NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

डाइनामाइटको ब्याग बोकेर सुरुङमा लुकेका छन् याह्या सिनवार

मङ्लबार अशोज २२ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
डाइनामाइटको ब्याग बोकेर सुरुङमा लुकेका छन् याह्या सिनवार

Yehia Sinwar, head of Hamas in Gaza, greets his supporters during a meeting with leaders of Palestinian factions at his office in Gaza City, Wednesday, April 13, 2022. The chief prosecutor of the International Criminal Court said Monday he is seeking arrest warrants for Israeli and Hamas leaders, including Israeli Prime Minister Benjamin Netanyahu, in connection with their actions during the seven-month war between Israel and Hamas. Yehia Sinwar is one of the three Hamas leaders believed to be responsible f

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ असोज , एजेन्सी ।

इजरायल–हिजबुल्लाह युद्धकाबीच अहिले सामाजिक संजालमा एउटा त्रासदीपूर्ण तस्वीर भायरल भइरहेको छ, जसलाई देखेर इजरायलको पनि होश उडेको टिप्पणी गरिएको छ । सो तस्वीरमा एक ब्यक्ति हातमा कालो ब्याग लिएर गुफाभित्र घुम्दै गरेको देखिन्छन् ।

ती व्यक्ति अरु कोही नभएर हमासका चीफ याह्या सिनवार रहेको दाबी गरिएको छ । जो इजरायली हमलाका डरका कारण बंकरमा लुकेका हुन् । किनभने इजरायलले योबीचमा हमास र हिज्बुल्लाहका ठूला ठूला कयौं नेताहरुको ज्यान लिइसकेको छ ।

Advertisement

यसबीच बंकरमा देखिएका सिनवारका साथमा इजरायलका २० भन्दा धेरै बंधक पनि रहेका छन् । तर इजरायलको डर उनीसंग बन्धक रहेकोमा भन्दा पनि सिनवारका हातमा देखिएको कालो ब्यागसंग रहेको छ ।

किनभने सो ब्याग डाइनामाइटले भरिएको आशंका गरिएको छ ।यदि इजरायलले सिनवारमाथि हमला गर्यो भने उनको साथमा रहेको सो डायनामाइट पनि विस्फोट हुनेछ, जसका कारण त्यहाँ रहेका सबैको ज्यान जानेछ ।

विज्ञहरुले भनेका छन्, सिनवारले डायनामाइटलाई ढालका रूपमा प्रयोग गरिरहेका छन् । उनलाई थाहा छ कि जबसम्म उनको साथमा त्यो ब्याग छ त्यतिबेलासम्म इजरायलले त्यहाँ एयर स्ट्राइक गर्दैन ।

सामाजिक संजालमा भाइरल भइरहेको सो क्लिपमा उनी बंधकहरुका बीचमा छन् ।यो भिडियोलाई इजरायली आर्मीले नै शेयर गरेको हो । इजरायली सेनाका अनुसार सिनवारकी पत्नी र तीन सन्तान पनि उसको साथमा सोही बंंकरमा रहेका छन् ।

इजरायलको सिक्योरटी एजेंसीका एक अधिकारी कोबी माइकल भन्छन्, सो ब्यागमा लगभग २५ किलो डायनामाइट छ र उनको साथमा कमसेकम २० बंधक छन् । कयौं पटक हामीलाई सिनवारलाई मार्ने मौका मिलेको थियो तर यदि हामीले त्यसो गरेको भए उसले आफू आसपासका सबै बंधकहरुलाई पनि मारिदिने थियो ।

कोबी माइकल ती अधिकारी हुन् जसले कुनै समय सिनवारलाई गिरफ्तार गरेका थिए र सोधपुछ पनि गरेका थिए । कोबीलाई सिनवारको के गर्न खोजेका हुन् भन्ने पनि राम्रोसंग थाहा छ। मिररको रिपोर्टका अनुसार, इजरायलको सुरक्षा एजेंसीको भनाइ छ कि ७ अक्टूबर २०२३ मा अपहरण गरिएका ९७ बंधक एक वर्षदेखि गाजामा नै रहेका छन् ।

यद्यपि, यो पत्ता लाग्न सकेको छैन कि तिनमा कतिको मृत्यु भइसकेको छ । इजरायलको सेनाले हमासलाई पुरै अन्त्य गर्नका लागि ४० हजारभन्दा धेरै टारगेटलाई निशाना बनाइसकेको छ । यसमा अहिलेसम्म ४२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यसबीच ४७ सयभन्दा धेरै सुरुङहरुको पनि इजरायली सेनाले पत्ता लगाइसकेको छ । र एक हजारभन्दा धेरै रकेट लचिंग प्याड पनि नष्ट गरिसकेको छ । सिनवारले कतारी मध्यस्थकर्तासँग गोप्य सम्पर्क राखेको खुलेको छ ।

साउदी नेटवर्क अल अरेबियाले सोमबार यो जानकारी दिएको हो। केही दिन अघि मात्र एक वरिष्ठ कतारी कूटनीतिज्ञले जेरुसेलम पोस्टलाई सिनवारसँग कुनै सीधा सम्पर्क नभएको र सबै वार्ता प्रयासहरू हमासका वरिष्ठ राजनीतिक सदस्य खलील अल–हय्याहमार्फत भएको बताएका थिए ।

कूटनीतिज्ञले जेरुसेलम पोस्टलाई भनेका छन्, सबै मध्यस्थता प्रयासहरू दोहामा हमासको राजनीतिक कार्यालयका प्रतिनिधिहरू मार्फत मात्र गरिन्छ। न्युयोर्क टाइम्सले पनि गत हप्ताको अन्त्यमा आफ्नो रिपोर्टमा अक्टोबर ७ मा इजरायली हमलाका मास्टरमाइन्ड सिनवार जिउँदै रहेको अमेरिकी अधिकारीहरूको विश्वास रहेको बताएको थियो।

आक्रमण भएको एक वर्ष बितिसक्दा पनि उनले महत्वपूर्ण निर्णय लिइरहेका छन् । अमेरिकी अधिकारीहरूले बन्धक सम्झौतामा वार्ता गर्ने उनको कुनै मनसाय नभएको अनुमान गरेका छन्। न्युयोर्क टाइम्सले भनेको छ कि सिनवार इजरायल र इरान बीचको प्रत्यक्ष टकरावबाट खुसी छन् ।

र आशा छ कि इजरायलले छिट्टै ब्यालिस्टिक मिसाइल आक्रमणको साथ जवाफ दिनेछ । उनी आशा गर्छन् कि छिट्टै इजरायल ठूलो युद्धमा संलग्न हुनेछ, जसबाट उसलाई फाइदा हुनेछ। यद्यपि, सिनवार हिजबुल्लाह र इरानबाट पर्याप्त समर्थनको अभावमा निराश रहेको उल्लेख गरिएको छ ।

Tags: #इजरायल–हिजबुल्लाह युद्ध#मास्टरमाइन्ड सिनवारको ढाल#हमासका चीफ याह्या सिनवार

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.