×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

५७ देश इजरायलको विपक्षमा, फ्रान्स सबैभन्दा अघि

२२ आश्विन २०८१

२२ असोज , एजेन्सी ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले मध्यपूर्वमा थप द्वन्द्व रोक्न इजरायललाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाउन माग गरेपछि इरानविरुद्ध आक्रमणको अन्तिम तयारीमा रहेको इजरेललाई नराम्रो झट्का लागेको छ ।

Advertisement
Advertisement

फ्रान्सेली राष्ट्रपतिको यो अभिब्यक्तिविरुद्ध इजरेल प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कडा शब्दमा आलोचना गर्दै युद्ध जित्न फ्रान्सको सहयोग नचाहिने बताएको भोलिपल्टै ५७ देश फ्रान्सको बाटो तथा इजरेलका लागि तगारो बनेका छन् ।

नेत्याहुले म्याक्रोनलाई मुर्खको संज्ञा समेत दिएका थिए । तर म्याक्रोनको यो कदमलाई ५७ इस्लामिक देशको संगठन ओआईसीले स्वागत गरेको छ । साथै स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिन पनि माग गरिएको छ ।

इजरेल कुनैपनि हालतमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन तयार रहेको छैन् ।वास्तवमा, फ्रान्सेली राष्ट्रपति म्याक्रोनले आइतबार गाजामा युद्धविराम गर्ने समय आएको बताएका थिए।

म्याक्रोनका अनुसार लेबनानलगायत मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व रोक्न र यसको राजनीतिक समाधानका लागि इजरायललाई हतियारको आपूर्ति रोक्नु सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए । इस्लामिक कर्पोरेशनको संगठन (ओआईसी) ले आइतबार राति एक विज्ञप्ति जारी गर्दै म्याक्रोनको मागको स्वागत गरेको छ।

ओआईसीका अनुसार फ्रान्सेली राष्ट्रपतिको माग अन्तर्राष्ट्रिय मानवीय नियम अनुसार रहेको छ । यो अन्तर्राष्ट्रिय न्यायालयको कानूनी सल्लाह र यस मुद्दासँग सम्बन्धित संयुक्त राष्ट्र संघको प्रस्तावसँग पनि मिल्छ।

ओआईसीले फ्रान्ससँग सन् १९६७ को युद्धअघिको सीमास्थितिको आधारमा स्वतन्त्र प्यालेस्टाइनलाई मान्यता दिन र पूर्वी अल कुद्सलाई प्यालेस्टाइनको राजधानीको रूपमा मान्यता दिन माग गरेको छ ।

ओआईसीले फ्रान्सलाई दुई राज्य समाधानको समर्थन गर्न र प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकारमा आफ्नो अडान दोहोर्याउन अपील गरेको छ। फ्रान्ससँगै ओआईसीले विश्वका अन्य देशहरूलाई पनि मध्यपूर्वको अवस्था सुधार्न इजरायललाई दिँदै आएको सैन्य र आर्थिक सहायता रोक्न आग्रह गरेको छ ।

ओआईसीका अनुसार इजरायली सेनालाई दिइने सैन्य र आर्थिक सहायता रोकेर मात्र प्यालेस्टिनी जनतामाथि हुने अत्याचार रोक्न सकिन्छ । ओआईसीले विश्वका सबै देशलाई इजरायलविरुद्ध आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

५७ देशको इस्लामिक समूहले इजरायललाई हतियारको कारोबारसँगै प्यालेस्टाइनका लागि हानिकारक हुने यस्ता व्यापार बन्द गर्नुपर्ने बताएको छ । ओआईसीले मध्यपूर्वमा बढ्दो द्वन्द्व रोक्न इजरायलमाथि कडा प्रतिबन्ध लगाउन अपिल गरेको छ ।

ताकि इजरायली सेना प्यालेस्टिनी भूभागमा आफ्नो कब्जा तुरुन्तै त्याग्न बाध्य होस् र लेबनानमा जारी आक्रमणलाई रोक्न सकियोस्। इजरेलविरुद्ध म्याक्रोनको अभिब्यक्ति र ५७ इस्लामिक देशको समर्थनपछि युरोपेली देशमा प्यालेस्टाइनको समर्थनमा प्रर्दशन भएका छन् ।

हजारौं समर्थक प्यालेस्टिनी प्रदर्शनकारीहरूले आईतवार सिड्नी र अन्य प्रमुख अस्ट्रेलियाका शहरहरूको सडकमा जुलुस निकालेका छन् । साथै उनीहरुले मध्यपूर्वमा युद्धको तत्काल अन्त्यको लागि आह्वान गरेका छन् ।

सिड्नीमा दिउँसो हाइड पार्कमा प्रदर्शन शुरु भएको थियो । जब मानिसहरूले प्यालेस्टाइन र लेबनानको झण्डाका साथसाथै अहिले युद्धविराम र फ्री प्यालेस्टाइन लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

उनीहरुले प्यालेस्टाइन र लेबनानको समर्थनमा नारा समेत लगाएका थिए । सबै स्वतन्त्रता, समानताको लागि लड्न पाउने प्रदर्शनकारीहरुले बताएका छन् ।यस्तै प्यालेस्टिनी समर्थक हजारौं प्रदर्शनकारीहरूले इटलीको रोममापनि प्रर्दशन गरेका छन् ।

रोममा भेला भएर युद्धको तत्काल अन्त्य र युद्धविरामको लागि आह्वान गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरू दक्षिणी रोमको ओस्टिएन्समा भेला भइ प्रदर्शनमा उत्रिएका थिए । धेरैले प्यालेस्टाइन र लेबनानी झण्डा बोकेर नारा लगाएका थिए ।

प्रदर्शनकारीले ¥यालीलाई शहर केन्द्रित र प्रहरी घेराबाहिर सार्न खोज्दा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूलाई कागजको बम र बोतलहरू प्रहार गरे ।

Advertisement

प्रहरीले पानीको तोप र अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा करिव ३० कानून प्रवर्तन अधिकारी र तीन प्रदर्शनकारी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top