×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

५ फुटबल लिगमा ‘इन्टरनेशनल ब्रेक’,को छ अगाडि ?

२१ आश्विन २०८१

२२ असोज, एजेन्सी ।
आइतबार रातिबाट युरोपका शीर्ष पाँच लिगलाई विश्राम दिइएको छ । इन्टरनेशनल ब्रेक दिइँदै स्पेनको ला लिगा, इंग्ल्यान्डको प्रिमियर लिग, इटालीको सिरी ‘ए’, जर्मनीको बुन्डेस लिगा र फ्रान्सको फ्रेन्च लिग वानका खेलहरू स्थगन गरिएको छ ।

अब, दुई सातासम्म युरोपियन क्लबआबद्ध खेलाडीहरूले आ–आफ्नो देशका लागि खेल्ने छन् । केही दिनपछि नै आगामी दुई वर्षपछि अमेरिका क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको छनोट खेलहरू हुने छन् भने युरोपियन राष्ट्रहरूले युइएफए नेसन्स लिगका खेलहरू खेल्ने छन् ।

Advertisement
Advertisement

ब्रेक हुनुअघि युरोपियन लिगमा बलिया टिमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने डिफेन्डिङ च्याम्पियन पछ्याउने क्रममा छन् । केही युवा स्टार खेलाडीहरूले गोल्डेन बुटको दौडमा अग्रता बनाइरहेका छन् ।

प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीलाई उछिन्दै लिभरपुलले उपाधि दौडमा अग्रता बनाइरहेको छ । सात चरणको खेल सकिँदा लिभरपुल १८ अंकसहित शीर्ष स्थानमा छ ।

समान खेलबाट १७ अंक बटुलेको सिटीले पछ्याइरहेको छ । सिटीसँग बराबरी अंक बनाएको आर्सनल तेस्रो स्थानमा हुँदा १४ अंकसहित चेल्सी चौथो स्थानमा छ । सर्वाधिक धेरै पटकको विजेता म्यानेचस्टर युनाइटेड भने ८ अंकसहित १४औं स्थानमा छ ।

प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा नौ खेलमा १० गोल गरेका सिटीका इयर्लिङ हालान्ड छन् । यता, ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड बार्सिलोनासँग पछि परेको छ ।

नौ चरणको खेल सकिँदा बार्सिलोना २४ अंकसहित शीर्ष स्थानमा रहँदा २१ अंक बनाएको मड्रिडले दोस्रो स्थानमा रहेर उसलाई पछ्याउँदै छ । गोल्डेन बुटको दौडमा पनि बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको अग्रता छ ।

इटालियन सिरी ‘ए’ मा पनि साविक विजेता इन्टर मिलान दोस्रो स्थानमा छ । सात चरणको खेल सकिँदा इन्टर शीर्ष स्थानको नापोलीसँग दुई अंकले पछि परेको छ । नापोलीसँग १६ अंक छ भने शीर्ष स्थानमा उक्लिन संघर्ष गरिरहेको इन्टरसँग १४ अंक छ ।

जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन लिभरकुजेन पाँचौं स्थानमा संघर्षरत छ । बायर्न म्युनिख र लेइपजिग समान १४–१४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । फ्रेन्च लिग वानमा पनि पेरिस सेन्ट जर्मेन साविक उपविजेता मोनाकोभन्दा पछि छ ।

Advertisement

सात चरणको खेल सकिँदा डिफेन्डिङ च्याम्पियन पिएसजी १७ अंकसहित दोस्रो स्थानमा हुँदा दुई अंक बढी भएको मोनाको शीर्ष स्थानमा छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top