×

NEPAL TIMES UPDATES

Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026

टी–२०ः तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

१५ आश्विन २०८१

१५ असोज , काठमाण्डौ ।

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

Advertisement
Advertisement

क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो । तर, सोमबार बिहान भएको दोस्रो खेलमा गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको थियो ।

नेपाली त्यही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ । हिजो भएको खेलमा ओमानले घरेलु टोली क्यानडालाई ८ विकेटले हराएको थियो । १०७ रनको लक्ष्य ओमानले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानको जितमा कप्तान अकिब इल्यासले ४६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ तथा शोयब खानले ३१ बलमा नट आउट ३० रन बनाए । कश्यप प्रजापतीले १३ तथा जिशान मक्सुदले नट आउट २ रन जोडे ।

क्यानडाका लागि डिलेन हेलिगरले १ विकेट लिए । त्यसअघि घरेलु मैदानमा क्यानडा टस हारेर ब्याटिङको निम्ता पाएकोमा १९.५ ओभरमा अल आउट हुदै १ सय ६ रनमा समेटिन पुग्यो ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले सर्वाधिक १८, साद विन जाफरले १५, हर्ष ठाकर र श्रेयश मोभ्भाले समान १४ तथा अखिल कुमारले नट आउट १० रन बनाए । ओमानका लागि करिमुल्लाह, फैयज बट र अकिब इल्यासले समान २ तथा रफिउल्लाह, सकिल अहमद र जिशान मक्शुदले समान १ विकेट लिए ।

सिरिजमा सहभागी नेपाल सहितको तीनै राष्ट्रको दुई खेलबाट समान २ अंक भएको छ । टी २० सिरिजपछि नेपाल अमेरिका प्रस्थान गर्नेछ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

क्रिकेट युएसएका अनुसार नेपाल र अमेरिकाले टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा टी–२० सिरिज खेल्नेछन्। नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। यसअघि लिग–२ का खेल ह्युस्टनमा हुने भनिए पनि खेल डालासको ग्रान्ड प्रिएरीमा हुन भएको हो।

लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानविरूद्ध घरेलु मैदानमा खेलिएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा क्यानडाले चारै खेल जित्यो ।

घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिरिजमा क्यानडाले नेपाल र ओमानविरूद्धका दुवै खेल जितेको थियो।

सिरिजमा नेपालले भने क्यानडासँगको दुवै खेलसहित ओमानसँग एक खेल गुमाएको थियो। ओमानविरुद्ध नेपालको अन्तिम खेल भने वर्षाले अवरूद्ध भएको थियो। लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ।

अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ। यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ।

उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ। यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थनमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ। नेपाल अंक तालिकाको सातौं स्थानमा छ।

Advertisement

नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ। अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top