पूर्व सांसदसमेत रहेका क्रिकेटर शाकिबले मागे माफी

२४ असोज ,एजेन्सी ।

बंगलादेशका क्रिकेटर शाकिब अल हसनले आफ्ना देशका नागरिकहरुसंग माफी मागेका छन् । विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा उनले माफी मागेका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बंगलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहेका छन् ।

बंगलादेशको क्रिकेटका पूर्व कप्तान शाकिब सन् २०२४ को सुरुमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए । अगस्टमा हसिनाको राजीनामापछि संसद विघटन नभएसम्म र अशान्तिको चरम समयमा छिमेकी भारतमा निर्वासित नभएसम्म उनले बंगलादेशको सांसद थिए ।

Advertisement

हसनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी मागेका हुन् । उनले भनेका छन्, ’आफ्नो जीवन उत्सर्ग गर्ने सबै विद्यार्थीहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्दै उनले लेखेका छन्, ’कुनै पनि कुराले कसैलाई गुमाउनुको रिक्ततालाई भर्न सक्दैन, तर मेरो मौनताबाट आहत भएका सबैसँग म क्षमा याचना गर्दछु। यदि म तपाईंको ठाउँमा भएको भए म पनि दुःखी हुने थिएँ।’

Advertisement

बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको अशान्तिमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आन्दोलनका समय शाकिब क्यानडामा घरेलु ट्वन्टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेका थिए र त्यसपछि उनी बंगलादेश फर्किएका छैनन् ।

हसिनाको बहिर्गमनपछि देशमा गठित अन्तरिम सरकारको स्वीकृतिमा उनले बंगलादेशी टोलीसहित पाकिस्तान र भारतको भ्रमण गरेका छन् । हसीनाका विरोधीहरूले बहिष्कार गरेको जनवरीमा सम्पन्न निर्वाचनमा शाकिब संसद् निर्वाचित भएका थिए ।

उनले आफ्नो गृहनगरको विकासमा योगदान गर्न चाहेकाले आफूले चुनाव लड्ने निर्णय गरेको बताए । उनले लेखेका छन्, ’यदि आफ्नो तोकिएको स्थान छैन भने बंगलादेशमा विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्न कठिन छ ।’

शाकिबले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए तर यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकासँग घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट श्रृङ्खला खेल्न चाहेको बताए । उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ’आफ्ना सबै प्रशंसकहरूसँग ‘बिदाइ’ हुने अवसर मेरो इच्छा हो ।’

उनले अगाडि भनेका छन्, ’तपाईहरू सबैलाई थाहा छ, म चाँडै नै आफ्नो अन्तिम खेल खेल्नेछु । म आशा गर्दछु कि मेरो बिदाइको घडीमा तपाईंहरू सबै मेरो साथमा हुनुहुनेछ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top