×

NEPAL TIMES UPDATES

Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026

आज कुन ठाउँमा कस्तो वर्षा ? कहाँ हुँदैछ भारी वर्षा ?

१८ आश्विन २०८१

१८ असोज , काठमाण्डौ ।
बाढीपहिरो तथा डुबानका कारण हालसम्म २३९ को मृत्यु तथा १९ जना अझै वेपत्ता रहेर नेपालीहरुले राष्ट्रिय विपद्को सामना गरिरहँदा दशैंको मुखमा आज फेरि अर्को यात्रुबाहक गाडी दुर्घटनामा परेको छ ।

आज विहानै सिन्धुलीको कमलामाईमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौँबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका– ८ भिमान नजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनामा माइक्रोका चालकसहित १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ‘घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ,’ एसपी गोविन्द काफ्लेले भने, ‘बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन्।’

दुर्घटनामा माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए । माइक्रोमा १९ जना सवार थिए । तीमध्ये चार जना सकुशल छन् । चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

माइक्रो सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ । यसरी कहिले बाढीपहिरोका कारण त कहिले मानविय कमजोरी वा सवारीको खराब कण्डिसनका कारण पछिल्लो समय दिनहुँजसो सवारी दुर्घटना हुन थालेका छन् ।

यद्यपि अहिले सडकको अवस्था हेरेर र मौसम हेरेरमात्रै यात्रा गर्न सरकारले नै अपिल समेत गरिरहेको छ । यो दुखद दुर्घटनासंगै अब मौसमबारे पनि जानकारी ।देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा गएराति र बिहान पनि पानी परेको छ । यस्तै आज कोशी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका गरेका छन् ।

अहिले पनि देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

सोही कारण कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा उल्लेख्य वर्षा भएको छ । इलामको टी इस्टेटमा ६५.८, विराटनरमा ४९.६, सुनसरीको तरहरामा ४४.२, भोजपुरमा ४२.४ मकवानपुरको हात्तीसुँढेमा ७०, मकवानपुरको गढीमा ६१.२, नवलपरासीको दुम्कौलीमा ४७.६, कास्कीका ६५, लुम्लेमा ५३.६ मिलिमिटर पानी परेको छ ।

यसैबीच असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि बढेका नदीहरूको अवस्था सामान्य हुँदै गएको छ । आज बिहान गरिएको मापनअनुसार, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तल रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाब पनि सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ । आज झन्डै २७ जिल्लामा नदीहरूको बहाब घटबढ हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, कास्की, तनहुँ, पाल्पा, स्याङ्जा र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको जलसतह आकस्मिक घटबढ हुन सक्ने पूर्वानुमान छ ।

भोलि कोसी प्रदेश र वाग्मती प्रदेश भएर बहने केही ससाना नदीहरूमा बहाब बढ्ने पूर्वानुमान गरिएको छ । पर्सि शनिबार भने देशभरका नदीहरूको बहाब सामान्य अवस्थामा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनअघिको बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर १९ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएका छन् ।

Advertisement

प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ । बेपत्ताको खोजी र सहायता परिचालनको काम चलिरहेको उनले बताए । बाढीपहिरोले अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top