×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

पूर्वको फास्ट ट्रयाक खोलामा बग्यो, ५ राजमार्ग अझै ठप्प

१७ आश्विन २०८१

१७ असोज , काठमाण्डौ।

अविरलवर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको संघीय राजधानीबाट पूर्व क्षेत्र जोड्ने फास्ट ट्रयाकमा रुपमा रहेको विपी राजमार्ग दशैँअघि नखुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिएका हन् ।

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दशैँ अगाडी बीपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे । यद्यपी खुलाउने प्रयास भने जारी राखिने उनको भनाई छ । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले प्रस्ट पारेका छन् ।

‘बीपी राजमार्गको अवस्था देख्दाखेरी दशैँ अगाडी त्यो खुल्ने सम्भावना छैन । हामी त्यो निस्कर्षमा पुग्यौँ । काम निरन्तर गर्छौ किनभने त्यहाँ गाडीहरु रहेका छन् । गाडीका स्टाफहरु गाडी कुरेर बस्नुभएको छ भनेपछि सकेसम्म हामी प्रयास गर्दै दशैँ अगाडी अड्किएका गाडीहरु ल्याउने प्रयास गर्छौ । त्यो उद्धार मात्रै हुन्छ । सार्वजनिक गाडी छोड्नेगरी नै गर्न सकिने अवस्था हामी देख्दैनौँ । धेरै ठाउँमा बिग्रिएको छ ।’ उनले भनेका छन् ।

मन्त्रालयले बीपी राजमार्गको १२ किमी सडक पुर्णरुपमा बगेको जानकारी दिएको छ । मन्त्रालयले अहिले दुवै तर्फको पहिरो सफा गर्ने काम गरिरहेको र रोशी नदीको पानीको बहावलाई मध्यनजर गरेर सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरि अस्थायी रुपमा यातायात संचालन गर्ने जानकारी दिएको छ ।

मन्त्रालयले बीपीसहित अझै पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । जसमा अरनिको राजमार्गको लार्चा–कोदारी खण्डको पुल बगाएको बताएको छ। त्यस्तैगरी पुष्पलाल राजमार्गको ८० किलोमिटर खण्डमा धेरै ठाउमा पहिरो गरेर सडक समेत बगाएको अवस्था रहेकोले सडक मर्मत गरेर बर्दिबासबाट विपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुदै काठमाडौँ प्रवेश गराउने मन्त्रालयले बताएको छ ।

त्यस्तै कान्ति राजपथको १३ किमी सडक अवरुद्ध रहेकोमा मकवानपुर र ललितपुर दुवै तर्फ पहिरो सफा गर्ने काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मेची राजमार्गको रमिते–फिदिम खण्डको हेवा पुलसहित ८ किलोमिटर सडक अवरुद्ध भएको जानकारी दिदै मन्त्रालयले रमिते डाँडाको पहिरो हटाउने काम गरिरहेको जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएको जानकारी दिदै ७७४ स्थानको पहिरो हटाइएको जानकारी दिएको छ । मन्त्रालयले बाढी पहिरोले सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताएको छ ।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ कि.मि., विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ कि.मि., मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० कि.मि., कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ कि.मी. र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ कि.मी. हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिएका छन् ।

त्यसैगरी क्षति भएको पुलहरुमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, विपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको वागमती पुल, माईपोखरी–सन्दकपुर ईलामको रातेखोला पुल र कान्ति राजपथको वागमती पुल रहेको उनले जानकारी दिए ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् ।

मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् ।

उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको बताए ।उनले वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताएका छन् ।

उनले भनेका छन्, – ‘यातायातको शुल्कको सम्बन्धमा अलि घुमाएर लादाखेरी अलिअलि हामीले आँखा पनि चिम्लिदिएका छौँ । सिधा बाटोको साटो अलिकति घुमाएर लाँदा थोरै शुल्क बढायो भने त त्यसलाई आँखा चिम्लिन सकिन्छ तर अत्याधिक बढायो भने त्यसको अनुगमन गर्नैपर्छ ।

नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ । नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ ।

यसअघि सरकारले झ्याप्ले खोलाको पहिरोमा रात्रीकालीन ३ सवारी पुरिएपछि धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई केन्द्रमा तानेको थियो । सिडिओ राजेन्द्रदेव पाण्डे र एसपी गौतम केसीलाई जिम्मेवारीबाट हटाइएको हो।

विपतको समयमा समन्वय गरेर काम गर्न नसकेको निष्कर्षका आधारमा उनीहरूलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ। धादिङको सिडिओमा सुमन घिमिरे र प्रहरी प्रमुखमा एसपी दीपेन्द्र शाहीलाई खटाइएको छ।

त्यस्तै, विपतको समयमा बिदामा बसेका काभ्रेका सिडिओ सूर्यप्रसाद सेढाइँलाई पनि हटाइएको छ। काभ्रेमा सहसचिव उमेश ढकाललाई खटाइएको छ।

सरकारले भारी वर्षाको पूर्वानुमानकै समयमा रात्रीकालीन लामो दुरीका सवारी संचालनमा रोक लगाएपनि त्यसको कार्यान्वयन नभएको भन्दै सम्बन्धिक अधिकारीहरुलाई कारबाही गर्न जनस्तरमा समेत आवाज उठ्दै आएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले समेत सरकारको निर्णय किन कार्यान्वयन भएन भन्दै प्रश्न उठाएका छन् ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top