फूलपातीमा ३ फिल्मः विराज, दिपक कि जितु कसले तान्ला दर्शकको मन ?

२१ असोज ८१, सोमबार
Share this
736shares

२१ असोज ,काठमाण्डौ।

Advertisement

लामो समयको प्रतिपक्षापछि दशैंको अवसर पारेर प्रतिक्षित चलचित्रहरु प्रर्दशनको तयारीमा छन् भने दशैं सुरु भएसँगै घटस्थापनादेखि बेहुली फ्रम मेघौली प्रर्दशनरत रहेकोे छ । तर प्रर्दशनको एक दिन नबित्दै यो चलचित्रको क्लाईमेक्स नै सामाजिक संजालबाट बाहिरियो ।

प्रर्दशनमा आएको चलचित्र नै पाईरेसीमा परेपछि चलचित्र विकास बोर्डले कारबाहीको चेतावनी दिएको थियो । तर चेतावनीले मात्रै यो क्रम नरोकिएपछि चलचित्र निर्माण पक्ष साइबर प्रहरीसम्म पुगेको छ ।

Advertisement

 

Advertisement

चलचित्र ‘बेहुली फ्रम मेघौली’को क्ल्प्सि राख्ने सामाजिक सञ्जालका अकाउन्ट बन्द हुने भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बेहुली फ्रम मेघौली’का दृश्य राख्ने अकाउन्ट बन्द गरिदिने भएको हो ।

‘बेहुली फ्रम मेघौली’का दृश्य फेसबुक, टिकटक, इन्टाग्राम तथा ट्विटरमा भाइरल हुन थालेपछि चलचित्रको निर्माणपक्ष उजुरी लिएर साइबर ब्युरो पुगेको थियो । ब्युरोले कपिराइट्अन्तर्गत रहेर अनधिकृत रूपमा सिनेमाका दृश्य खिचेर राख्ने वा सेयर गर्ने अकाउन्ट बन्द गरिदिने बताएको हो ।

 

“हलमा भिडियो खिचेर आफ्नो सामाजिक संजालमा फेसबुक, टिकटक, इन्टाग्राम, ट्विटरमा हाल्नुभएको छ भने तपाईंको एकाउन्ट बन्द हुनेछ,” बेहुली फ्रम मेघौलीका कलाकार तथा निर्माता निश्चल बस्नेतले भनेका छन्, “साइबर ब्युरोलाई धेरै धेरै धन्यवाद । बौद्धिक सम्पति चोरी नगर्न सबैमा अनुरोध छ । पाइरेसी अपराध हो, आफू पनि बुझौँ र अरुलाई पनि बुझाउँ ।”

 

उनले कानुनी प्रक्रिया अगाडि बडिसकेको बताएका छन् । बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि हलमा प्रदर्शनरत छ । यो चलचित्रले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको वस्नेतले बताएका छन् । चलचित्रको मुख्य भूमिकामा निश्चल र स्वस्तिमा खड्का छन् ।

उनीहरु निर्माता समेत हुन् । पहिलो दिनदेखि नै सिनेमाको क्लाइमेक्ससहितका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको असर ब्यापारमा पनि देखिने भएपछि निर्माण टिम प्रहरीकोमा पुगेको हो । फिल्मका अधिकाँश दृश्यहरु यतिखेर टिकटकमा भाइरल छन ।

यति सम्मकी केहीले फिल्मको क्लाइमेक्सको महत्वपूर्ण सिन समेत टिकटकमा अपलोड गरिदिएका छन । ३ मिनेट सम्मको क्लाईमेक्सको क्लिप राखिएपछि चलचित्र बिकास बोर्डल दर्शकलाई फिल्मको मुख्य – मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल पाईरेसी नगर्न एक सूचना मार्फत चेतावनी समेत दिएको छ ।

बोर्डले जारी गरेको ध्यानकर्षण सूचना अनुसार फिल्मको पाइरेसी गर्नेलाई प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार कारबाही गर्ने उल्लेख गरेको छ । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि कानुन सम्झाएको छ ।

शुक्रबार सूचना जारी गर्दै बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ सम्झाएको हो । यस्तै बोर्डले चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न आग्रह गरेको छ ।

बोर्डले भनेको छ,‘अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ ।’

बोर्डले चलचित्रघर भित्र मोबाइल क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु नगराउन समेत आग्रह गरेको छ । उमेरले ३० पुगेकी युवतीलाई योग्य वर पाउन हुने सकस र संघर्षको कथा यसमा छ ।

सोसल ड्रामा यो फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा छिन् ।दशैैंकै अवसरमा अन्य प्रतिक्षित भनिएका चलचित्रहरु पनि प्रर्दशनको तयारीमा छन् । फूलपातीदेखि ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ प्रर्दशनमा आउने छन्।

दीपकराज गिरी र दीपाश्री निरौलाको व्यापारिक रूपमा सफल सिरिज ‘छक्कापञ्जा’, विराज भट्टले आफ्नै निर्देशनमा छोरा समीरलाई नायकका रूपमा डेब्यु गराइरहेको एक्सनप्रधान ‘१२ गाउँ’ र जीतु नेपाल–नीति शाहको जोडीलाई लिएर निर्देशक वसन्त निरौलाले बनाएको कमेडी फिल्म ‘ज्वाइँसाब’ प्रति पनि दर्शकको चासो देखिन्छ ।

केही दिन अघि मात्रै प्रर्दशनको संघारमा रहेको जितु नेपालको चलचित्र ‘ज्वाइँ साब’का केही अंशहरु समेत सामाजिक सञ्जालमा देखिएका थिए । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् युनिभर्सल सर्टिफिकेट पाएको छ ।

बोर्डले आइतबार साँझ फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न योग्य भन्दै ‘यू’ सर्टिफिकेट दिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top