कराची विमानस्थल नजिक विस्फोट, दुई चिनियाँको मृत्यु

२१ असोज , एजेन्सी ।

दुई छिमेकी मुलुक भारत र पाकिस्तानमा ठूला दुर्घटना हुँदा मानविय क्षतिसमेत भएको छ । भारतमा हवाई प्रदर्शनीका क्रममा र आगलागी हुँदा तथा पाकिस्तानमा विस्फोट हुँदा हताहती भएको छ । भारतमा हवाई प्रदर्शनीका क्रममा चारजनाको मृत्यु भएको हो ।

चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको हो । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै भिडभाडका कारण उनीहरुको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लामो समयसम्म गर्मीमा बसेको र तातो लहरका कारण डिहाइड्रेसन अर्थात् शरीरमा पानीको कमीका कारण अरु २ सयभन्दा धेरै मानिस बेहोस भएका थिए । ९० जनाभन्दा धेरै अस्पतालमा भर्ना भएका खबरमा उल्लेख छ ।

तमिलनाडुका विपक्षी नेताले यस घटनाको लागि सरकारको आलोचना गरेका छन् । यस्तै दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ ।

अन्य केही घाइते भएका छन् । देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए । भुइँ तल्लामा पसल र पहिलो तल्लामा आवासीय एकाइ रहेको दुई तल्ले भवनमा आइतबार आगलागी भएको हो ।

प्रहरीका अनुसार घटना हुँदा मृतकहरु सुतिरहेका थिए । उता छिमेकी मुलुक पाकिस्तानको कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा परेर दुई चिनियाँ नागरिकको मृत्यु भएको छ ।

पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका अनुसार सिन्ध प्रान्तमा कार्यरत चिनियाँ इन्जिनियरहरूको कारकेडलाई निशाना बनाएर विस्फोट गराइएको बताएको छ । दूतावासका अनुसार विस्फोटमा परेर थुप्रै पाकिस्तानी नागरिकको मृत्यु हुनका साथै घाइते भएका छन् ।

घटना स्थानीय समयअनुसार आइतबार राति ११ बजे घटेको थियो । घटनामा मृत्यु हुनेको यकिन सङ्ख्या सार्वजनिक भएको छैन । घटनामा अन्य १० जना गम्भिर घाइते भएको बताइएको छ ।

पछिल्लो समय चिनियाँ नागरिकमाथि आक्रमण गर्दै आएको पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मी (बीएलए) ले पछिल्लो घटनाको जिम्मेवारी लिएको छ । सोमबार जारी विज्ञप्तिमा समूहले चिनियाँ इन्जिनियर र लगानीकर्ताको कारकेडलाई निशाना बनाएको बताएको छ ।

चिनियाँ दूतावासका अनुसार चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनरेसन कम्पनी लिमिटेडका इन्जिनियरहरुलाई निशाना बनाइएको थियो । कम्पनीले कराची नजिकै दुई कोइलाको पावर प्लान्ट बनाउने लक्ष्य लिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top