×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026

लेबनानमा श्रींलकाली र इन्डोनेसियाली सैनिक घाइते

२६ आश्विन २०८१

२६ असोज , एजेन्सी ।
लेबनानमा आक्रमण जारी राखेको इजरायलले त्यहाँ रहेका शान्ति सेनामाथि पनि गोली हानेको छ । इजरायल डिफेन्स फोर्सले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन–युनिफिलको पोस्टमाथि हमला गर्दा दुईजना श्रींलकाली सैनिक घाइते भएका छन् ।

त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यू टावरबाट खसेर घाइते भएका छन् । इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वरपर खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ ।

Advertisement
Advertisement

घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ । श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गरेका छन् । त्यस्तै फ्रान्स, इटाली र स्पेनका नेताहरूले जारी गरेको एक संयुक्त विज्ञप्ति इजरायलको कार्यको निन्दा गर्दै त्यसलाई तुरुन्तै अन्त्य गर्न आह्वान गरिएको छ ।

हाल ५० देशका करिब १०,००० शान्ति सैनिक ८ सय नागरिक कर्मचारीसँगै लेबनानमा तैनाथ रहेका छन् । यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

टेलिभिजनमा सम्बोधनमा उनले युद्धविरामको एउटा अङ्शका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको र यसमा हिजबुल्लाह पनि सहमत भएको बताएका छन् ।

प्रधानमन्त्री मिकातीले लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषदलाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने बताए ।लेबनानको राजधानी बेरुतको मध्यभागमा इजरायलले अस्ति बिहीवार गरेको हवाई आक्रमणमा २२ जनाले ज्यान गुमाएका छन् ।

यो घटनालाई इजरायलले लेबनानमा हिजबुल्लाह समूहविरुद्ध गएको महिना आक्रमण थालेयताकै सबैभन्दा घातक आक्रमण मानिएको छ । लेबनानको सरकारका अनुसार चर्कँदो द्वन्द्वका कारण विगत एक वर्षमा १२ लाख मानिसले आफ्नो घर छाडेका छन् ।

यसैबीच यता लेबनानको राजधानी बेरुत नजिकै रहेका यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताइएको छ । हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्याङ्करको रूपमा पहिचान गरिएको छ ।

यसको नाम ‘ओलम्पिक स्पिरिट’ हो । हुथी लडाकुहरुले निशाना बनाउँदा अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’ लाल सागरमा तैनाथ रहेको थियो । दोस्रो जहाज ’सेन्ट जोन’ थियो जसलाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका थिए।

नोभेम्बर २०२३ देखि, हुथी लडाकुहरूले कुल १ सय जहाजहरूलाई निशाना बनाएका छन् । तीमध्ये दुईवटा जहाज पनि डुबेका छन् । गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको होथी लडाकुहरूले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top