Nepal Times
Nepal Times
3
Shares

टीकाको दिन पनि विदेशिनेहरूको लर्को

टीकाको दिन पनि विदेशिनेहरूको लर्को

२६ असोज , काठमाण्डौ।

आज विहान सुनसान देखिएको काठमाडौंका सडकहरु दिउँसोदेखि भने मानिसहरुको चहलपकल बढेको छ । बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफ्ना घरमा वा आफूभन्दा ज्येष्ठबाट दशैँको टिका लगाएसंगै आफन्तहरुकोमा जाने क्रम बढेको छ ।

जसका कारण सडकहरुमा सर्वसाधारणको चहलपहल देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

अर्कातिर दशैँ मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै आज विहानैदेखि काठमाडौं सुनसान भएको थियो । दशैँको टिकाको दिन टिका प्रासद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज दिउँसोसम्म सडकहरु सुनसान थिए ।

दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् ।

विहान सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका थिए । किनमेलका पसलहरु प्रायः बन्द छन् । अर्कातर्फ विजयादशमीको दिन पनि विदेशिनेहरूको लर्को लागेको छ ।

बडादसैँको मुख्य दिन आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरूको भीड लागेको हो । विजयीदशमीको तयारी घरघरमा भइरहेको क्षणमा पनि नेपालीहरू रोजगारीका लागि स्वदेश छोडन विवश छन् ।

दसैँ नेपालीहरुको महान चाड हो । यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ । तर, वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरूले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दसैँमा पनि परिवारबाट छुटने क्रम बढदो छ ।

विजयादशमीको दिनमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ । देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरूको संख्या प्रतिदिन बढदै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरू विदेशिने गरेको पाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.