×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

फुटबलका जादुगर मेसीसँग कति छन् ट्रफी ?

२२ आश्विन २०८१

२२ असोज , एजेन्सी ।

झन्डै दुई दशकयता फुटबलका जादुगर बनेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई उपाधि संख्यामा कसैले पनि नभेट्टाउने छाँटकाँट देखिएको छ । विश्व फुटबलमा उपलब्धिहरूको चाङ नै लगाएका विश्वकप विजेता मेसीले सर्वाधिक धेरै ट्रफी जितेर दुर्लभ कीर्तिमान बनाएका हुन् ।

Advertisement
Advertisement

अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका मेसी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन् । केही दिनअघि मियामीका साथमा जितेको सपोटर्स सिल्ड मेसीका लागि करियरको कूल ४६औं उपाधि हो ।

फुटबलको इतिहासमा कुनै पनि खेलाडीले व्यक्तिगत रूपमा जितेको यो सर्वाधिक उपाधि संख्या हो । यसअघि यो रेकर्ड ब्राजिलका डिफेन्डर ड्यानी आल्भेसका नाममा थियो । उनको ४५ उपाधिको रेकर्ड भंग गर्दै मेसी अब कूल ४६ उपाधिका साथ फुटबलको इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमानी आफ्नो नाममा ‘नामसारी’ गरेका हुन् ।

दक्षिण अमेरिकामा जन्मिएर युरोपियन फुटबलमा आफ्नो नाम कहलाएका मेसी ‘ट्रफी’ का धनी मानिन्छन् । सन् २००४ मा मेसीले डेब्यु गरेयता मेसीसँग अहिले ४६ वटा ट्रफी छन्, जुन युरोपका शीर्ष क्लबहरूको भन्दा धेरै हो ।

त्यस अवधिमा जर्मन क्लब बायर्न म्युनिखले ४४ वटा उपाधि जितेको भने मेसीकै पूर्वक्लब स्पेनको बार्सिलोनाले ३७ वटा उपाधि जितेको छ । मेसीले दुई वर्ष खेलेको फ्रान्सेली क्लब पिएसजीले ३७ वटा ट्रफी जितेको छ  ।

रियल मड्रिडले ३१, इंग्ल्यान्डको म्यानचेस्टर सिटीले २३, इटालीको इन्टर मिलानले २२, चेल्सीले २१, म्यानचेस्टर युनाइटेडले २१ र युभेन्टसले २० वटा ट्रफी जितेका छन् ।विश्वकप, कोपा अमेरिका, च्याम्पियन्स लिग जस्ता चर्चित ट्रफी जितेका मेसीको बालोन डी‘ओरलगायत व्यक्तिगत ट्रफी जोड्दा उक्त संख्या पुगेको हो ।

मेसीकै कप्तानीमा अर्जेन्टिना सन् २०२२ को विश्वकविजेता बनेको थियो भने २०२१–०२२ र २०२३–०२४ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसअघि सन् २००५ मा यु–२० विश्वकप जितेका मेसीले सन् २००८ को बेइजिङ ओलम्पिकमा गोल्ड मेडल जितेका थिए ।

सन् २०२१–०२२ मा दक्षिण अमेरिकी राष्ट्रहरूबीचको प्रतियोगितामा अर्जेन्टिनालाई उपाधि दिलाउन मेसीको भूमिका महत्त्वपूर्ण थियो । मेसीले सन् २००९ देखि २०२३ सम्म गरी सर्वाधिक धेरै आठ पटक फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ ओर जितेका छन् ।

चार पटक फिफाबाट सवोत्कृष्ट घोषित् भएका उनले बार्सिलोनाबाटै ६ पटक गोल्डेन बुट जितेका थिए । सर्वाधिक धेरै ट्रफी जित्ने खेलाडीतर्फ पनि मेसी सबैभन्दा अगाडि छन् । मेसीपछि आउँछन्, ब्राजिलियन पूर्वखेलाडी डेनी अल्भेस ।

बार्सिलोना, पिएसजी, युभेन्टसलगायत थुप्रै क्लबबाट व्यवसायिक फुटबल खेलेका अल्भेसले ४३ वटा ट्रफी जितेका छन् । गत वर्षमात्र खेल जीवनबाट अलग भएका कारण अल्भेसले मेसीलाई उछिन्ने त कुरै भएन ।

धेरै ट्रफी जित्ने खेलाडीको सूचीमा तेस्रोमा आउँछन्, आन्द्रेस इनियस्टा । स्पेनसका विश्वकप विजेता इनियस्टाले ३९ वटा उपाधि जितेका छन् । १९ वर्षजति बार्सिलोनाबाट खेलेका इनियस्टा अहिले भने क्लबविहीन अवस्थामा छन् ।

ब्राजिलका पूर्वडिफेन्डर म्याक्सवेल चौथो नम्बरमा आउँछन् । बार्सिलोना, पिएसजी, इन्टर मिलानबाट खेलेका उनले ३७ वटा ट्रफी जितेका छन् । उनले सन् २०१७ मै सन्न्यास लिएका थिए । पाँचौं नम्बरमा छन्, स्पेनिस पूर्वखेलाडी जेरार्ड पिके ।

बार्सिलोनाका लिजेन्ड मानिने पिकेले अहिले आफ्नै लिग सञ्चालन गर्दै आएका छन् । सन् २०२२ यता किंग्स लिगको चलाइरहेका पिकेले सक्रिय फुटबलबाट भने बिदा लिइसकेका छन् । उनले जम्माजम्मी ३७ वटा ट्रफी जितेका छन् ।

छैटौं स्थानमा ३६ ट्रफी जितेका रियान गिग्स र सातौं नम्बरमा ३५ वटा उपाधि उचालेका केनी डाग्ली रहँदा मेसीका समकालीन प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो आठौं स्थानमा छन् । ३९ वर्षको उमेरमा पनि फुटबलमा सक्रिय रहेका रोनाल्डोले ३५ वटा उपाधि जितेका छन् ।

नवौं नम्बरमा भिक्टर बाइया र दशौं नम्बरमा जाभी छन् । उनीहरूले क्रमशः ३४ र ३३ वटा उपाधि जितेका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top