१५ असोज ,काठमाण्डौ।
केही साता अघिदेखि लगातार ओरालो लागिरहेको शेयर बजारमा आज उछाल आएको छ । हिजो समेत उच्च अंकले बढेको बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो ।
पछिल्लो केहि दिन घटेको बजार हिजो र आज भने लोभलाग्दो सुधार देखिएको हो । दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्तामा उत्साह छाएको छ । कम्पनीहरुको शेयर मुल्यमा समेत सुधार देखिएको छ।
दशैंको बिक्री दबाबले घटी रहेको बजार अब भने सुधार तिर जाने अपेक्षा लगानीकर्ताहरुको रहेको छ । नाफा बुक गरि सकेको र दशैंका लागि आवश्यक जोहो भइसकेको हुँदा बजार अब सकारात्मक यात्रा तिर अघि लम्किने विश्वास रहेको छ ।
नियामक निकाय समेत सकारात्मक रहेको र शेयर बजारका लागि आवश्यक सूचक सकारात्मक बन्दै गएको हुँदा बजारले लय नै लिने देखिन्छ । जस गर्दा लगानीकर्ता शेयर धितोकर्जा तिर समेत झुम्मिन थालेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार उच्च अकंले बढ्दा अधिकांश कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढ्दा आज ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । यसदिन २४३ कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।
मंगलबार अधिकांश फाइनान्समा सर्किट लागेको छ । बुटवल पावर, गोर्खाज फाइनान्स, गुडबिल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्ससहित २७ कम्पनीमा सर्किट लागेको हो ।