×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

एनपीएलमा डेढ सय खेलाडीको बोलकबोल, एक खेलाडीलाई कति ?

२० आश्विन २०८१

२० असोज , काठमाण्डौ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आज हुँदैछ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो दुई बजेदेखि सुरु हुनेछ । अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् ।

Advertisement
Advertisement

जसमा एक टिमले ९० लाखसम्म खर्च गर्नेछन् भने एक खेलाडीका लागि सर्वाधिक १५ लाखसम्म खर्च गर्न सक्नेछन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो दुई बजेदेखि सुरु हुनेछ।

अक्सनमा डेढ सयभन्दा बढी खेलाडी सहभागी हुने क्यानले जनाएको छ। प्रतियोगिता नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ। प्रतियोगिताका लागि असोज ५ गते दर्ता प्रकृया खुला गरिएको थियो।

उक्त दर्ता प्रकृया असोज १२ गते बन्द भएको थियो। अक्सनका लागि ४२३ खेलाडी दर्ता भएका थिए। त्यसमध्ये नेपाल प्रिमियर लिग समितिले १४२ खेलाडीलाई अक्सनमा सहभागी गराउने निर्णय गरिएको थियो।

तर, केही खेलाडी छुटफुट पनि भएको भन्दै क्यानले अक्सनमा खेलाडी बढाएर राख्ने निर्णय गरेको छ। यसअघि नै सार्वजनिक भइसकेको सूचीअनुसार ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। एनपीएलको तयारीमा जुटेको क्यानले टिमसहित मार्की खेलाडी टुंगो लगाइसकेको छ।

चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन्।

तर, राष्ट्रिय टोलीमा रहेका उनीहरू क्यानडा भ्रमणमा छन्। विश्वकप लिग २ मा क्यानडा भ्रमणमा रहेका नेपाली खेलाडी त्याहाबाट अमेरिका प्रस्थान गर्नेछन् । उनीहरु कात्तिक १९ गतेअर्थात नोभेम्बर ४ पछि मात्रै नेपाल फर्किनेछन् ।

लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा खेल्नेछ । क्यानका अनुसार एनपीएलको एक टोलीमा १६ खेलाडी हुनेछन्। अक्सनमा भने १० खेलाडी मात्रै किन्न पाइनेछ।

चार विदेशी खेलाडी आन्तरिक सहमतिमा भित्र्याउन पाइने छ। एक ट्यालेन्ट हन्टबाट खेलाडी राख्नुपर्छ। अक्सनमा एक टोलीले कुल ९० लाख खर्च गर्नुपर्ने हुन्छ। ग्रेड ‘ए’ न्यूनतम १० र उच्चतम १५ लाख राखिएको छ।

ग्रेड ‘बी’मा न्यूनतम ५ लाख र उच्चतम १० लाख छ। ग्रेड ‘सी’मा न्यूनतम २ र उच्चतम ५ लाख रुपैयाँ तोकिएको छ। उच्चतम मूल्यमा गए लक्की ड्रबाट निर्धारण हुनेछ। एक टोलीले ‘ए’ र ‘सी’ ग्रेडका समान तीन खेलाडी किन्न पाउने छन्।

Advertisement

यस्तै, ‘बी’ ग्रेड का चार खेलाडी किन्नुपर्नेछ। कुनै खेलाडी पहिलो चरणमा अनसोल्ड भएमा अन्तिममा फेरि मौका पाउनेछन्। तर, ग्रेडमा घटुवा हुने क्यानले जनाएको छ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top