रोनाल्डोको गोलले साउदीसंग कतार हार्यो

१४ असोज ८१, मंगलबार

१५ असोज , एजेन्सी ।

Advertisement

विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणअन्तर्गत सोमबार कतारको अल रेयानलाई २–१ ले पराजित गरेको छ ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले दुई साताअघि इराकको अल–सर्टासँग १–१ गोलको बराबरी खेलेका थिए । सोमबार उनले दुई गोल गरेका थिए । तर, एक गोलले अफसाइडको मान्यता पायो ।

Advertisement

यद्यपि, रियादमा निर्धारित खेल सकिँन १४ मिनेट बाँकी रहँदा उनले गरेको प्रहार नै निर्णायक साबित भयो । लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले पनि नासरका लागि गोल गर्दै पहिलो हाफको इन्जुरी समयका सुरुआती अग्रता दिलाएका थिए ।

रोनाल्डोले दोस्रो गोल थप्दा नासरको तीन अंक सुरक्षित देखिएको थियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा रोजर गुएडेसले गोल गर्दै अल–रेयानलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

Advertisement

तर, उनी सफल भएनन् । यसैबीच फ्रान्सका अट्याकिङ मिडफिल्डर एन्टोनी ग्रीजम्यानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमा सोमबार एक पोष्ट गर्दै ३३ बर्षीय ग्रीजम्यानले सन्यासको घोषणा गरेका हुन् ।

सन्यास घोषणा गर्दै उनले भनेका छन– ’यो सम्झनाले भरिएको हृदयले मेरो जीवनको यो अध्याय बन्द गर्दैछु ।’ हाल स्पेनिस क्लब एटलेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ग्रीजम्यान २०१४ मा फ्रान्सका लागि डेभ्यु गरेका थिए ।

उनले फ्रान्सका लागि अहिलेसम्म १३७ खेल खेल्दै ४४ गोल गरेका छन् । फ्रान्सको यू–१९ टिम हुँदै राष्ट्रिय टिममा खेलेका ग्रीजम्यान फ्रान्सलाई २०१८ को विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य थिए । साथै २०२२ को विश्वकपमा उपविजेता हुँदा पनि उनी टिममा थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top