×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बीपी राजमार्गमा पहिरो, सडक पुनः पूर्णरुपमा अवरुद्ध

२५ आश्विन २०८१

२५ असोज , काठमाण्डौ।

दुई हप्ताले बन्द रहेर आजदेखि संचालनमा आएको बीपी राजमार्ग फेरि अबरुद्ध भएको छ । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोले एउटा बस र सुमोलाई समेत पुरेको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोले सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई धकेली २० मिटर तल पु¥याएको प्रहरीले जनाएको छ ।

यस्तै खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पनि पहिरोले पुरेको प्रहरीको भनाई । सुमोको पछाडि भागमा मात्रै देखिएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

अहिले दुबैतर्फ सडक अवरुद्ध भएकाले यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्रयाक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौंतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए । यद्यपि, मानवीय क्षति भएको छैन ।

अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ । सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताएका छन् ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेकोमा बिहान ८ बजेदेखि सडक खुलेको थियो ।

यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top