NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

इजरेलले हिजबुल्लाहका नयाँ प्रमुखको पनि गर्याे ‘सफाया’

शुक्रबार अशोज १८ , २०८१
Reading Time: 1 min read
A A
इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ असोज , एजेन्सी ।
इजरायल र हिबुल्लाहबीचको लडाई दिनानुदिन थप भीषण बन्दै गएको छ । विहीबार राति फेरि हिजबुल्लाहले इजराइलमाथि २६० वटा क्षेप्यास्त्र प्रहार गरेको छ । सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इजराइलमा प्रहार गरेको इजरेलले बताएको छ ।

हिजबुल्लाहले पनि आफुले बिहीबार दिनभरमा इजरायली सैनिक अड्डा र वस्तीहरूमा ३२ अलग–अलग आक्रमण गरेको भनेको छ । दक्षिणी भूभागमा जमिनबाट पनि इजरायली सैनिकमाथि आक्रमण गरिएको उनीहरूको दाबी छ ।

बिहीबार हिजबुल्लाह लगायत इरान समर्थित अन्य मिलिसियाहरूले पनि इजरायलमा ड्रोन आक्रमण गरेको बताइएको छ । इजरायलले आफ्नो दक्षिणी क्षेत्रमा भएको ड्रोन आक्रमण निस्तेज पारिएको भनेको छ ।

इजरायलमाथि भएका यी आक्रमणबाट कुनै क्षति नभएको बताइएको छ । यता इजरायलले पनि लेबनानी भूमिमा आक्रमण जारी राखेको छ । भारी बमबारी र जमिनबाट समेत हिजबुल्लाहसँग लडिरहेको इजरायली अधिकारीहरूले अन्तर्राष्ट्रिय अखबारहरूसँग भनेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट बिहीबार मात्रै ३७ जना मारिएको र १५१ जना घाइते भएको जनाएको छ । यसबीच इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका भाइ हसम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार, इजरायली सेनाले बिहीबार बेरुतमा सफीद्दिनलाई निशाना बनाएर मारेको हो । न्युयोर्क टाइम्सका अनुसार, इजरायली सेनाले भूमिगत बंकरमाथि हवाई आक्रमण गरेको थियो ।

जहाँ हिजबुल्लाहका शीर्ष अधिकारीहरूले बैठकको आयोजना गरेका थिए । सफीद्दिन बैठकमा सहभागी हुन जाँदै थिए । त्यसैबेला आक्रमण गरिएको जनाइएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हिजबुल्लाह दुवै सफीद्दिनको हत्याबारे कुनै जानकारी दिएका छैनन् ।

गत हप्ता नसरल्लाह मारिएपछि सफीद्दिनलाई उनको उत्तराधिकारी मानिएको थियो । सफीद्दीनले आफूलाई पैगम्बर मोहम्मदको वंशज मान्थे । त्यसैले नसरल्लाहले जस्तै कालो पगडी लगाउँथे ।

सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो । उनले हिजबुल्लाहको राजनीतिक मामिला हेर्थे । यसबाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन् । इजरायलले बेरूत र दक्षिणी लेबनानमा आक्रमण जारी राख्ने पनि भनेको छ ।

यसैबीच इजरायलले बिहीबार राति वेस्ट बैंकको तुलकर्ममा हवाई आक्रमण गरेको छ । त्यसपछि प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकमा हालैको सबैभन्दा घातक हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएको छ।

इजरायल डिफेन्स फोर्स र शिन बेटले जारी गरेको संयुक्त विज्ञप्तिमा हमासका शीर्ष कमाण्डर जाही यासेर अब्द अल–राजेक औफी र तुलकर्ममा अन्य धेरै लडाकूहरूलाई लक्षित गरी आक्रमण भएको बताएको छ।

सेनाका अनुसार औफीले आतंकवादी हमलाको योजना बनाएका थिए । इजरायल गाजामा हमाससँग, लेबनानमा हिजबुल्लाह, यमनमा हुथीसँग र इरानसँग युद्धमा छ । इरानी आक्रमणको पनि कडा जवाफ दिने चेतावनी इजरायलले दिइसकेको छ ।

