×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

३२ मिनेटभित्र लेवान्डोस्कीको ह्याट्रिक, बार्सिलोना शीर्षमा

२१ आश्विन २०८१

२१ असोज ,  एजेन्सी ।

पोल्यान्डका स्टार खेलाडी रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्सिलोनाले सहज जित दर्ता गरेको छ । ला लिगाअन्तर्गत आइतबार राति नवौं चरणको खेल खेलेको बार्सिलोनाले अलाभेसलाई उसैको घरमा ३–० गोलले हराएको हो ।

Advertisement
Advertisement

गएराति अलाभेसको मैदान मेन्डीजोरोर्रामा बार्सिलोनालाई जिताउन लेवान्डोस्की एक्लैले तीन गोल गरे । उनले खेल सुरु भएको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गर्दै ह्यान्सी फ्लिक नेतृत्वको बार्सिलोनालाई सहज जित दिलाएका हुन् ।

उमेरले ३६ वर्ष पुगेका लेवान्डोस्कीले खेलको सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा गोल गरेका थिए । लेवान्डोस्कीले खेलको २२ औं मिनेटमा पुनः राफिन्हाको असिस्टमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको ३२औं मिनेटमा इरिक गार्सियाले दिएको पासलाई गोलमापरिणत गरेका लेवान्डोस्कीले पाहुना टोली बार्सिलोना ३–० गोलको सहज जित दिलाएका हुन् । पहिलो हाफको इन्ज्युरी समयमा अलाभेसले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)ले मान्यता दिएन ।

अलाभेसविरुद्ध गरेको तीन गोलको सहायतामा लेवान्डोस्कीले ला लिगाअन्तर्गत ५० गोलको आँकडा पूरा गरेका छन् । सन् २०२२ मा जर्मन क्लब बायर्न म्युनिख छोडेर स्पेन आइपुगेका लेवान्डोस्कीले जारी सिजनको ला लिगामा ९ खेल खेल्दा १० गोल र दुई असिस्ट गरेका छन् ।

सर्वाधिक ११ पटक पोलान्डका सर्वोत्कृष्ट फुटबलर ठहरिएका लेवान्डोस्की जारी सिजन लिग खेलमा सर्वाधिक गोलकर्ताको सूचिमा सबैभन्दा अगाडि छन् । पटक–पटक बालोन डी‘ओर जस्तो प्रतिष्ठित अवार्ड नजिक पुगेर पनि अभागी ठहरिएका उनले दुई पटक जेर्ड मुलर ट्रफी जितेका छन् ।

सन् २००८ मा पोल्यान्डबाट डेब्यु गरेर १५३ खेलमा ८३ गोल गरेका लेवान्डोस्कीले बोरुसिया डर्टमुन्ड, बायर्न, बार्सिलोनालगायत क्लबबाट ७८२ खेल खेल्दा ५८० गोल गरेका छन्। दुईपटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका उनले एउटा च्याम्पियन्स लिगसमेत जितेका छन् ।

Advertisement
Advertisement

लेवान्डोस्कीको गोलको सहायताले जित निकालेको बार्सिलोनाले नौ खेलमा २४ अंक जोडेको छ । ऊ अंक तालिकामा शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको साविक विजेता रियल मड्रिडसँग समान खेलमा २१ अंक छ । पराजित अलाभेस भने १० अंकसहित १३औं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top