल हुँदा त्रिभुवन विमानस्थल अस्तब्यस्त

११ आश्विन २०८१

११ असोज,काठमाण्डौ ।

बिहानैदेखिको झरीका कारण आज आन्तरिक उडान प्रायः ठप्प छ । त्यस्तै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी कम भएकाले विदेशबाट आएका जहाज आकाशमै होल्ड गर्नुपरेको छ ।

Advertisement
Advertisement

बैंककबाट आएको थाइ एयरवेज, दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्स र चीनबाट आएको हिमालयन एयरलाइन्स होल्ड भएका छन् । लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेको छैन ।

पार्किङमा जहाज नअटेर ट्याक्सी वेमा समेत भरिभराउ छ । त्यस्तै विमानस्थलभित्र प्रतीक्षालयमा यात्रुको भिड छ । खराब मौसमका कारण झण्डै दुई घण्टा आकाशमै ‘होल्ड’ गरेको थाइ एयरवेजको विमान अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सफल भएको छ ।

२ बजेर २० मिनेटमा उक्त विमान अवतरण गरेको हो । अवतरण अघि उक्त विमानले ललितपुर, मकवानपुर, बाराको आकाशमा लामो समय बिताएको थियो । एक पटक अवतरणको प्रयास गरे पनि ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए ।

त्यसपछि अनुकूल मौसमको पर्खाइमा उक्त विमानले निकै समय आकाशमा गुजार्नु परेको थियो । यसैगरी दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि लामो समय ‘होल्ड’ भएर अवतरण गरेको छ ।

खराब मौसमका कारण विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । कतिपय घरेलु उडान रद्द भएका छन् भने केहीमा विलम्ब भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने अधिकांश होल्ड भएका छन् ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top