बलात्कारको आरोपपछि जानी मास्टरको अवार्ड खोसियो

२१ असोज , काठमाण्डौ।
बक्सअफिसमा सुपरडुपर हिट भारतीय फिल्म ‘स्त्री २’ र अर्को सुपरडुपर हिट तेलेगु फिल्म पुष्पा त यहाँहरुले हेर्नु नै भएको होला । उक्त फिल्मका एकदमै चर्चित गीत ‘आइ नही’ र ‘श्रीवल्ली’ त झन् सर्वाधिक चर्चा बटुलेको छ ।

यस्ता थुप्रै चर्चित गीतहरुको कोरियोग्राफी (नृत्य निर्देशन) जानी मास्टर भने अहिले जेलमा छन् । नाबालिग सहायकलाई बलात्कार गरेको आरोपमा जेल परेका जानीको खबर लिएर हामी नेपाल टाइम्स अनलाइन समाचारमा उपस्थित भएका छौं ।

नेल्लौर आन्द्र प्रदेशमा जन्मिएका शाइक जानी बाशा उर्फ जानी मास्टर तेलेगु, तमिल, कन्नाडा र हिन्दी सिनेमाका चर्चित नृत्य निर्देशक हुन् । उनी पश्चिमी र लोक शैलीहरूका विभिन्न नृत्य शैलीहरू कोरियोग्राफ गर्छन् ।

Advertisement

उनले राष्ट्रिय चलचित्र पुरस्कार, तीन फिल्मफेयर अवार्ड साउथ र तीन सिमा अवार्ड प्राप्त गरेका छन् । तर उनै जानी मास्टर हाल हैदरावादको चंचलगुडा सेन्ट्रल जेलमा छन् । उनीमाथि नाबालिग सहायकलाई बलात्कार गरेको आरोप लागेको छ ।

जसले गर्दा उनको उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड पनि खोसिएको छ । प्रहरीले गत १५ सेप्टेम्बरमा पोक्सोमा उनी विरुद्ध मुद्दा दर्ता गरेको थियो । जानीलाई १९ सेप्टेम्बरमा गोवाबाट पक्राउ गरिएको थियो ।

Advertisement

उनलाई २० सेप्टेम्बरमा अदालतमा पेश गरिएको थियो । त्यसयता उनी हैदरावादको चंचलगुडा सेन्ट्रल जेलमा रहेका छन् । उनको अवार्ड खोसिएको भारतको सूचना तथा प्रसारण मन्त्रालयले यसबारे जनाएको छ ।

जानीविरुद्ध १५ सेप्टेम्बरमा उनकी सहायक रहेकी युवतीले तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेशनमा एफआईआर दर्ता गरेकी थिइन् । सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचिथ्रम्बलम’को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफी गरेका जानी मास्टरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।

उनले सतीश कृष्णनसँग यस गीतको कोरियोग्राफी गरेका हुन् । मुद्दा दायर गरेकी युवतीले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् ।

उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटकपटक दुव्र्यवहार गरेको आरोप लगाइएको छ । युवतीले आफ्नो उजुरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन्। दुई वर्षपछि, जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरे, जुन उनले स्वीकार गरिन् ।

त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुव्र्यवहार गरेको जनाइएको छ । त्यसपछि जानीले लगातार धम्की दिएर शोषण गरेको युवतीको आरोप छ।

उनले आफूलाई विवाहका लागि बारम्बार दबाब दिइरहेको पनि उनी बताउँछिन् । एकपटक आफ्नो घरमा लगेर जानी र उनकी श्रीमती (आयशा)ले उनलाई कुटपिट गरेको आरोप पनि उनको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top