फिल्म खिचेर सामाजिक संजालमा हाले तत्काल कारबाही

१७ असोज ८१, शुक्रबार

१८ असोज , काठमाण्डौ।

लामो समयको प्रतिपक्षापछि दशैंको अवसर पारेर प्रतिक्षित चलचित्रहरु प्रर्दशनको तयारीमा छन् भने दशैं सुरु भएसँगै हिजो घटस्थापनादेखि बेहुली फ्रम मेघौली प्रर्दशनमा आएको छ । तर प्रर्दशनको एक दिन नबित्दै यो चलचित्रको क्लाईमेक्स नै सामाजिक संजालबाट बाहिरिएको छ ।

प्रर्दशनमा आएको चलचित्र नै पाईरेसीमा परेपछि चलचित्र विकास बोर्डले कारबाहीको चेतावनी दिएको छ। हिजो देखि रिलिज भएको फिल्म बेहुली फ्रम मेघौली पाईरेसीको मारमा परेको छ ।

Advertisement

फिल्मका अधिकाँश दृश्यहरु यतिखेर टिकटकमा भाइरल छन । यति सम्मकी केहील् फिल्मको क्लाइमेक्सको महत्वपूर्ण सिन समेत टिकटकमा अपलोड गरिदिएका छन । ३ मिनेट सम्मको क्लाईमेक्सको क्लिप राखिएको छ ।

टिकटकमा फिल्मको पाइरेसी बढेसँगै बेहुली फ्रम मेघौली यूनिट चिन्तित छ । उता चलचित्र बिकास बोर्डले भने यहि कुराको महसुश गर्दै दर्शकलाई फिल्मको मुख्य – मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल पाईरेसी नगर्न एक सूचना मार्फत चेतावनी समेत दिएको छ ।

Advertisement

बोर्डले जारी गरेको ध्यानकर्षण सूचना अनुसार फिल्मको पाइरेसी गर्नेलाई प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार कारबाही गर्ने उल्लेख गरेको छ । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि कानुन सम्झाएको छ ।

शुक्रबार सूचना जारी गर्दै बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ सम्झाएको हो । यस्तै बोर्डले चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न आग्रह गरेको छ ।

चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न र दण्ड, जरिवाना र क्षतिपूर्तिबाट बच्न समेत बोर्डले सचेत गराएको हो । सूचनामा भनिएको छ,‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य–मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।

यसरी चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ ।’ बोर्डले भनेको छ,‘अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ ।’

बोर्डले चलचित्रघर भित्र मोबाइल क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु नगराउन समेत आग्रह गरेको छ । बलियो वर्ड अफ माउथका साथ करिब ८० लाख अल नेपाल सुखद ओपनिङ गरेको बेहुली फ्रम मेघौलीले आज दोश्रो दिन पनि प्रशंसनीय व्यापार गरिरहेको वितरकहरुले दाबी गरेका छन् ।

फिल्ममा स्वस्तिमा र निश्चलबाहेक सिमरन खड्का, रक्षा थापा, विजय बराल, लोकेन्द्र लेखक, वसुन्धरा भुसाल, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतको पनि अभिनय रहेको छ ।

उमेरले ३० पुगेकी युवतीलाई योग्य वर पाउन हुने सकस र संघर्षको कथा यसमा छ । सोसल ड्रामा यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा छिन् । दशैैंकै अवसरमा अन्य प्रतिक्षित भनिएका चलचित्रहरु पनि प्रर्दशनको तयारीमा छन् । फूलपातीदेखि ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ प्रर्दशनमा आउने छन्।

दीपकराज गिरी र दीपाश्री निरौलाको व्यापारिक रूपमा सफल सिरिज ‘छक्कापञ्जा’, विराज भट्टले आफ्नै निर्देशनमा छोरा समीरलाई नायकका रूपमा डेब्यु गराइरहेको एक्सनप्रधान ‘१२ गाउँ’ र जीतु नेपाल–नीति शाहको जोडीलाई लिएर निर्देशक वसन्त निरौलाले बनाएको कमेडी फिल्म ‘ज्वाइँसाब’ प्रति पनि दर्शकको चासो देखिन्छ । केही दिन अघि मात्रै प्रर्दशनको संघारमा रहेको जितु नेपालको चलचित्र ‘ज्वाइँ साब’का केही अंशहरु समेत सामाजिक सञ्जालमा देखिएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top