×

NEPAL TIMES UPDATES

Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026

इजरेलले हिजबुल्लाहका नयाँ प्रमुखको पनि गर्याे ‘सफाया’

१८ आश्विन २०८१

१८ असोज , एजेन्सी ।
इजरायल र हिबुल्लाहबीचको लडाई दिनानुदिन थप भीषण बन्दै गएको छ । विहीबार राति फेरि हिजबुल्लाहले इजराइलमाथि २६० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इजराइलमा प्रहार गरेको इजरेलले बताएको छ ।

हिजबुल्लाहले पनि आफुले बिहीबार दिनभरमा इजरायली सैनिक अड्डा र वस्तीहरूमा ३२ अलग–अलग आक्रमण गरेको भनेको छ । दक्षिणी भूभागमा जमिनबाट पनि इजरायली सैनिकमाथि आक्रमण गरिएको उनीहरूको दाबी छ ।

Advertisement
Advertisement

बिहीबार हिजबुल्लाह लगायत इरान समर्थित अन्य मिलिसियाहरूले पनि इजरायलमा ड्रोन आक्रमण गरेको बताइएको छ । इजरायलले आफ्नो दक्षिणी क्षेत्रमा भएको ड्रोन आक्रमण निस्तेज पारिएको भनेको छ ।

इजरायलमाथि भएका यी आक्रमणबाट कुनै क्षति नभएको बताइएको छ । यता इजरायलले पनि लेबनानी भूमिमा आक्रमण जारी राखेको छ । भारी बमबारी र जमिनबाट समेत हिजबुल्लाहसँग लडिरहेको इजरायली अधिकारीहरूले अन्तर्राष्ट्रिय अखबारहरूसँग भनेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट बिहीबार मात्रै ३७ जना मारिएको र १५१ जना घाइते भएको जनाएको छ । यसबीच इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार, इजरायली सेनाले बिहीबार बेरुतमा सफीद्दिनलाई निशाना बनाएर मारेको हो । न्युयोर्क टाइम्सका अनुसार, इजरायली सेनाले भूमिगत बंकरमाथि हवाई आक्रमण गरेको थियो ।

जहाँ हिजबुल्लाहका शीर्ष अधिकारीहरूले बैठकको आयोजना गरेका थिए । सफीद्दिन बैठकमा सहभागी हुन जाँदै थिए । त्यसैबेला आक्रमण गरिएको जनाइएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाह दुवै सफीद्दिनको हत्याबारे कुनै जानकारी दिएका छैनन् ।

गत हप्ता नसरल्लाह मारिएपछि सफीद्दिनलाई उनको उत्तराधिकारी मानिएको थियो । सफीद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्थे । त्यसैले नसरल्लाहले जस्तै कालो पगडी लगाउँथे ।

सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो । उनले हिजबुल्लाहको राजनीतिक मामिला हेर्थे । यसबाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन् । इजरायलले बेरूत र दक्षिणी लेबनानमा आक्रमण जारी राख्ने पनि भनेको छ ।

यसैबीच इजरायलले बिहीबार राति वेस्ट बैंकको तुलकर्ममा हवाई आक्रमण गरेको छ । त्यसपछि प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकमा हालैको सबैभन्दा घातक हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएको छ।

इजरायल डिफेन्स फोर्स र शिन बेटले जारी गरेको संयुक्त विज्ञप्तिमा हमासका शीर्ष कमाण्डर जाही यासेर अब्द अल–राजेक औफी र तुलकर्ममा अन्य धेरै लडाकूहरूलाई लक्षित गरी आक्रमण भएको बताएको छ।

सेनाका अनुसार औफीले आतंकवादी हमलाको योजना बनाएका थिए । इजरायल गाजामा हमाससँग, लेबनानमा हिजबुल्लाह, यमनमा हुथीसँग र इरानसँग युद्धमा छ । इरानी आक्रमणको पनि कडा जवाफ दिने चेतावनी इजरायलले दिइसकेको छ ।

यसबीच न्युयोर्क टाइम्सले सन् १९६७ को अरब–इजरायल वार यताकै सबैभन्दा ठूलो युद्ध सुरु भएको जनाएको छ । इजरायल र हमासबीच युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा मध्यपूर्वको युद्ध अझ झाँगिएको छ ।

मध्यपूर्वका प्रमुख शक्तिहरू नै युद्धमा होमिएपछि विश्वव्यापीरूपमा चिन्ता बढिरहेको छ । पछिल्लोपटक अक्टोबर १ मा इरानले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वको युद्धले नयाँ रूप लिने निश्चित छ ।

इजरेलले पश्चिमा देशहरूको साथ पाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले भनेका छन– हामीमाथि जसले आक्रमण गर्छ, हामी उनीहरूमाथि आक्रमण गर्छौं। अर्कोतर्फ अमेरिकाले इरानले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

ह्वाइट हाउसले इरानले ’कठिन परिस्थितिको सामना गर्नुपर्ने’ चेतावनी दिएको छ । गत वर्षको अक्टोबर ७ यताको निरन्तरको आक्रमणका कारण गाजामा ४१ हजार ७८८ जनाको ज्यान गइसकेको छ ।

यस्तै, ९६,७९४ जना घाइते भएका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा झन्डै १२ सय जनाको ज्यान गएको थियो भने अन्य २०० जनालाई बन्दी बनाइएको थियो ।बन्दी बनाएका मध्ये अझै केही मुक्त हुन् सकेका छैनन् ।

हमासमाथिको आक्रमणको निरन्तर विरोध गर्दै आएका देश र समूहले अहिले इजरायलसँग युद्ध लडिरहेका छन् । पछिल्लोपटक इजरायलले लेबनानको हिजबुल्लालाई लक्षित गरेर आक्रमण थालेपछि इरान पनि युद्धमा उत्रिएको छ ।

अक्टोबर १ मा इरानले इजरायलमा एकैपटक २०० वटा मिसाइल खसाएको थियो । पछिल्लो समय इजरायली सेनाले लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठूलो विस्फोट गराएको छ ।

लक्ष्य स्पष्ट नभए पनि विस्फोट गराइएको क्षेत्र हिजबुल्लाहको गढ मानिने दाहिहेको सिमाना रहेको बताइएको छ । लेबनानी सेनाका अनुसार, देशको दक्षिणी क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ ।

आक्रमणका क्रममा लेबनानी सेनाका दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका २० सहर र गाउँहरू खाली गर्न निर्देशन दिएको छ । यस्तै, इजरायली वायुसेनाले हिजबुल्लाहको गुप्तचर मुख्यालय, हतियार उत्पादन साइट, हतियार भण्डारण क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, दुई हप्ताको अवधिमा इजरायलको आक्रमणमा लेबनानमा १,३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दश लाख भन्दा बढी विस्थापित भएका छन् ।

सेप्टेम्बर २७ मा इजरायलले राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टन बमले आक्रमण गरेको थियो । जसमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएका थिए । यस हमलामा नसरल्लाहबाहेक उनकी छोरी जैनबको पनि मृत्यु भएको थियो ।

यसअघि, इजरायलले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका ज्वाइँ हसन जाफर अल कासिरलाई मारेको दाबी गरेको छ । समाचार एजेन्सी एएफपीले इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो जसमा उनको मृत्यु भएको थियो । सो आक्रमणमा थप २ जना पनि मारिएका थिए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top