नेपालीका स्वादे जिब्रोः २ महिनामा भित्रियो १ अर्बबढी मसला

२३ असोज ८१, बिहीबार

२४ असोज , काठमाण्डौ ।

इतिहासमा सादा खाना खाने गरेका नेपालीहरुको समयक्रमसंगै खाने शैली र स्वाद पनि परिवर्तन हुँदै गएको छ । छिमेकी मुलुकहरुका तथा पश्चिमा परिकार र त्यो बनाउने शैलीसमेत नेपालीहरुले सिको गरिसकेका छन् । बारीबाट टिपेर झटपट सादा खानेकुरा पकाउने नेपालीहरुलाई अचेल खाना खाँदा तरकारी मसालेदार भएन भने स्वाद नै आउँदैन ।

अनि तरकारीलाई मिठो बनाउन मसला अनिवार्य भइसकेको छ । जबकी यस्ता मसलाहरु ठूलो परिमाणमा आयात गर्नुपर्ने अवस्था छ । नेपालमा बाहिरबाट नै मसलाहरु आयात हुने गर्दछ । सबैभन्दा धेरै मसला खानेमा भारतीयको विशेष चर्चा हुन्छ । छिमेकी देशको प्रभावले पनि नेपालमा धेरै मसलाहरु प्रयोग हुन्छन् ।

Advertisement

मसालेदार खानेकुराले स्वास्थ्यलाई फाइदा नगर्ने भएपनि मानिसहरु यी चीजको बानी परिसकेका छन् । चाडवाडका समयमा मसलाको खपत धेरै हुने गरेको छ । अझै दशैंमा माछामासुको प्रयोग बढी गर्ने र मासुमा धेरै मसला चाहिने भएका कारण पनि नेपालमा मसलाको आयात बढेको छ।

नेपालमा पछिल्लो दुई महिनामा १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको मसला भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालले मसला विभिन्न देशबाट आयात गरेको हो । नेपालमा मसलाको सबैभन्दा बढी प्रयोग र बिक्री दशैँमा हुन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार बितेको दुई महिनामा नेपालमा १ करोड ४३ लाख ७९ हजार रुपैयाँको २७ हजार १२४ केजी मरिच भित्रिएको छ । सोही अवधिमा २ करोड ६९ लाख ४३ हजार रुपैयाँको दालचिनी नेपाल भित्रिएको छ ।

उक्त रकममा ९७ हजार केजी दालचिनी नेपालले आयात गरेको विभागले जनाएको छ । पछिल्लो दुई महिनामा नेपालमा ५ करोड ८३ लाख ८१ हजार रुपैयाँको ७७ हाजर ८२७ केजी ल्वाङ नेपाल भित्रिएको छ । सोही समयमा ६० लाख ३७ हजार रुपैयाँको जाइफल नेपालले आयात गरेको छ ।

गत साउन र भदौ मा नेपालले ७२ लाख ३९ हजार रुपैयाँको ८ हजार ४२४ केजी जाइफल आयात गरेको देखिन्छ । नेपालले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७ करोड ११ लाख ५४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात गरेको छ ।

उक्त समयमा ९ करोड ४३ लाख ४१ हजार रुपैयाँको ७ लाख ५८ हजार ४२९ केजी धनिया नेपालमा भित्रिएको छ । बितेको दुई महिनामा नेपालले ६५ करोड ११ लाख ४४ हजार रुपैयाँको १५ लाख ८३ हजार ९२१ केजी जिरा नेपालले आयात गरेको देखिन्छ ।

उक्त समयमा ३ करोड ४२ लाख ४४ हजार रुपैयाँको सुठो (सुकेको अधुवा) पनि नेपाल भित्रिएको छ । नेपालले विभिन्न मसला भारत, भियतनाम, इजरायल, थाइल्यान्ड, चीन, जापान, दक्षिण कोरिया, इन्डोनेसिया, ग्वाटेमाला, बुल्गेरिया, इटाली, युक्रेन, साउदी अरेबिया, नामिबियालगायत देशबाट आयात गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न देशबाट नेपालमा ९ अर्ब ५ करोड १८ लाख ५ हजार रुपैयाँको मसला भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top