यसबीच न्युयोर्क टाइम्सले सन् १९६७ को अरब–इजरायल वार यताकै सबैभन्दा ठूलो युद्ध सुरु भएको जनाएको छ । इजरायल र हमासबीच युद्ध सुरु भएको एक वर्ष पुग्नै लाग्दा मध्यपूर्वको युद्ध अझ झाँगिएको छ ।

मध्यपूर्वका प्रमुख शक्तिहरू नै युद्धमा होमिएपछि विश्वव्यापीरूपमा चिन्ता बढिरहेको छ । पछिल्लोपटक अक्टोबर १ मा इरानले इजरायलमाथि आक्रमण गरेपछि मध्यपूर्वको युद्धले नयाँ रूप लिने निश्चित छ ।

इजरेलले पश्चिमा देशहरूको साथ पाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले भनेका छन– हामीमाथि जसले आक्रमण गर्छ, हामी उनीहरूमाथि आक्रमण गर्छौं। अर्कोतर्फ अमेरिकाले इरानले गरेको आक्रमणको भर्त्सना गरेको छ ।

ह्वाइट हाउसले इरानले ’कठिन परिस्थितिको सामना गर्नुपर्ने’ चेतावनी दिएको छ । गत वर्षको अक्टोबर ७ यताको निरन्तरको आक्रमणका कारण गाजामा ४१ हजार ७८८ जनाको ज्यान गइसकेको छ ।

यस्तै, ९६,७९४ जना घाइते भएका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा झन्डै १२ सय जनाको ज्यान गएको थियो भने अन्य २०० जनालाई बन्दी बनाइएको थियो ।बन्दी बनाएका मध्ये अझै केही मुक्त हुन् सकेका छैनन् ।

हमासमाथिको आक्रमणको निरन्तर विरोध गर्दै आएका देश र समूहले अहिले इजरायलसँग युद्ध लडिरहेका छन् । पछिल्लोपटक इजरायलले लेबनानको हिजबुल्लालाई लक्षित गरेर आक्रमण थालेपछि इरान पनि युद्धमा उत्रिएको छ ।

अक्टोबर १ मा इरानले इजरायलमा एकैपटक २०० वटा मिसाइल खसाएको थियो । पछिल्लो समय इजरायली सेनाले लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठूलो विस्फोट गराएको छ ।

लक्ष्य स्पष्ट नभए पनि विस्फोट गराइएको क्षेत्र हिजबुल्लाहको गढ मानिने दाहिहेको सिमाना रहेको बताइएको छ । लेबनानी सेनाका अनुसार, देशको दक्षिणी क्षेत्रमा इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ ।

आक्रमणका क्रममा लेबनानी सेनाका दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका २० सहर र गाउँहरू खाली गर्न निर्देशन दिएको छ । यस्तै, इजरायली वायुसेनाले हिजबुल्लाहको गुप्तचर मुख्यालय, हतियार उत्पादन साइट, हतियार भण्डारण क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार, दुई हप्ताको अवधिमा इजरायलको आक्रमणमा लेबनानमा १,३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । दश लाख भन्दा बढी विस्थापित भएका छन् ।

सेप्टेम्बर २७ मा इजरायलले राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टन बमले आक्रमण गरेको थियो । जसमा हिजबुल्लाह प्रमुख नसरल्लाह मारिएका थिए । यस हमलामा नसरल्लाहबाहेक उनकी छोरी जैनबको पनि मृत्यु भएको थियो ।

यसअघि, इजरायलले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका ज्वाइँ हसन जाफर अल कासिरलाई मारेको दाबी गरेको छ । समाचार एजेन्सी एएफपीले इजरायली सेनाले बुधबार सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको थियो जसमा उनको मृत्यु भएको थियो । सो आक्रमणमा थप २ जना पनि मारिएका थिए ।

Tags: #इजराइलमाथि क्षेप्यास्त्र प्रहार#इजरायल र हिबुल्लाह

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.