×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बर्ड फ्लूले ४७ बाघ, ३ सिंह, १ प्यान्थर मरे

१७ आश्विन २०८१

१७ असोज ,एजेन्सी ।

भियतनामको चिडियाखानामा बर्ड फ्लू भाइरसले आतंक मच्चाउन थालेका छ । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ ।

Advertisement
Advertisement

आधिकारिक भियतनाम समाचार एजेन्सी भिएनएका अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो ।

“नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु “एच ५ एन१ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको भिएनएले जनाएको छ। चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था “एजुकेशन फर नेचर भियतनाम (इएनभी)” ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ ।

सन् २०२२ देखि एच५एन१ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनाएको छ । भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो ।

अमेरिकाको टेक्ससमा पनि एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएको थियो । सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा पनि बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान गएको थियो ।

सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो । विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार ‘नोटिफाइअबल एभिअन इन्फ्लुएन्जा’ भाइरसको ‘सब–टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लू भनिन्छ ।

आनुवंशिक गुण फेर्न सक्ने सो भाइरसको विशेषता नै त्यसको अस्तित्वको निरन्तरताको प्रमुख कारण भएको विज्ञहरू बताउँछन् । बर्ड फ्लूको भाइरसले आफूले मार हान्ने पशुपक्षीको शरीर अनुकूल आफूमा क्षमताको विकास गर्न सक्छ ।

सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लूको भाइरस एकदमै ‘अस्थिर’ खालको हुने गरेको बताइन्छ । उनीहरूका अनुसार बर्ड फ्लूको सङ्क्रमण देखिनासाथ नेपालमा मात्रै नभई विश्वको जुनसुकै ठाउँमा चालिने कदम भनेको सङ्क्रमण नियन्त्रण तथा रोकथाम नै हो ।

त्यसका लागि सङ्क्रमित पशुपक्षी तथा तिनका उत्पादन लगायत सामग्रीलाई नष्ट गरिन्छ ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top