×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

चार दिन भुटानमा के–के गरेर फर्किए पूर्वराजा ?

२० आश्विन २०८१

२० असोज , काठमाण्डौ ।

पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आज बिहान स्वदेश फर्किएका हुन् ।

Advertisement
Advertisement

पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरूसहित भुटान गएका थिए । नीजि एवं धार्मिक भ्रमणमा भुटान गएका भनिएका पूर्वराजा शाहलाई अघोषित रुपमा राजकीय सम्मान दिइएको थियो ।

त्यहाँ रहँदा शाहले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई सम्बोधन गरेका छन् । भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।

पूर्वराजा शाहको भुटान भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण हेरिएको छ । यसअघि भुटान ओर्लिदा शाह परिवारलाई थिम्पुको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । पूर्वराजाको स्वागतमा बिमानसम्म रेड कार्पेट ओछ्याइएको थियो ।

उनीहरुलाई स्वागत गर्न भुटानी राजकुमारी नै उपस्थित भएकी थिइन् । त्यसपछि पूर्व राजाको टोलीलाई राजकीय अतिथिगृह पु¥याइएको थियो । जहाँ शाही धर्मगुरूहरुले अभिषेक र आशीर्वचन प्रदान गरेका थिए ।

सो पश्चात पूर्वराजा विभिन्न भेटघाटहरुमा व्यस्त रहेका थिए । उनले भुटानका बडामहाराज (हालका राजाका पिता) जिग्मे सिग्मे वाङचुकसँग भेटवार्तां गरे । डेचेन छोलिङ राजाप्रसादमा सो भेटवार्ता भएको हो ।

उनीहरु दुवै दार्जिलिङको सेन्ट जोसेफ कलेजका सहपाठी रहेका छन् । यसैगरि, भुटानी मुमा बडामहारानीसँग पनि पूर्वराजाले भेट गरेका थिए । भेटमा पूर्वराजा ज्ञानेन्द्रसँगै छोरी प्रेरणा र भतिजी सिताष्मा समेत सहभागी थिए ।

नेपाली राजकीय प्रतिनिधीमण्डललाई थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा अवस्थित ‘गलेपू माइन्डफूल सस्टेनेबल सिटी’ योजनाको अवलोकन गराइएको थियो । भुटानको राजधानी थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा ३५ वटा नदी मिसिएर बनेको मानस नदीको घाटी क्षेत्रमा अवस्थित “गलेपू माइन्डफूल सस्टेनेबल सिटी“ योजनालाई भूटानी राजा जिग्मे केसर वांगचुकको परिकल्पना अनुसार विकास गरिन लागेको हो ।

यो विश्वकै पहिलो बाढी र पहिरो रहित आधुनिक शहरीकरण आयोजना हुने दाबी गरिएको छ । आर्थिक र सूचना प्रविधि केन्द्रको रूपमा विकास गरिने यस शहरका अधिकांश भौतिक संरचना पूलहरूमाथि निर्माण गरिने लक्ष्य राखिएको छ ।

सभागृह, अस्पताल, विद्यालय, डिपार्टमेन्ट स्टोर, होटेल, बजार, सफ्टवेयर कम्पनी आदि समेत पूलहरू माथि नै बनाइने परिकल्पना गरिएको छ । जसको पूर्वराजासहितको टोलीलाई अवलोकन गराइएको छ ।

त्यसअघि पूर्वराजा र भुटानका राजा जिग्मे केशर नामग्याल वांगचुक विच भेटवार्ता भएको थियो । त्यसबेला भुटानकी महारानी जेत्सुन पेमा वांगचुक र नेपाल तथा भुटानका रापरिवारका सदस्यको पनि उपस्थिती थियो।

पूर्वराजा ज्ञानेन्द्रलाई वातावरण संरक्षण क्षेत्रका शिखर व्यक्तित्वको हैसियतमा भुटान आमन्त्रण गरिएको राजपरिवारसँग निकट रहेकी रमा सिंहले बताएकी छन् । अधिराजकुमार छँदा उनी महेन्द्र प्रकृति संरक्षण कोषका अध्यक्ष थिए र वातावरण संरक्षणका क्षेत्रमा थुप्रै पहलहरु गरेका थिए ।

भुटान सरकारले हालै ‘भुटान नवप्रवर्तन वृहत् अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ । यही सन्दर्भमा पूर्वराजालाई भुटानी राजाले निम्ता गरेका हुन् ।

पूर्वराजा शाहको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट केही नभनिएपनि यसको कुटनीतिक तथा राजनीतिक महत्त्वबारे नेपालमा अनेक अड्कलबाजी गरिएका छन् ।

Advertisement

यसैबीच पूर्वराजाले विगतका वर्षहरु जस्तै यसवर्षपछि विजयादशमीमा सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएका छन् ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top