क्यानडाविरुद्ध बल्ल जितको स्वाद चाख्यो नेपालले

१९ असोज ८१, आइतबार

२० असोज ,  काठमाण्डौ ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लामो अन्तरालपछि घरेलु टोलीलाई हराएको छ । यद्यपि, यो क्यानडाको दोस्रो रोजाईको टोली हो । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति २० रनले हराएको हो ।

योसँगै तीन खेलको अभ्यास श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए ।

Advertisement

त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा निकोलस मनोहरले १९ रन बनाए । नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २–२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १७६ रन बनाएको थियो । नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए ।

Advertisement

उनीबाहेक अर्जुन साउद ७, अनिलकुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए । एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २–२ विकेट लिए ।

तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । विश्वकप लिग टुका लागि अमेरिका जानु अघि नेपालले क्यानडाको राष्ट्रिय टिमको विकल्पका रुपमा रहेका खेलाडीहरु रहेको टिमसँग अभ्यास खेल खेलेको हो ।

क्यानडामा अभ्यास खेलपछि नेपाल टोली लिग २ का लागि अमेरिका जानेछ । त्याहा त्रिदेशीय टी २० र लगि २ का खेलहरु हुनेछन् । क्यानडा भ्रमण नेपालका लागि सुखद हुन् सकेको छैन् ।

लिग २ मा नेपालले खराब प्रर्दशन गरेको छ । नेपाल समेत सम्मिलित त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधि घरेलु टोली क्यानडाले जितेको छ भने टि–२० आई सिरिज अघि भएको लिग टु मा पनि क्यानडाले चार खेलमा शत प्रतिशत नतिजा निकालेको थियो ।

क्यानडा भ्रमणमा कुनै पनि खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेन् । अमेरिकामा नेपालले क्यानडाको गल्ती सुधार गर्दै जितको लक्ष्य बोकेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top