२० असोज , काठमाण्डौ ।
क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामो अन्तरालपछि घरेलु टोलीलाई हराएको छ । यद्यपि, यो क्यानडाको दोस्रो रोजाईको टोली हो । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति २० रनले हराएको हो ।
योसँगै तीन खेलको अभ्यास श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए ।
त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा निकोलस मनोहरले १९ रन बनाए । नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १७६ रन बनाएको थियो । नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए ।
उनीबाहेक अर्जुन साउद ७, अनिलकुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए । एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २–२ विकेट लिए ।
तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । विश्वकप लिग टुका लागि अमेरिका जानु अघि नेपालले क्यानडाको राष्ट्रिय टिमको विकल्पका रुपमा रहेका खेलाडीहरु रहेको टिमसँग अभ्यास खेल खेलेको हो ।
क्यानडामा अभ्यास खेलपछि नेपाल टोली लिग २ का लागि अमेरिका जानेछ । त्याहा त्रिदेशीय टी २० र लगि २ का खेलहरु हुनेछन् । क्यानडा भ्रमण नेपालका लागि सुखद हुन् सकेको छैन् ।
लिग २ मा नेपालले खराब प्रर्दशन गरेको छ । नेपाल समेत सम्मिलित त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि घरेलु टोली क्यानडाले जितेको छ भने टि–२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो ।
क्यानडा भ्रमणमा कुनै पनि खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेन् । अमेरिकामा नेपालले क्यानडाको गल्ती सुधार गर्दै जितको लक्ष्य बोकेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।