×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

कीर्तिपुरमा बन्ने भो एमाले कार्यालय, मीनबहादुरले दिए जग्गा दान

२५ आश्विन २०८१

२५ असोज , काठमाण्डौ  ।

वर्तमान सरकार संचालन गरिरहेको प्रमुख सत्तारुढ घटक तथा देशको दोस्रो ठूलो दल नेकपा एमालेले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरेको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् ।

Advertisement

एमाले पार्टी कार्यालय बन्ने सो जग्गा भने भाटभटेनीका संचालनक मीनबहादुर गुरुङले दान दिएका हुन् । कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउनका लागि दान दिएको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

उनका अनुसार गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । साथै उनले उक्त भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको बताएका छन्। एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पु¥याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

यता, पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमाले निकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताएका छन् ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको नयाँ केन्द्रिय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रिय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरुमा बस्दै आएको बताएका थिए ।

च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेको उनले बताए । मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयको शिलान्यास गरिएको छ ।

नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुबाट कम्तिमा १०० रुपैयाँ संकलन गर्ने गतवर्ष नै निर्णय गरेको थियो । महासचिव शंकर पोखरेलले ‘पार्टी सदस्यहरुबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने बताएका थिए ।

संगठन विभागका अनुसार एमालेको संगठित सदस्य साढे पाँच लाख हाराहारी छन्। उनीहरूबाट सय रूपैयाँ उठाएर एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको हो। २०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त तुल्याएपछि एमाले भाडाको घरमा बस्दै आएको छ।

यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो। सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो। थापाथलीमा एमाले व्यापारी सञ्जय अग्रवालको घरमा भाडामा बसेको थियो।

अहिले पनि त्यहाँ एमालेको उद्योग विभाग छ। केन्द्रीय कार्यालय चाहिँ त्यहाँबाट सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पु¥याइएको थियो। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो।

यद्यपि यो पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भोगचलन दिएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो। भूकम्पले भत्काएको बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको हो।

त्यतिबेला एमालेको अल्पमतको सरकार थियो। पार्टीका अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष र माधव कुमार नेपाल महासचिव थिए। दुवै जना प्रधानमन्त्री र परराष्ट्रमन्त्री भएर सरकारमा गएकाबेला वामदेव गौतम कार्यवाहक महासचिव थिए।

उनैको नेतृत्वमा त्यो भवन बनेको थियो। बल्खुमा झन्डै सात रोपनी हाराहारीमा जग्गा रहेको एमालेले बताएको छ। हाम्रो जस्तो पार्टीका लागि भाडाको भवन हाम्रो आवश्यकता अनुसारको हुने अवस्था छैन।

पार्टीले आफ्नै कार्यालय भवन बनाउने गरी पार्टी सदस्यबाट न्यूनतम १०० रूपैयाँ उठाउने अभियान सुरू गरेको छ। थप सहयोग गर्न चाहने र सक्ने सहयोगीहरूबाट सहयोग लिएर सुविधासम्पन्न आधुनिक पार्टी कार्यालय भवन निर्माण गर्ने पार्टीको योजना रहेको छ,’एमालेको कार्ययोजनामा उल्लेख छ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top