सन्दीपलाई अमेरिकाले अझै पत्याएन, क्यानडाबाट नेपाल फर्किए

२४ असोज ८१, शुक्रबार

२५ असोज , विराटनगर।

नेपाली क्रिकेट टीम क्यानडामा लिग २ र त्यसपछिको टी २० सिरिजसहित केही मैत्रीपूर्ण अभ्यास खेल खेलेर अ‍ेमरिका प्रस्थान गरेको छ । तर नेपाल राष्ट्रिय टिमका स्टार सन्दीप लामिछाने भने क्यानडाबाट स्वदेश फर्किएका छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन् । डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि होल्डमा छ ।

Advertisement

यसअघि क्यानडा उड्नु अघि नै भिसाका लागि उनले आवेदन दिएका थिए । क्यान पदाधिकारीहरुले पनि सन्दीपले भिसा पाउने भन्दै अमेरिकामा लिग २ खेल्न पाउने बताएका थिए । तर टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो ।

उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए । सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

Advertisement

महान्यायाधिवक्ता कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेको छ । यसअघि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने सरकारी वकिलको कार्यालयले जनाएपनि महान्यायाधिवक्ता कार्यालयले भने सन्दीपविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ ।

यससंगै अब सन्दीपले सर्वोच्चको चुनौती सामना गर्नु नपर्ने भएको हो । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् ।

यसअघि उच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारी वकिलको कार्यालयले भने सन्दीपविरुद्ध पुनरावृदनमा जाने सुझाएको थियो । तर अहिले महान्यायाधीवक्ताको कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको हो । यस्तो अवस्थामा सन्दीप नेपाल आएपछि फेरि पहल गर्ने क्यानस्रोतले जनाएको छ ।

नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग २ का ४ खेल खेल्नेछ । यसअघि क्यानाडामा तीन खेल हारेको नेपालका लागि यो श्रृंखलामा जित निकै महत्त्वपूर्ण छ । अमेरिका र क्यानडा दुवै नेपालका लागि बलिया प्रतिस्पर्धी हुन् ।

यो प्रतियोगितामा नेपाल प्रमुख स्पिनर सन्दीपको अभावमा नेपाल झनै धरासाय हुने छ । दूतावासले भिसा दिएमा सन्दीप दशैंपछि अमेरिका उड्ने छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

क्रिकेट युएसएका अनुसार नेपाल र अमेरिकाले टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा टी–२० सिरिज खेल्नेछन् । नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। यसअघि लिग–२ का खेल ह्युस्टनमा हुने भनिए पनि खेल डालासको ग्रान्ड प्रिएरीमा हुन भएको हो।

लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ । घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ। अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ। यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा छ।

अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ। उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ।

यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ। नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो।

नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ । अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । नेपालले विश्वकपमा छनोट हुन्का लागि अब अमेरिकामा पनि चमत्कारिक खेल खेल्नु पर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top