५ वर्ष थुन्नु पर्छ भनेका प्रसाईं १ लाख धरौटीमा छुटे

१४ असोज ८१, मंगलबार

१५ असोज , काठमाण्डौ ।

Advertisement

चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । सरकारी वकिलको कार्यालयले ५ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गरेपनि अदालतले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०÷५० हजार धरौटी लिन आदेश गरेको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिएका छन् ।

Advertisement

साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई धरौटीमा छाड्न अदालतले दिएको आदेशसँगै थुनामुक्त हुने भएका छन् । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध ५ वर्षसम्म कैद सजाय मागिएको थियो । उनी ९ दिनअघि पक्राउ परेका थिए । सुरुमा एक पार्टी नेतृको जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्काे पनि मुद्दा थपिएको थियो ।

Advertisement

उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका थिए । प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने फरार छन्।

आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिला नेतृले ब्युरोमा जाहेरी दिएकी थिईन् । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ।

युट्युब च्यानलमा प्रसाईंले महिलाको ‘चरित्रहत्या गरेको’ आरोप थियो । दुबईबाट प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए। सो दाबीलाई ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताइन् ।

त्यसपछि प्रसाईंले उनको विरुद्ध अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन ।’

आफुविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि ती महिलाले ब्युरोमा जाहेरी दिएकी हुन् । झापाको बीएण्डसी अस्पतालका संचालक समेत रहेका प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकले यसअघि झापा बन्दको आह्वान समेत गरेका थिए ।

आन्दोलित बनेका उनका समर्थकहरुले गएकोे सोमबार सबेरै ३ वटा भारतीय ट्रकमा आगजनी गरी क्षति पुर्याएका थिए । यसअघि पक्राउ पर्दै गर्दा प्रसाईंले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म पनि प्रधानमन्त्री केपी ओलीविरुद्ध लड्ने बताएका थिए ।

पछिल्लो समय प्रसाईंले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’को नाममा गतिविधि गरिरहेका छन् । उनले विभिन्न उद्योगी, व्यवसायी, नेताहरुविरुद्ध आधारहीन टिप्पणी गर्दै आएका छन्

उनीमाथि प्रहरीको विद्युतीय कारोबार ऐनअनुसार कारबाही माग दाबी गरेको थियो । ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय समेत हुनसक्ने व्यवस्था गरिएको छ । उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले गएको असोज ६ मा पक्राउ गरेको थियो । उनीसँगै पक्राउ पुर्जी जारी भएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने अझै फरार छन् । एक महिलाबारे चरित्र हत्या हुने किसिमको अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि प्रसाईं पक्राउ परेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top