मेसी भर्सेस रोनाल्डो पेनाल्टीमा को छ ‘पर्फेक्ट’ ?

२१ असोज ८१, मंगलबार

२२ असोज , एजेन्सी ।

विश्व फुटबलमा पछिल्लो डेढ दशकदेखि चर्चामा आइरहने नाम हो, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो ।आफ्नो पुस्ताकै सर्वकालीन महान् खेलाडी मानिने मेसी र रोनाल्डोबीच को ‘सर्वोकृष्ट’ भन्ने विषयमा सधै बहस हुन्छ ।

रोनाल्डो र मेसीको समर्थकहरु विश्वभर उत्तिकै रहेका छन् । यी दुईबीचको समर्थकबीच सधै उत्कृष्ट खेलाडीको विषयमा खटपट हुने गर्छ । यस खटपटका बीचमा अर्जेन्टिनी सुपरस्टार मेसीका डाइहार्ट फ्यानहरूले रोनाल्डोविरुद्ध ‘पेनाल्डो’ शब्द प्रयोग गर्छन् ।

प्रायः क्लबहरूमा पेनाल्टी हान्ने अवसर पाइरहेका रोनाल्डोले यदि त्यस्तो मौका नपाउने हो भने उनको गोलसंख्या त्यतिबिघ्न नबढ्ने मेसीका फ्यानहरूको दाबी छ । पछिल्लो समयमा अल नासरका लागि व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले त्यहाँ पनि पेनाल्टी लिने जिम्मेवारी सम्हालिरहेका छन् ।

पोर्चुगलका कप्तान रोनाल्डो उमेरले ३९ वर्ष पुगे । तर, रोनाल्डोले उमेरअनुसार आफ्नो खेललाई ढाल्दै गोल वर्षा जारी राखेका छन् ।उनले २०२३÷२४ सिजनमा ३१ खेलमा ३५ गोल गर्दै साउदी प्रो लिगमा एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।

यो सिजन पनि उनले आफ्नो गोल वर्षा जारी राखेका छन् । यसमध्ये धेरै गोल पेनाल्टीबाट आएका छन् ।शनिबार अल ओरोबाविरुद्धको खेलमा रोनाल्डोले पेनाल्टीबाट अर्को गोल थपे । साउदी क्लबका लागि पेनाल्टीबाट रोनाल्डोले १८ मध्ये १८ वटा नै गोल गरेका छन् ।

पछिल्ला दुई वर्षमा रोनाल्डोले मात्र एउटा पेनाल्टीमा चुकेका छन् । युरो २०२४ मा सर्बियाविरुद्ध ३–० को जित हासिल गर्ने क्रममा रोनाल्डोको प्रहारलाई जान ओब्लाकले रोकेका थिए । अल नासरका लागि भने पेनाल्टीमा उनले शत प्रतिशत रेकर्ड राख्न सफल छन् ।

अल नासरबाट खेल्दा १२ यार्डबाट कुनै पनि गोलकिपरले रोनाल्डोको पेनाल्टी रोक्न सकेका छैनन् । १८ मध्ये ६ वटा पेनाल्टी उनले घरेलु मैदानमा र बाँकी अन्य टोलीको मैदानमा लिएका हुन् । पोर्चुगलका कप्तान रोनाल्डो फुटबल इतिहासमा पेनाल्टीमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले हालसम्म एक हजार २४२ खेल खेल्दा ९०५ गोल गरेका छन् । इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड, इटालीको युभेन्टस र साउदीको अल नासरलगायत क्लबबाट पेनाल्टी हान्ने अवसर पाएका छन्,उनले ।

त्यी क्लबहरूबाट एक हजार २८ खेल खेलेका उनले ७७३ गोल गरेका छन् । मिस्टर च्याम्पियन्सका नामबाट परिचित रोनाल्डोले हालसम्म सबैखाले प्रतियोगिता गरी १९७ पटक पेनाल्टी प्रहार गरेका छन् ।जसमा उनले१६७ गोल गरेका छन् ।

पोर्चुगलका लागि भने २१४ खेल खेल्दा १३१ गोल गरेका उनले २८ पटक पेनाल्टी हान्दा २० पेनाल्टीलाई गोलमा परिणत भएका छन् । यता उमेरले रोनाल्डो भन्दा कान्छा ३७ वर्षीय मेसी भने राष्ट्रका लागि पेनाल्टीमा गोल गर्ने सन्दर्भमा रोनाल्डोभन्दा अब्बल साबित भएका छन् ।

विश्वकप विजेता मेसीले देशका लागि २९ पटक पेनाल्टी प्रहार गर्दा २४ गोल गरेका छन् । तर, हालसम्म मेसीले प्रहार गरेका कुल पेनाल्टीमध्ये ७७ प्रतिशतमात्र गोलमा परिणत भएका छन् । सर्वाधिक आठ पटकका बालोन डी‘ओर विजेता मेसीले १४० पेनाल्टी प्रहार गरेकोमध्ये १०९ गोल गरेका छन् ।

हाल अमेरिकन क्लब इन्टर मियामीका लागि व्यवसायिक फुटबल खेलिरहेका मेसीले एक हजार ७५ खेल खेल्दा ८४३ गोल गरिसकेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top