NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१८ असोज ,काठमाण्डौ।

काठमाडौ उपत्यकाको पानीको निकास हुने एकमात्र ठाउँ हो चोभार । यो काठमाडौं उपत्यकाको एक पर्यटकीय स्थल पनि हो। यस स्थानको अर्को नाम भूतखेल पनि हो । काठमाडौं उपत्यकाको पानी निकास हुने एक मात्र स्थान चोभार गल्छी प्राबिधिक कारण थुनियो मात्र भने काठमाडौंको हालत के होला ?

यो पछिल्लो तीन दिनको अविरल वर्षापछि जनमानसमा उठेको मुख्य प्रश्न हो । अविरलवर्षापछिको बाढीका कारण काठमाडौं ललितपुर जलमग्न भए । ठूलो मानवीय क्षति नै काठमाडौं उपत्यकावासीले भोग्नु पर्याे। बाढीले जताततै जलमग्न भएपछि धेरैले टिप्पणी गरे काठमाडौंका प्राकृतिक रुपमा बगेका खोला तथा नदी नालाहरुलाई संकुचित गर्दै सामान्य कुलो जस्तो स्वरुपमा पुर्याइएपछि यो अवस्था आइपर्याे ।

कीर्तिमानी रुपमा परेको वर्षापछि नहुनु प्राकृतिक विपद् आईसक्यो तर आगामी दिन फेरि यस्तो विपद् नआउला भन्न सकिन्न् । यदि भोलिका दिनमा काठमाडौंले फेरि अहिलेकै अवस्था जस्तो प्राकृतिक विपद्को सामना गर्नुपर्याे र त्यो अवस्थामा काठमाडौंको पानीको एक प्रमुख निकाश चोभारको गल्छी अबरुद्ध भयो भने त्याहाको अवस्था के होला ?यसको ध्यानाकर्षण गराएका छन्,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले ।

बाघद्बारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। अहिले चोभार कीर्तिपुर नगरपालिकामा पर्छ। यहाँ हिमाल सिमेन्ट कारखाना खुलेको थियो। तर अहिले बन्द छ।

एसियाका लामा गुफामध्येको एक मञ्जुश्री गुफा त्याहा रहेको छ। चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न समेत सकिन्छ। किम्बदन्ती अनुसार,काठमाडौं उपत्यकामा पानी जमेको थियो।

मन्जुश्रीले तरवारले पहाड काटेर पानी सुकाए त्यसपछि उपत्यकामा वस्ती वस्न योग्य भएको हो भन्ने भनाइ छ। शुरूमा काठमाडौं उपत्यका ठूलो दहको रूपमा रहेको र चोभारको गल्छी काटेर पानी बगेपछि यहाँ मानव बस्ती बसाल्ने काम बोधिसत्व मञ्जुश्रीबाट भएको विश्वास काठमाडौंका बौद्ध धर्मावलम्बीहरूको छ ।

यो विश्वासको आधार स्थानीय ‘स्वयम्भूपुराण’ हो । भौगर्भिक अध्ययन अनुसार पनि काठमाडौं उपत्यका शुरूमा ठूलो तलाउ थियो र प्राकृतिक प्रक्रिया अनुसार लामो समयपछि पानीले निकास पाएको हो ।

यसलाई बौद्ध धर्मावलम्बीहरूबीच मञ्जुश्री र हिन्दूहरूबीच कृष्णसँग जोडेर कथा रचना भएको छ । अर्काे तर्फ चीनबाट आएका मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाइ फेरि चीन नै फर्किए भन्ने जनविश्वास पनि स्थानीय बौद्ध धर्मावलम्बीहरूमा रहेको छ ।

अहिले काठमाण्डौ उपत्यका भनिए तापनि यो ठाउँ केहि समय अघिसम्म पनि नेपाल–खाल्डो कै रूपमा परिचित थियो । यसको उत्पतिको इतिहास नै नेपालको उत्पतिको इतिहास हो ।

प्राचीन नेपालका शासक गोपालबंशकै निरन्तरता मानिने गोपालीहरूको मान्यतामा कृष्णको सुदर्शन चक्रले चोभारको गल्छी खोलेर यो खाल्डोको पानी बाहिर फालेको र त्यसपछाडि तिनले गोपालहरूलाई त्यो उपत्यका हस्तान्तरण गरेर गएको धारणा रहेको छ ।

त्यसो दावी रहेता पनि महाभारतकालका कुनै पनि ग्रन्थमा यो दावी उल्लेख नभएको हुँदा त्यो दावीलाई भरपर्दो मान्न नसकिने दाबीहरु समेत पाइन्छन् ।मञ्जुश्रीकै बारेमा पनि परस्परबिरोधि दावीहरु यथेष्ट छन ।

कसैले मञ्जुश्रीलाई बिक्रमशीला महाविहार (हाल बङ्गाल) मा दिक्षित बौद्ध विद्वान मान्दछन भने कसैले मञ्जुश्री महाचिनियाँ बिख्यात बिद्वान वेन शु पु शा हिमाल पारीका इलाकाको भ्रमण गर्दै नेपाल पुगेका हुन भनी मान्दछन ।

जापानी सहयोगमा गरिएको भुगर्व अध्ययनले पनि उपत्यकाको पानी एकैपल्ट बाहिर निस्केको नभइ पटक पटक गरी निस्केको हुनु पर्ने अनुमान गरेको छ । पानी बाहिर निस्कन प्राकृतिक रूपमा नै चुनढुंगालाई पानीको बहावले काट्दै गल्छी गहिरिदै जाने प्रक्रिया अनुरुप भएको बैज्ञानिक विश्वास छ ।

तर यो प्रक्रिया निकै लामो समय लाग्ने प्रक्रिया हो । यस्तो प्रक्रिया सहि हो भने कम्तिमा पनि १ लाख वर्ष अगाडि देखि नै पानी बाहिर जाने क्रम शुरु भएको हुन सक्छ । भुगर्भविदहरूको बुझाइ अनुसार यदि सम्पूर्ण उपत्यका नै पानीमुनि रहेको हो भने त्यो ३० हजार वर्ष भन्दा अगाडिको हुनुपर्दछ ।

Tags: #चोभारको गल्छी#मन्जुश्री

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.