दोस्रो विश्व युद्धको ५०० पाउण्डको बम जापानमा पड्कियो

१७ असोज ,  एजेन्सी ।

जापान दोस्रो विश्व युद्धमा सबैभन्दा नराम्ररी प्रभावित भएको देश हो । जसले अमेरिकाका दुई शक्तिशाली आणविक बमको सामना गर्नुपरेको थियो । दोस्रो विश्वयुद्धमा बम र बारुद्धबाट लाखौंको मानवीय क्षति ब्यहोरेको जापानले अहिलेसम्म त्यसको असर भोगिरहेको छ ।

बुधबार मात्रै जापानी विमानस्थलमा अमेरिकी बम अचानक विस्फोट भएको छ । यो बम दोस्रो विश्वयुद्धको समयको रहेको अनुमान गरिएको छ । बम विस्फोटले विमानस्थलको ट्याक्सीवेमा ठूलो खाडल बनेको छ ।

Advertisement

जसका कारण यहाँ ८० भन्दा बढी उडान रद्द गर्नुपरेको छ । विष्फोटमा कोही पनि घाइते नभएको जापानी अधिकारीहरुले बताएका छन् । यसबारे भूमि तथा यातायात मन्त्रालयका अधिकारीहरूले दक्षिण–पश्चिम जापानको मियाजाकी विमानस्थलमा बम विस्फोट हुँदा त्यहाँ कुनै विमान नभएको बताएका छन् ।

अधिकारीहरूले सेल्फ डिफेन्स फोर्स र प्रहरीले गरेको अनुसन्धानले विस्फोट ५०० पाउण्डको अमेरिकी बमबाट भएको खुलासा गरेको बताएका छन् । तर, अहिले कुनै खतरा छैन ।

Advertisement

अकस्मात विष्फोट के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको छ । यो दुर्घटना एक उड्डयन विद्यालयबाट रेकर्ड गरिएको भिडियोमा देखिएको छ । विष्फोटका कारण टुक्राहरु फोहराजस्तै हावामा उफ्रिरहेको देखिएको थियो ।

जापानी मिडियाका अनुसार प्रसारित भिडियोमा ट्याक्सीवेमा गहिरो खाडल देखिन्छ । त्यसलगत्तै जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले विमानस्थलमा ८० भन्दा बढी उडानहरू रद्द गरिएको जानकारी दिएका छन् ।

उनले एक दिनपछि पुनः उडान सञ्चालन हुने बताएका छन् । विश्वयुद्धमा जापानले हतियार राखेको थिएन । हारे पनि उसले हार मानेन । यसपछि अगस्ट ६, १९४५ मा अमेरिकाले जापानको हिरोसिमा सहरमाथि उडान भरेर बम्बरबाट परमाणु बम खसालेको थियो ।

उक्त बमको नाम लिटिल ब्वाई थियो । यो बम सहरभन्दा ६०० मिटर माथि नै विस्फोट भएको थियो । यस विस्फोटमा ७० देखि ८० हजार मानिसले ज्यान गुमाएका थिए ।

तर, त्यसको तीन दिनपछि ९ अगस्ट १९४५ मा अमेरिकाले नागासाकीमा दोस्रो परमाणु बम ‘फ्याट म्यान’ खसालेको थियो । जसबाट ९० हजार देखि १ लाख ६६ हजारसम्म मानिसहरु हताहती भएको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top